खोलियो कालेबुङ नगरपालिका कार्यालय .... औपचारिक बन्द नखोलिएसम्म हामी सहयोग गर्दैनौँ – शुभ प्रधान
डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 सितम्बर। गोर्खा जनमुक्ति मोर्चाको दखलमा रहेको कालेबुङ नगरपालिका कार्यालय तीन महिना भन्दा धेर समयसम्म बन्द भएपछि आज खोलिएको छ। पश्चिम बङ्गाल सरकारद्वारा नियुक्त गरिएका नगरपालिका कार्यकारी अधिकारी दिपेन्दु शेखर दासले आज कालेबुङ नगरपालिका कार्यालय खोलेका हुन्।
अनिश्चितकालिन बन्द भन्दा अघिदेखि बन्द भएको नगरपालिका कार्यालय तीन महिना भन्दा धेर समयपछि खोलिए पनि जनताद्वारा चुनिएका नगरपार्षदहरू भने कार्यालयमा उपस्थित भएनन्। तीन महिना पछि खोलिएको कार्यालयमा 79 जना कर्मचारीवर्गले आफ्नो उपस्थिति दिएको उनले दाबी गरेका छन्।
‘बन्द पछि आज प्रथमचोटि नगरपालिका कार्यलय खोलिएको छ। कार्यालय खोलिपछि कर्मचारीवर्ग आफ्नो कार्यस्थलमा आएका छन्। कार्यालय खोलिएपछि अब चाँढै सम्पूर्ण कार्यहरू सुचारू बन्नेछ भन्ने विश्वास गरेका छौँ’ कार्यकारी अधिकारी दिपेन्दु शेखर दासले भने।
उनले नगरपालिका कार्यालयमा मोठ 85 जना कर्मचारीवर्ग रहेको बताउँदै त्यसमध्ये 79 जनाले आफ्नो उपस्थिति दिएको दाबी गरे। बन्द पछि आज कार्यालय खोलिए पनि कार्यालयभित्र कुनै कार्य भने हुन सकेन। लामो समयसम्म बन्द रहेको कारण कार्यालय सफाई गर्नपर्ने आवश्यक्ता भएको कारण आज कार्यालयभित्र सफाई कार्य भएको उनले बताए। नगरपालिका भित्र रहेका कर्मचारीवर्ग आफ्नो कार्यमा फर्किएर काम गर्न उत्सुक रहेको पनि अधिकारी दासले दाबी गरेका छन्।
अर्कोतर्फ कालेबुङ नगरपालिका कार्यालय अनिश्चितकालिन बन्द अवधीकै समयमा खोलिएपछि नगरपालिका अध्यक्ष शुभ प्रधानसँग जान्न चाहँदा उनले कार्यालय खोल्नका निम्ति कार्यकारी अधिकारीबाट कुनै औपचारिक जानकारी नभएको बताएका छन्। ‘शहरमा दिनोदिन मैला थुप्रिरहेको छ। बन्दको कारण शहरमा रहेको सम्पूर्ण मैला व्यवस्थापन गर्न सकिरहेको छैन। सफाई कर्मचारीवर्गले दैनिक आफ्ना कार्य गरिरहे पनि उनीहरूले कार्यालय बन्दको कारण आफ्नो उपस्थिति दर्ता गर्न सकेका थिएनन। सोहि कारण सफाई कर्मीहरूको उपस्थिति दर्ता गर्न कार्यालय खोल्ने कर्मचारीवर्गले जानकारी दिएका थिए। उनीहरूलाई मैले कार्यालय खोल्ने औपचारिक स्वीकृती नदिएर आफ्नै जिम्मवारीमा खोल्न सक्ने बताएको थिएँ’ नगरपालिका अध्यक्ष शुभ प्रधानले भने।
शहरको सफाई जनताको स्वास्थ्यसँग जोडिएको विषय भएको कारण अनि हाल कालेबुङ शहरमा डेङ्गगी रोगको आतङ्क समेत फैलिरहेको अवस्थामा स्वास्थ्य कर्मीहरूले शहरमा फगिङ गर्नुपर्ने आवश्यक्ता रहेको कारण उक्त सामाग्रीहरू निकाल्नका निम्ति पनि कार्यालय खोलेको उनले बताएका छन्। उनले नगरपालिका जनताद्वारा निर्वाचित सदस्यहरूले सञ्चालन गर्ने बोर्ड भएको कारण निर्वाचित बोर्डको अनुपस्थितिमा पश्चिमबङ्गाल सरकारद्वारा नियुक्ति गरिएको अधिकारीवर्गको उपस्थितिले कुनै फरक नपर्ने पनि नगर अध्यक्ष प्रधानले दाबी गरेका छन्।
‘पश्चिम बङ्गाल सरकारद्वारा नियुक्ति पाएका अधिकारीवर्गले कार्यालय खोले पनि निर्वाचित बोर्डले उनीहरूलाई कुनै सहयोग गर्नेछैन। जबसम्म अनिश्चितकालिन बन्द औपचारिक रूपले फिर्ता भएर स्वाभाविक परिस्थिति बनिन्दैन तबसम्म हामी अधिकारीवर्गलाई सहयोग गर्नेछैनौँ’ नगरपालिका अध्यक्ष शुभ प्रधानले भने।

स्मरण रहोस, कालेबुङ नगरपालिका अहिले गोर्खा जनमुक्ति मोर्चाको दखलमा रहेको छ। नगरपालिकाको 23 वटा वार्डहरू मध्ये गोजमुमो पार्टीले 19 आसनमा जित हासिल गरेर बोर्ड बनाएको छ। त्यसमध्ये 2 वटा आसनबाट बिजयी बनेका तृणमूल कङ्ग्रेस पार्टीका नगरपार्षदहरूले पनि त्रिणमुल पार्टीबाट राजीनामा दिनका साथै गोजमुमो पार्टीमा सामेल समेत भइसकेका छन्। अन्य 2 वटा आसनमा भने जन आन्दोलन पार्टीका प्रतिनिधीहरूले बिजयी हासिल गरेका छन्।
0 Response to "खोलियो कालेबुङ नगरपालिका कार्यालय .... औपचारिक बन्द नखोलिएसम्म हामी सहयोग गर्दैनौँ – शुभ प्रधान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.