
25 औँ दिनपछि आमरण अनशन गरियो फिर्ता
![]() |
Sagar Diyali drinking juice by Sarita Rai, MLA to break the fast |
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 14 अगस्त। केन्द्रिय गृहमन्त्री राजनाथ सिंहको अनुरोधपछि गोर्खा जनमुक्ति युवा मोर्चाले 21 जुलाईदेखि सुरु गरेको आमरण अनशन 25 दिन पुगेर टुङ्गिएको छ। गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिका प्रतिनिधीहरूसँग आईतबार दिल्लीमा केन्द्रिय गृहमन्त्री राजनाथ सिंहको वैठकको समय गृहमंत्री सिँहले आमरण अनशन अनि अनिश्चितकालिन बन्द फिर्ता गर्ने अपिल गरेपछि युवा मोर्चाको आमरण अनशन 25 दिनपछि फिर्ता गरिएको हो।
छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति कालेबुङमा युवा मोर्चाका तीनजना कार्यकर्ताहरू क्रमैले सागर दियाली, अजित रोका अनि राजु विश्वकर्म आमरण अनशनमा गत 21 जुलाईदेखि बसेका थिए। यसका साथै दार्जीलिङ, खर्साङ अनि मिरिकमा पनि युवा मोर्चाका तीन तीन सदस्य टोलिले आमरण अनशन सुरु गरेका थिए। पहाडका चारवटा स्थानहरूमा मोठ 12 जना युवा मोर्चा कार्यकर्ताहरूले सुरु गरेको आमरण अनशन केन्द्रिय गृह मन्त्री राजनाथ सिंहको अपिल पछि 25 दिन पुगेर समाप्त भएको छ। केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले अपिल गरेको कारण उनको अनुरोधलाई स्वीकार गर्दै युवा मोर्चाको आमरण अनशन फिर्ता गरिएको कालेबुङका विधायक श्रीमती सरिता राईले बताएकी छन्। विधायक राईले अनशनकारीहरूलाई फलको रस पिलाएर अनशन फिर्ता गराउन अघि अनशन स्थलमा भेला भएका जन समुदायलाई सम्बोधन गरेकी थिइन। यसक्रममा उनले केन्द्रिय गृहमन्त्रीको अनुरोधलाई सम्मान गर्दै युवा मोर्चाको जारी अनशनलाई फिर्ता गरिएको स्पष्ट पारेकी छन्।
![]() |
Sagar Diyali being taken to Hospital |
‘जीएमसीसीलाई दिल्लीमा केन्द्रिय गृहमन्त्रीले वैठकमा डाकेका थिए। त्यस वैठकमा गृहमन्त्रीले आन्दोलित पहाडबारे चर्चा परिचर्चा गर्दै आमरण अनशन फिर्ता गर्ने अनुरोध गर्नुभएको थियो। आगामी दिनमा छुट्टै राज्य गोर्खाल्याण्डबारे चर्चा गर्दा गृहमन्त्रालयको भुमिका महत्वपूर्ण हुने भएको कारण गृहमन्त्रीकै अनुरोधलाई शिरोपर गरेर यस आमरण अनशनलाई फिर्ता गरेका हौँ’ विधायक सरिता राईले भनिन्।
उनले आफ्नो सम्बोधनको क्रममा आमरण अनशन बस्ने युवाहरूले छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति आफ्नो जीवनको महत्वपूर्ण योगदान दिएको बताउँदै उनीहरूको योगदान भविष्यमा निश्चय नै कदर हुने पनि दाबी गरिन्। उनले आफ्नो छोटो सम्बोधन पछि तीनैजना अनशनकारीहरू क्रमैले अजित रोका, सागर दियाली अनि राजु विश्वकर्मलाई रस पिलाएर आमरण अनशन फिर्ता गराएकी थिइन् भने खदा लगाएर महत्वपूर्ण योगदानका निम्ति बधाई पनि दिइन्। अनशनकारीहरूलाई रस पिलाएर अनशन फिर्ता गराएपछि उनीहरू सबैलाई कालेबुङ जिल्ला अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ।
0 Response to "25 औँ दिनपछि आमरण अनशन गरियो फिर्ता "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.