-->
कालेबुङ थानामा बिस्फोट : सिभिक पुलिसको मृत्यु....  षडयन्त्र रच्नेहरूमा गोजमुमोका शिर्षस्थ नेताहरू छन् – पुलिस अधिक्षक

कालेबुङ थानामा बिस्फोट : सिभिक पुलिसको मृत्यु.... षडयन्त्र रच्नेहरूमा गोजमुमोका शिर्षस्थ नेताहरू छन् – पुलिस अधिक्षक

डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 अगस्त। "गोर्खा जनमुक्ति मोर्चाका नेताहरूले हिंसा अनि बिस्फोटका घट्नाहरूलाई अञ्जाम दिइरहेका छन्। यस्तो आतङ्की हमला गरेर उनीहरू सुरक्षा बलहरूलाई डर देखाउँन चाहन्छन् अनि राज्य विरुद्ध लडाईँ गर्दैछन्। हामीले घट्नाको जाँच गरिरहेका छौँ। वरिपरी रहेका सम्पूर्ण सीसीटिभी फुटेजहरू पनि जाँच गर्दैछौँ। यस घट्नामा षडयन्त्र रच्नेहरूमा गोजमुमोका शिर्षस्थ नेताहरू छन्" कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले पत्रकारहरूलाई सम्बोधन गर्दै भने।
गत 19 अगस्त् राती कालेबुङ पुलिस थानाको मूल गेटमा भएको बम बिस्फोटको घट्नापछि आज जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले पत्रकारहरूलाई सम्बोधन गरेका थिए। उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा घट्नाबारे बिस्तृत जानकारी गराएका छन्। यसक्रममा उनले उक्त विस्फोटको घट्नामा गोजमुमो पार्टीका शिर्षस्थ नेताहरूले षडयन्त्र रचेको सोझै आरोप समेत लगाएका छन्। उक्त बिस्फोटको घट्नामा पुलिसले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ, युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ, प्रविण सुब्बा, पूर्व सभासद दावा लेप्चा, बारुद थापा लगायत अन्य विरुद्ध मुद्दा समेत दर्ता गरेको छ।
शनिबार राती लगभग 10 बजे कालेबुङ पुलिस थानाको मूल गेटमा भएको बम बिस्फोटमा एकजना सिभिक पुलिस राकेश रावत (31) को मृत्यु भएको छ। दार्जीलिङ शहरमा बम बिस्फोट भएको 24 घण्टा बित्न नपाई कालेबुङ पुलिस थानामा भएको बिस्फोटको घट्नाले सनसनी मच्चिएको छ। उक्त बिस्फोटको चपेटमा परेर होम गार्ड ढेण्डुप भोटिया (48) अनि एसएसबीका जवान मनोज डेक्का (32) घाइते भएका छन्।
"राती लगभग 10 बजे कालेबुङ थानामा कसैले एक बम अर्थात कुनै बिस्फोट पदार्थ थानाभित्र फ्याँक्ने कार्य गरे। थाना केहि अग्लोमा भएको कारण बाहिरबाट फ्याकिएको उक्त बिस्फोटक बिजुलीको तारमा ठोक्किएर तल झर्यो् अनि जोडले बिस्फोट भयो। त्यस समय त्यहाँ एकजना होमगार्ड, एसएसबीका जवान अनि एकजना भोलेन्टियर सिभिक पुलिस तैनाथ थिए। बिस्फोटको कारण तीनैजना घाइते बनेका थिए। उनीहरू तीनैजनालाई तत्कालै कालेबुङ अस्पतालमा उपचारको निम्ति पुर्या्उँदा सिभिक पुलिस राकेस रावतलाई चिकित्सकले मृत घोषित गरे" पुलिस अधिक्षक अजित सिंह यादवले भने।
बिस्फोटको चपेटमा परेर घाइते बनेका होम गार्ड ढेण्डुप भोटियाको हातमा चोट लागेको जानकारी दिँदै उनलाई तत्कालै सिलगडीको एउटा निजी नर्सिङ होममा उपचारको निम्ति लगिएको पनि उनले बताएका छन्। यसका साथै अर्का घाइते एसएसबी जवान मनोज डेक्कालाई मिलिटेरी अस्पतालमा भर्ना गरेर प्राथमिक उपचार पछि छुट्टि दिइएको जानकारी दिएका छन्।
यता बिस्फोटको चपेटमा परेर मृत्यु भएका सिभिक पुलिस राकेश रावतको शवलाई आज पुलिसको विशेष निगरानीमा उत्तर बङ्गाल मेडिकेल कलेज एवम् अस्पतालमा पोष्टमार्टमको निम्ति पठाइएको छ।
राती भएको बिस्फोटको घट्नापछि आज कालेबुङ शहर बिहानैदेखि तनावपूर्ण बनेको थियो। बिस्फोटको घट्नापछि पुलिसले थानाडाँडा नजिक मेन रोडमा ब्यारिकेड् लगाएको छ। अचानक रातीको समयमा भएको बिस्फोटले कालेबुङ थानाको मूल गेट्को खम्बा धेरै प्रभावित बनेको छ भने वरीपरिका भित्ताहरूमा जोडले लागेको दागहरू स्पष्ट बनेको छ। यसका साथै थानाडाँडा अघिल्लतिर रहेको किङ थाई रेन्टुरेन्ट लगायत अन्य नजिकका केहि दोकानहरूमा समेत बमको टुक्रा छर्राले लागेर ऐनाहरू फुटेको छ।
