-->
गोर्खाल्यान्डको मागमा दिल्लीमा जापको अगुवाईमा सभा र जुलुस सम्पन्न ।

गोर्खाल्यान्डको मागमा दिल्लीमा जापको अगुवाईमा सभा र जुलुस सम्पन्न ।

डी के वाइबा, कालिमन्युज,  नया दिल्ली ७ अगस्त 2017: आज दिल्लीको जन्तरमन्तरमा गोर्खाल्यान्डको माग गर्दै जन आन्दोलन पार्टीको अगुवाइमा सभा र जूलूस सम्पन्न भएको छ। पुर्व घोषित कार्यक्रम अनुसार आज जापको अगुवाईमा "संसद चलो " कार्यक्रम तय गरेको थियो तर आज रक्षा बन्दनको उपलक्ष्यमा संसद बिदा रहेकोे कारण  कार्यक्रम हुननसके पनि साङकेतिक जुलुस  जन्तर मंन्तरबाट संसद भवनतर्फ  निकालिएको थियो । 
गोर्खाल्यान्डको मागमा व्यापक नाराबाजी गर्दै संसद भवनतिर लागेको जुलुसलाई दिल्ली पुलिसले बाटो मै रोक्यो । मुसलधार पानी परिरहेको भएता पनि प्रदर्शनकारीहरुले त्यसको वास्तै नगरी पुलिसको अघि धेरैबेर सम्म नाराबाजि गरिरहे । 
र्तमान पहाडको स्थितिलाई मध्यनजर गर्दै केन्द्रको भाजपा पार्टीले आफ्नो मौनता तोड्नु पर्ने माग गर्दै आज जुलुस गर्यो । संसद चलो कार्यक्रम भोलि पनि हुने भएको छ । 
आजको कार्यक्रममा गोर्खाल्यान्ड सयुक्त संघर्ष समितिका पदाधिकारीहरुसंगै विभिन्न ठाउँबाट आएका जापका समर्थकहरु उपस्थित थिए । पथसभालाई सम्बोधन गर्दै जाप अध्यक्ष डा छेत्रीले गोर्खाल्यान्डको मुद्दा भाजपाले उठाईदिने लिखित आश्वासन लोकसभा चुनावमा दिएको कारण राष्ट्रिय नेताहरूलाई झकझकाउन आफुहरु दिल्ली आएको बताए । 
गोर्खाल्यान्ड माग्नेहरु सबै मिलेर संसद थर्काउने कार्यक्रम नगरेसम्म केन्द्रले आफ्नो मौनता नतोड्ने भएको कारण संसद चलो कार्यक्रम तय गरेको उनले बताए । 
संसद चलो कार्यक्रममा सबै राजनैतिक दल ,संघसंस्थालाई सहभागी भइदिने उनलेे अपील गरेका छन् । यसरि नै जाप ब्यूरो सदस्य अ्मर लामाले पनि सम्बोधन गर्दै यतिबेला गोर्खाहरुको एकता गोर्खाल्यान्डको निम्ति अनिवार्य हुने बताए । युवाहरूलाई सम्बोधन गर्दै आन्दोलन अहिंसात्मक र अनुशासित हुन पर्ने सुझाव दिए । 
कानुन हातमा लिएर आन्दोलन गरिए त्यसै दोषमा सरकारले आन्दोलनलाई निमिट्यान्न बनाउनसक्ने उनले बताए। गोर्खाल्यान्ड आन्दोलन अहिंसात्मक , अनुशासित , बौद्धिक र तर्कसक्ने गर्दै जानुपर्ने उनलेे सुझाव राखे। सभालाई जि एम सि सिका सदस्य प्रदीप छेत्रीले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा जापका प्रतिनिधिहरु युसुफ सिमिक,नोरदेन पेम्पा हिस्से ,टासी सेर्पा, युवा एकाईका अध्यक्ष बिशाल राई, सचीव अमीर बस्नेत आदि उपस्थित थिए ।

0 Response to "गोर्खाल्यान्डको मागमा दिल्लीमा जापको अगुवाईमा सभा र जुलुस सम्पन्न ।"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.