
प्रशासनले खोल्यो ब्याङ्क, जनताले पाएनन् सेवा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 सितम्बर। कालेबुङ जिल्ला प्रशासनले आज पुलिस प्रशासनको सहयोग लिएर कालेबुङका तीनवटा ब्याङ्कहरू खोल्ने कार्य गर्यो, तर जनताले भने ब्याङ्कबाट कुनै सेवा पाएनन्।
अनिश्चितकालिन पहाड बन्दले तीन महिना पुरा गर्न लाग्दा जिल्ला प्रशासनले पुलिस प्रसाशनको सहयोगमा बन्द खोल्ने प्रयास आरम्भ गरेको छ। जिल्ला प्रशासनले आइतबार एउटा वैठक गरेर दोकान पाट, स्कुल, ब्याङ्क खोल्ने अपिल गर्दै सुरक्षा व्यवस्था आफुहरूले दिने आश्वास दिएपछि आजदेखि सुरक्षा व्यवस्था मिलाएर ब्याङ्क खोल्ने कार्य आरम्भ गरेको हो। जिल्ला प्रशासनले पुलिसको सहयोगमा कालेबुङका तीनवटा ब्याङ्कहरू खोल्ने कार्य गरे पनि खोलिएका ब्याङ्कहरूबाट कुनै सुविधा पाउन सकेनन्।
अनिश्चितकालिन बन्द सँगै सरकारले पहाडमा इन्टरनेट सेवा बन्द गरेको कारण आज खोलिएका तीनवटै ब्याङ्कहरूमा इन्टरनेट सेवा बाधित बनेको थियो। जसको कारण प्रशासनले पुलिसको सहयोगमा गेटमा लगाइएका ताला खोलेर कर्मचारीवर्गलाई प्रवेश गराउने कार्य गरेपनि सरकार आफैले बन्द गरेको इन्टरनेट सेवा भने नखोलेको कारण ब्याङ्कका कुनै पनि कार्यहरू हुन सकेनन्। खुलेका ब्याङ्कहरूले इन्टरनेट सेवाको अभावमा जनतालाई सुविधा दिन नसकेको हो। जिल्ला प्रशासनले आज पुलिस प्रशासनको सहयोगमा कालेबुङको भारतीय स्टेट ब्याङ्क, युनियन ब्याङ्क अनि ईन्डियन ओभरसिज ब्याङ्क शाखा आज खोलिएको थियो।
‘इन्टरनेट सेवा बन्द छ। वर्तमान समयमा सम्पूर्ण ब्याङ्कका कार्यहरू अनलाईन इन्टरनेट सेवाको माध्यमबाट सञ्चालन हुन्छन्। यस्तो अवस्थामा इन्टरनेट सेवानै नभएपछि ब्याङ्क खोल्नुको अर्थनै रहँदैन’ एकजना ब्याङ्क अधिकारीले भने। प्रशासनले सुरक्षा व्यवस्था दिएको कारण ब्याङ्कले आफ्ना शाखाहरू खोले पनि जबसम्म इन्टरनेट सेवा खोलिन्दैन तबसम्म ब्याङ्कको गेटमात्र खोलेर केहि अर्थ नहुने देखिएको छ। इन्टरनेट सेवा ब्याङ्कले नपाएपछि आज खोलिएका ब्याङ्कका शाखाहरूमा आएका ग्राहकहरु गेटबाटै फर्के भने ब्याङ्क कर्मचारीहरू पनि ब्याङ्क खोलेर केवल समय कटनी मात्रै गरिरहेका थिए। खोलिएका तीनवटा ब्याङ्कका शाखाहरूको मूल गेटहरूमा नै पुलिस प्रशासनद्वारा सुरक्षाको कठोर व्यवस्था गरिएको थियो। जसको कारण साधरण मानिसहरू ब्याङ्कमा प्रशासनिक् भयले समेत गएका देखिएनन्।
अर्कोतर्फ यता अनिश्चितकालिन बन्दसँगै केहिदिन चलेर आगजनी र तोड्फोड काण्डपछि बन्द भएको उत्तर बङ्ग परिवहन निगम (एनबीएसटीसी) बस सेवा सुरु भएको छ। आज एनबीएसटीसीले सिलगडीबाट दुइवटा बसको प्रबन्ध गरेतापनि जानकारीको कमिले पर्याप्त यात्री नभएकोले केवल एउटा बस सिलगडीबाट यात्रीहरू लिएर कालेबुङ आइपुग्यो भने पुन: उक्त बस यात्रीहरू लिएर सिलगडी प्रस्थान गरेको थियो।
यसबारे उत्तरबङ्गाल परिवहन निगम, कालेबुङ डिपोका अधिकारी शेखर खातीले यात्रीहरू बढेको खण्डमा वाहनको सङ्ख्यामा बृद्धि गरिने जानकारी दिएका छन्। विभागले आज सिलगडीबाट कालेबुङ आउनका निम्ति दुईवटा वाहन उपलब्ध गराए पनि यात्रीहरूको कमी भएको कारण एउटा बस मात्र आएको बताएका छन्।
0 Response to "प्रशासनले खोल्यो ब्याङ्क, जनताले पाएनन् सेवा "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.