-->
आन्दोलनकारीहरूले ‘मुष्ठिदान’ दिए सरकारलाई

आन्दोलनकारीहरूले ‘मुष्ठिदान’ दिए सरकारलाई

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ ३१ जुलाई। पश्चिम बङ्गाल सरकारले पहाड अनि सिक्किम राज्यमा जाने खाद्य समाग्रीहरू सिलगडीमा रोक्ने कार्य गरेको विरोधमा उल्टै सरकारलाई आन्दोलनकारीहरूले मुष्ठी दान सङ्ग्रह गरेर पठाएको छ। गोर्खा जनमुक्ति मोर्चाले आज जनताबाट चामल मुष्ठि दान सङ्ग्रह गरेर कालेबुङ जिल्लापाल डा. विश्वनाथ मार्फत मुख्यमन्त्री ममता ब्यानर्जीलाई पठाउने कार्य गरेको छ। 
मुष्ठि दानबाट सङ्ग्रह भएको दुई बोरा चामल अनिश्चितकालिन बन्दको 47 औँ दिन जिल्लापाल मार्फत् राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पठाउने कार्य गरेको हो। बन्दको 47 औँ दिन छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै मेनरोडबाट सुरु भएको जुलुस जिल्लापाल कार्यालय पुगेपछि धर्ना प्रदर्शनकै क्रममा मोर्चा नेतृत्ववर्गले मुख्यमन्त्री ममता ब्यानर्जीलाई मुष्ठिदानबाट सङ्ग्रह भएको चामल सँगै ज्ञापन पत्र पनि सुम्पिने कार्य गरेको छ। 
‘संवैधानिक माग गोर्खाल्याण्डलाई दबाउनका निम्ति तृणमूल कङ्ग्रेस नेतृत्वधिन पश्चिम बङ्गाल सरकारले दार्जीलिङ पहाडसँगै सिक्किम राज्यमा जाने खाद्य सामाग्री रोक्ने कार्य गरिरहेको छ। अहिले मुख्यमन्त्री ममता ब्यानर्जीले हाम्रो मागलाई दिर्घकालिन समाधान गर्नको साटो उल्टै बन्दको कारण करोडौँ रूपियाँ घाटा भइरहेको कुरा गरिरहेकी छन्’ गोजमुमोद्वारा बुझाइएको ज्ञापन पत्रमा लेखेको छ। 
‘गोर्खाल्याण्ड क्षेत्रमा बस्ने मानिसहरूको मृत्युलाई लत्याएर अनि शान्ति र निम्नतम मानव अधिकारलाई पन्साएर पश्चिम बङ्गाल सरकारले क्षतिभएको कुरा गरिरहेको छ। यस्तो अवस्थामा हामीसँग रहेका खाद्यन्नहरू पनि राज्यको मुख्यालयमा पठाइरहेका छौँ। जसले राज्यको क्षतिलाई केहि मात्रमा राहत् प्राप्त होस्’ ज्ञापन पत्रमा अझ लेखेको छ। 
पश्चिम बङ्गाल सरकारले सिक्किम राज्य अनि पहाडमा खाद्य सामाग्री पठाउने व्यवस्था गर्नको साटो उल्टै सरकारी तन्त्रहरूको प्रयोग गरेर रोक्ने कार्यको साङ्केतिक विरोध गर्दै यसरी मुष्ठि दान सङ्ग्रह गरेर पठाउने कार्य गरेको दिप थापाले जुलुस पछि सम्पन्न सभालाई सम्बोधन गर्दै भने। 
उक्त मुष्ठि दानले सरकारलाई अहिले हुँदै आइरहेको क्षतिलाई केहि मात्रमा कमी होस् भन्दै आन्दोलनकारीहरूको साङ्केतिक विरोध रहेको पनि उनले बताएका छन्। यसक्रममा उक्त साङ्केतिक विरोध कार्यक्रम आगमी 3 अगस्तसम्म जारी रहने पनि उनले बताएका छन्।

Related Posts

0 Response to "आन्दोलनकारीहरूले ‘मुष्ठिदान’ दिए सरकारलाई "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.