-->
गृहमन्त्रीसँग वैठक गर्न जीएमसीसीका धेरजसो दलहरूलाई लगेन दिल्ली

गृहमन्त्रीसँग वैठक गर्न जीएमसीसीका धेरजसो दलहरूलाई लगेन दिल्ली

डी के वाइबा, कालिमन्युज, कालेबुङ १३ अगस्त। गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिका प्रतिनिधीहरूलाई केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले दिल्लीमा वैठक गर्न बोलाए पनि जीएमसीसी अधिनस्थ रहेका जन आन्दोलन पार्टी, अखिल भारतीय गोर्खालिग पार्टीका प्रतिनिधीवर्गलाई भने उक्त वैठकमा सामेल गराएको छैन। 
केन्द्रिय गृह मन्त्रीसँग वैठक गर्नका निम्ति जीएमसीसीका संयोजक तथा गोजमुमो उपाध्यक्ष कल्याण देवन लगायत अन्य राजनैतिक दलहरूमा गोरामुमो, क्रामाकपा, गोरानिमो पार्टी प्रतिनिधीवर्ग दिल्ली प्रस्थान गरेका छन्। केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले दिल्लीमा वैठक गर्नका निम्ति बोलाएको कुरा गोजमुमो अध्यक्ष विमल गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका थिए। मोर्चा अध्यक्ष विमल गुरुङले वैठकमा बोलाएको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरे पनि यता दुई महिना देखि सँगै आन्दोलन गरिरहेका अन्य राजनैतिक दलहरूलाई भने वैठकमा सामेल नगराउनुले एकाधिक प्रश्न खडा भएको छ। यस्तो अवस्थामा आज जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले एक पत्रकार सम्मेलन आयोजना गरेर गृहमन्त्रीसँग वैठक गर्न गएका जीएमसीसीका प्रतिनिधी टोलिलाई शुभकामना दिएका छन्। 
‘यतिका दिनसम्म आन्दोलन गरेपछि गृहमन्त्रीले वार्तामा डाकेका छन्। वैठकमा गएका प्रतिनिधी टोलिलाई शुभकाम छ’ डा. हर्कबहादुर छेत्रीले भने। ‘जनताले एकमात्र लक्ष्य गोर्खाल्याण्ड प्राप्तिका निम्ति जुन आकाङ्क्षा लिएर आजसम्म आन्दोलन गरिरहेका छन् उनीहरूको आकाङ्क्षा माथि कुठाराघात गर्ने निष्कर्ष वैठकले निकाल्नु हुँदैन। जनताको आकाङ्क्षा भन्दा तलको कुनै पनि व्यवस्थामा वैठकमा जानेहरूले सम्झौता गर्ने कार्य पनि गर्नुहुँदैन’ डा. हर्कबहादुर छेत्रीले वैठकमा जाने प्रतिनिधी टोलिलाई सुझाव दिँदै भने। 
उनले गृहमन्त्रीसँग हुने वैठकमा के कारणले जन आन्दोलन पार्टी लगायत अन्य दलहरूलाई लाने कार्य गरेन भन्ने कुरा स्पष्ट नभएको बताउँदै पछिबाट जीएमसीसीका संयोजकलाई यसको लिखित स्पष्टिकरण माग्ने पनि बताएका छन्। जन आन्दोलन पार्टीलाई वैठकमा भाग लिनका निम्ति प्रतिनिधी टोलिमा सामेल नगरेपछि जीएमसीसीका संयोजक कल्याण देवानलाई फोन मार्फत् सम्पर्क गरेर जान्न चाहँदा स्पष्ट जवाब नपाएको पनि डा. छेत्रीले बताएका छन्। 
अर्कोतर्फ यता अखिल भारतीय गोर्खालिग पार्टीलाई पनि गृहमन्त्री राजनाथ सिंहले बोलाएको वैठकमा सामेल नगरेको अभागोलि महासचिव प्रताप खातीले जानकारी दिएका छन्। ‘हामीलाई वैठकमा सामेल किन गरेन भन्ने जानकारी छैन। तर, एकातिर सामुहिक नेतृत्वको कुरा चल्छ अनि अर्कोतिर वैठकमा सामेल गर्नका निम्ति सामुहिक नेतृत्वलाई भने समावेश गरिन्दैन। यस्तो घट्नाले गोजमुमोले कुनै व्यवस्थाम असम्झौता गर्न खोजेको शङ्का सिर्जना भएको छ। वैठकमा सबैलाई समावेश नगर्नुनै शंकाको मूल कारण हो’ प्रताप खातिले भने। ‘यसरी गोर्खाल्याण्ड ल्याउँन गाह्रो छ’ उनले अझ थपे 
यता गृहमन्त्रीले डाकेको भनिएको वैठकमा जीएमसीसी अधिनस्थ रहेका सम्पूर्ण राजनैतिक दलहरूलाई वैठकमा भाग लिने प्रतिनिधीमण्डलमा किन समावेश गरिएन भन्ने विषयमा जान्नका निम्ति जीएमसीसी संयोजक एवम् गोजमुमो उपाध्यक्ष कल्याण देवान सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। 

Related Posts

0 Response to "गृहमन्त्रीसँग वैठक गर्न जीएमसीसीका धेरजसो दलहरूलाई लगेन दिल्ली "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.