-->
राष्ट्रिय राजमार्गमा पुन: वाहनमा लगाइयो आगो

राष्ट्रिय राजमार्गमा पुन: वाहनमा लगाइयो आगो

डी के वाइबा, कालिमन्युज, कालेबुङ 9 अगस्त। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले 9 अगस्तदेखि आन्दोलन कठोर हुने अगावै घोषणा गरेपछि आज विहानीपख नै राष्ट्रिय राजमार्गमा वाहनमा आगो लगाइएको छ। 8 अगस्त साँझ 6 बजेसम्म केन्द्र सरकारबाट कुनै पहल नगरे मोर्चा अध्यक्ष विमल गुरुङले 9 अगस्तदेखि आन्दोलन कठोर हुने अगावै घोषणा गरेका थिए। यद्यपी उनले कठोर आन्दोलन कस्तो हुने भने घोषणा गरेका थिएनन्।
गुरुङको घोषणापछि यता आजदेखि ठाउँ ठाउँमा आन्दोलनकारीहरूले कठोर पिकेटिङ कार्य आरम्भ गरेको छ। वाहनहरूको चलाचलमाथि पिकेटिङ गर्नेहरूले सोधखोज गर्दै अति आवश्यक वाहनहरूलाई मात्रै छोड्ने कार्य गरिरहेका छन्। यस्तो अवस्थामा आज अनिश्चितकालिन बन्दको 56 औँ दिन राष्ट्रिय राजमार्ग 10 अन्तर्गत हनुमान झोडामा आज अज्ञात मानिसहरूले एउटा वाहनमा आगो लगाएको छ। घट्ना आज बिहानीपख भएको हो।
सिलगडीबाट सिक्किमको जोरथाङ गइरहेको उक्त आइसर वाहनमा नकाबधारी मानिसहरूले अचानक आएर आगो लगाएको पुलिस सुत्रबाट जानकारी प्राप्त भएको छ। वाहनमा राशन लादिएको थियो भने उपद्रवीहरूले वाहनमा राशनसँगै आगो झोसेर चम्पट कसेका छन्। प्राप्त जानकारी अनुसार उक्त घट्ना आज बिहानीपख लगभग २.३० बजीतिर भएको हो। कम्पनीबाट भर्खरै मात्र निकालिएको उक्त वाहनमा अस्थायी नम्बर मात्र लागेको थियो भने स्थायी नम्बर समेत लाग्न नपाइ वाहनमा आगो लगाइएको छ।
चामल अनि आँटाका बोराहरू रहेको उक्त वाहनमा आगो लगाइएको कारण वाहन सँगै उक्त सामाग्रीहरू पनि जलेर नष्ट भएको छ। वाहनमा आगलागी पछि वाहनका चालक घट्ना स्थलबाट् वाहन छोडेर लापत्ता भएका छन्। अचानक मानिसहरूले वाहनमा आगो लगाएको कारण वाहनका चालक आफ्नो ज्यान बचाउनका निम्ति भागेको हुन सक्ने अनुमान गरिएको छ।
घट्नाको जानकारी पाउनसाथै घट्ना स्थलमा पुलिस पुगेका थिए भने पुलिस पुग्दा वाहन जलेर पूर्णरूपले नष्ट बनिसकेको थियो। पुलिसले घट्नामा संलग्न व्यक्तिहरूबारे ठोस जानकारी प्राप्त गर्न नसके पनि कतिपय मोर्चा नेताहरूमाथि भने कठोर नजर बनाएर राखेको छ। उक्त घट्नापछि आज राष्ट्रिय राजमार्गमा वाहनहरूको चलाचल धेरै कम रहेको छ। यसका साथै राजमार्गको ठाउँ ठाउँमा पिकेटर्सहरू बसेर राजमार्गमा बङ्गाल नम्बरधारी वाहनहरूलाई नचलाइदिने आह्वान गरिरहेका छन् भने सिक्किम नम्बरधारी वाहनहरूलाई भने चलाचलको निम्ति छुट दिइरहेका छन्।

0 Response to "राष्ट्रिय राजमार्गमा पुन: वाहनमा लगाइयो आगो"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.