‘पछिल्लो अडाई महिनादेखि जुन आन्दोलन चलिरहेको छ त्यस आन्दोलनको क्रममा धेरैजनाले आफ्नो भाषणमा पुलिस माथी हमला गर्छौँ भनेका थिए। यस्तो अवस्थामा जीजेएमएमको केहि समर्थकहरूले बिस्फोटकहरू जमा गर्दैछन् भन्ने हामीलाई खुफिया विभागको रिपोर्ट रहेको थियो। यसक्रममा पुलबजारमा धेरै मात्रमा बिस्फोटकहरू चोरि भएको घट्ना प्रकासमा आएको थियो। जुन घट्नालाई लिएर पुलबजारमा 21 जुलाईको दिन प्राथमिकी दर्ता समेत गरिएको छ। त्यसपछि दार्जीलिङमा एउटा बिस्फोट भएको थियो। यस घट्नाहरूले खुफिया बिभागको रिपोर्ट सही रहेको प्रमाणित भएको छ’ पुलिस अधिक्षक यादवले अझ भने।
उनले उक्त बिस्फोटको घट्ना सम्बन्धमा एफआईआर दर्ता गरेको जानकारी दिँदै 223/17 केस नम्बर रहेको समेत जानकारी दिएका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा बिस्फोट हुँदाको बिस्फोटक धेरै शक्तिशाली रहेको पनि दाबी गरेका छन्।
‘जसले पनि यस घट्नालाई अञ्जाम दिएको थियो उनीहरूसँग राम्रो प्रशिक्षण थियो। उनीहरूको उत्तरपूर्वीय क्षेत्र लगायत अन्य क्षेत्रका पेशेवार आतङ्कीहरूसँग सम्बन्ध छैन भन्न सकिन्दैन’ अजित सिंह यादवले अझ भने। उनले घट्नाको जाँच गर्न सीआईडी दलसँगै बम निरोधक दस्ता समेत कालेबुङ आउने जानकारी दिएका छन्। सोहिक्रममा जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले आरोपीहरू विरुद्ध हत्या, हत्याको प्रयास, देशद्रोह, बिस्फोटक पदार्थको प्रयोग लगायत अन्य कानुनी मुद्दाहरू अन्तर्गत मुद्दा दर्ता गरेको जानकारी दिएका छन्।
अर्कोतर्फ यता कालेबुङमा भएको बिस्फोटको घट्नालाई लिर गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला अध्यक्ष डा. आर. बी भुजेलले गृहमन्त्री राजनाथ सिंहलाई पत्राचार गरेर उच्च स्तरीय जाँचको माग गरेका छन्। गृहमन्त्री राजनाथ सिंहलाई उच्चस्तरीय जाँचको माग गर्दै लेखेको पत्र आज कालेबुङकी बिधायक श्रीमती सरिता राई लगायत अन्य मोर्चाका नेताहरूले कालेबुङ थाना प्रभारी मार्फत पठाउने कार्य गरेका छन्। उक्त ज्ञापन पत्र सुम्पेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै श्रीमती सरिता राईले बम बिस्फोटका घट्नाको जोडदार विरोध गर्दै दोषीहरूलाई प्रशासनले पक्राऊ गर्नुपर्ने माग गरिन्। ‘बम बिस्फोटको घट्नाको हामी घोर बिरोध गर्दछौँ। उक्त घट्नाको उच्च स्तरीय जाँचको माग गोजमुमो पार्टीले गर्दछ। हामी गृहमन्त्री राजनाथ सिंहलाई यस्ता बिस्फोटका घट्नाको सत्यता पत्तो लगाउँन उच्च स्तरीय जाँचको माग गर्दछौँ’ बिधायक सरिता राईले भनिन्।
यता दार्जीलिङ अनि कालेबुङ थानामा भएको बिस्फोटको घट्नालाई जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले पनि जोडदार निन्दा गरेका छन्। उनले यस्ता घट्नाहरूले अहिलेघरी चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई बाधा पुग्ने पनि बताएका छन्। ‘बिस्फोटको जुन घट्ना भयो त्यो निन्दनीय छ। उक्त बिस्फोटको घट्नामा कसको हात छ भन्ने पत्तो लगाउन केन्द्र सरकारले गम्भीरतापूर्वक जाँच गर्नुपर्छ अनि जिम्मेवार व्यक्तिलाई खोजी निकाल्नुपर्छ अनि वास्तविकता जनताले थाह पाउँनुपर्छ’ डा. हर्कबहादुर छेत्रीले माग गरे।

0 Response to "कालेबुङ थानामा बिस्फोट : सिभिक पुलिसको मृत्यु.... षडयन्त्र रच्नेहरूमा गोजमुमोका शिर्षस्थ नेताहरू छन् – पुलिस अधिक्षक "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.