-->
बिनय अनितको दिल्ली यात्रालाई गुरुङले भने देखावटी .......नवन्नमा जीटीएलाई क्षमता दिने कुराकानी मात्र भयो – विमल गुरुङ

बिनय अनितको दिल्ली यात्रालाई गुरुङले भने देखावटी .......नवन्नमा जीटीएलाई क्षमता दिने कुराकानी मात्र भयो – विमल गुरुङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 सितम्बर। गोजमुमो पार्टीका विवादित नेता बिनय तामङ अनि अनित थापाले कोलकोता नवन्नमा मुख्यमन्त्री ममता ब्यानर्जीसँग बसेको वैठकलाई मोर्चा अध्यक्ष विमल गुरुङले ‘जनतालाई भ्रममा पार्ने प्रयास मात्र हो’ भनि टिप्पणी गरेका छन्। 
गोप्य स्थानबाट टेलिफोनिक कुराकानीको क्रममा गुरुङले नवन्नमा बसेको बैठकबारे आफुलाई आफ्ना स्रोतबाट सम्पूर्ण रिपोर्ट प्राप्त भएको पनि दाबी गरेका छन्। ‘नवन्नमा जे बैठक भयो त्यहाँ जीटीएलाई नै क्षमता दिनुपर्छ भन्ने कुराकानी भयो। दिल्लीमा उनीहरू एउटा बहना बनाएर गएको हो। जनतालाई भ्रममा पार्न दिल्ली गएको हो। मुद्दाको निम्ति उनीहरू दिल्ली गएका होइनन्’ विमल गुरुङले भने। यसक्रममा दिल्ली गएका बिनय तामङ अनि थापालाई टीएमसी पार्टीका कोहि व्यक्तिहरूले मिलाएर कुनै नेतासँग भेट गराउँन सक्ने पनि उनले आशंका व्यक्त गरेका छन्।
‘हिजका दिनमा कतिपय नेताहरूले राजनैतिक माइलेज लिनलाई गोजमुमोलाई धोका दिएको थियो, तर आज यी दुई नेताहरू (बिनय तामङ अनि अनित थापाले) ले जाति र माटोलाई नै धोका दिएको हो। यो गोर्खाल्याण्डलाई धोका दिएको हो’ बिमल गुरुङले विवादित नेताद्वय बिनय तामङ अनि अनित थापा माथि टिप्पणी गर्दै भने। 
यसक्रममा उनले अहिलेघरी बङ्गाल सरकारले पुलिस प्रशासन लगाएर आन्दोलन खोल्ने प्रयास गर्दा समेत आन्दोलन खोल्न नसकेपछि कर्मचारीवर्गलाई आफ्नो कार्यबाट निकाल्ने, स्कुल खोल्नु भनि आदेश दिने कार्य गरिरहेको दाबी गरेका छन्। उनले टेलिफोनिक कुराकानीको क्रममा नै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति केन्द्र सरकारले झट्टै त्रिपक्षीय वार्ताको पहल गर्नुपर्ने माग समेत गरेका छन्।
‘दिल्लीलाई झट्टै त्रिपक्षीय वार्ता गर्नु भनेका छौँ। यसबारे दिल्लीमा चर्चा हुँदैछ। त्यहाँ हाम्रो टोलि छ अनि उनीहरूले काम गर्दैछ’ बिमल गुरुङले अझ भने। उनले यदि गोत्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ताको पहल सुरु गरे जारी अनिश्चितकालिन बन्द बिषयमा सोंच्ने बताएका छन्। 
‘जनताले आफ्नो पिर मर्का मानेर पनि साथ दिइरहेका छ। यसकारण हामी पैसामा बिक्री भएर राजनीति गर्न चाहँदैनौँ। यदि पैसामा बिक्री हुनु हो भने  हामी जीटीएकै चौकिमा बस्ने थियौँ’ गुरुङले अझ भने। उनले यसपल्टको आन्दोलनबाट जनताले चुडान्त निर्णय हुनपर्छ भन्ने ठानेको दाबी गर्दै बङ्गालसँग मिलेर राजनीति नगर्ने पनि स्पष्ट पारेका छन्।
गुरुङले कुराकानीको क्रममा गोजमुमोका विवादित नेताद्वय बिनय तामङ अनि अनित थापालाई पार्टीबाट निस्काशित गरिसकेर पनि उनीहरूले आफैलाई गोजमुमो भन्नु लज्जास्पद कुरा रहेको बताएका छन्। ‘दुईजनालाई नै गोजमुमो पार्टीबाट निस्काशित गरिसकेका छौँ। यद्यपी उनीहरूले आफुहरूलाई गोजमुमोको भन्दैछ। यो लज्जास्पद कुरा हो। अहिले उनीहरूले पैसा रूपियाँमा मात्रै राजनीति गर्दैछ’ गुरुङले आरोप लगाउँदै भने।
उनले कुराकानीको क्रममा जारी समस्यालाई समाधानको निम्ति सरकारले नै पहल गर्नुपर्ने जिम्मेवारी रहेको बताउँदै सरकारले समस्या समाधानको बाटो खोले मात्र जारी बन्दलाई आफुहरूले खोल्ने स्पसःट पारेका छन्। ‘सरकारले  समस्याको समाधानको निम्ति बाटो खोलिनुपर्छ। तबमात्र बन्द खोलिनेछ। पुलिस प्रशासन लगाएर जब्बरजस्ती बन्द खोल्ने प्रयास गर्दा केहि भए त्यसको जिम्मेवार प्रशासन नै हुनेछ। यतिमात्र नभएर दुई-चार जना मौकावादी नेताहरूले जब्बरजस्ती खोल्ने प्रयास गर्दा केहि भए उनीहरू नै जिम्मेवार हुनेछ’ गुरुङले भने। 
‘हामीले केन्द्र सरकारलाई प्रेसर दिइरहेका छौँ। हाम्रो टोलिले बात गरिरहेको छ’ उनले थपे। यता नगरपालिका कार्यालय खोलिएको सन्दर्भमा प्रश्न गर्दा उनले आपतकालिन सेवाको निम्ति मात्र नगरपालिका कार्यालय खोलिएको अनि यसबारे नगर अध्यक्षले आफुलाई रिपोर्ट दिएको पनि गुरुङले जानकारी गराए।  
अहिलेसम्म प्रशासन अनि मौकावादी नेताहरूले दोकानपाट खोल्ने प्रयास गर्दा समेत जनताले गोर्खाल्याण्ड आन्दोलनलाई साथ दिँदै दोकानपाट बन्द नै राखेको बताउँदै ‘बन्दलाई साथ दिएर जनतालेनै सरकारलाई चुनौति दिएको छ’ भने। 
यसक्रममा उनले कालेबुङमा अङ्ग्रेजी समाचार पत्रकी पत्रकार निशा छेत्री माथि पुलिस उप अधिक्षकले गरेको लठी प्रहारको घट्नालाई जोडदार विरोध जनाएका छन्। ‘पत्रकारमाथि पुलिसले अत्याचार गर्नु दुर्भाग्यजनक हो। यस्तो स्थितिमा मानव अधिकार सङ्गठनहरू समेत बोल्न पर्छ। यस्तो घट्नाको घोर बिरोध गर्दछौँ’ बिमल गुरुङले भने। 

Related Posts

0 Response to "बिनय अनितको दिल्ली यात्रालाई गुरुङले भने देखावटी .......नवन्नमा जीटीएलाई क्षमता दिने कुराकानी मात्र भयो – विमल गुरुङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.