
जीएमसीसीले सही रणनीति तयार पार्ने जापको विश्वास........ केन्द्रको मौनता आश्चर्यजनक– डा. हर्कबहादुर छेत्री
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २९ जुलाई। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन चलेको 45 दिन पुग्दा समेत केन्द्र सरकारको मौनता प्रति जन आन्दोलन पार्टीले आश्चर्य प्रकट गरेको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आज पार्टी कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्र सरकारको मौनताप्रति आश्चर्य प्रकट गरेका छन्।
"गोर्खाल्याण्डको आन्दोलन चलेको प्राय ढेड महिना भयो। ढेड महिनाभित्रमा केन्द्र सरकारको संलग्नता देखिएको छैन। सबैभन्दा आश्चर्यजनक कुरो केन्द्र सरकारको मौनता छ" डा. हर्कबहादुर छेत्रीले भने। यसक्रममा उनले हाल संसदमा चलिरहेको मनसुन सत्रमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा गोर्खाल्याण्डै नाउँमा भोट जितेका सांसद आहलुवालीयाले उठाउने सम्पूर्ण जनताले अपेक्षा साँचे पनि सांसद आहलुवालीया भने मौन बसेको डा. छेत्रीले आरोप लगाए।
"यतिबेला संसदको मनसुन सेसन चल्दैछ। हामीले मनसुन सेसनमा पहाडका सांसद सुरेन्द्रर सिंह आहलुवालीयाले गोर्खाल्याण्डको माग उठाउँछन् भन्ने आशा राखेका थियौँ। यता कङ्ग्रेसका एकजना सांसदले दार्जीलिङ अनि गोर्खाल्याण्ड बारे प्रश्न उठाएको देख्यौँ। त्यसको जवाब पनि केन्द्र सरकारको पक्षबाट अत्यन्तै नकारात्मक आएको छ। जुन बयानको हामी भर्त्सना जनाउँदछौँ" डा. छेत्रीले भने।
"मिनिस्टर अफ स्टेट फर होम हंसराजले संसदमा काङ्ग्रेसका सांसदले उठाएको प्रश्नको जवाब दिने क्रममा अलग राज्यको त कुरै छैन अलग राज्य बनाउने कमिटि सम्म बनाउने कुरै छैन भने। त्यो बयान भर्त्सना गर्नको योग्यको छ। यस्तो बयान त्यस सरकारबाट आउँदैछ जुन सरकारले 2009 अनि 2014 मा गोर्खाल्याण्ड गठनको नैतिक जिम्मेवारी लिएको थियो" डा. छेत्रीले भने।
यसैक्रममा उनले केहि समय अघि बीजेपी नेता दिलिप घोषले आन्दोलनलाई यो केवल मोर्चाले खस्किन्दो धरातललाई बलियो राख्न आन्दोलन गरेको हो भन्ने आरोप लगाउने कार्य गरेको भन्दै दिलिप घोषको बयानको पनि तिब्र खण्डन गरेका छन्।
"यहाँ गोर्खाल्याण्डको आन्दोलनमा सम्पूर्ण राजनैतिक दलहरू संलग्न बनेका छन्। सम्पूर्ण अराजनैतिक सङ्गठनहरू अनि सम्पूर्ण जनता आन्दोलनमा छन्। यति हुँदा हुँदै पनि बीजेपीले केवल मोर्चालाई औँल्याएर मोर्चाको धरातल बलियो पार्न आन्दोलन गरेको भन्ने बयान दिनु दुर्भाग्यजनक हो" उनले भने। यस्तो अवस्थामा अब छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउने कार्य गरिरहेको गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले ठोस् रणनीति बनाउने डा. छेत्रीले विश्वास व्यक्त गरेका छन्।
"आगामी 1 अगस्त हामी सम्पूर्ण राजनैतिक दलहरू दिल्लीमा भेट्दैछौँ। जीमसीसीको वैठकमा ठोस कार्यक्रम बनिन्छ भन्ने अपेक्षा राखेका छौँ। एउटा लामो समयसम्म आन्दोलनलाई निरन्तरता दिनसक्ने अनि आम जीवनलाई डिस्टर्ब नगरी लामो समयसम्म आन्दोलन गर्न सकिने रणनीति निश्चय नै जीएमसीसीको वैठकमा बनिनेछ भन्ने अपेक्षा गर्दछौँ। जीएमसीसीमा सबै दलहरू छन् त्यसैले त्यहाँ सबै मिलेर आन्दोलनको राम्रो र दिर्घमियादी रणनीति तयार होस् भन्ने अपेक्षा राख्दछौँ" डा. छेत्रीले भने।
उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा हाल बङ्गाल सरकारले आन्दोलनलाई दबाउनका निम्ति हरेक क्षेत्रबाट प्रयास गरिरहेको आरोप लगाउँदै सरकारलाई आन्दोलनकारीहरूले मौका दिन नहुने सुझाव पनि दिएका छन्। "बङ्गाल सरकार र बङ्गालका सम्पूर्ण सञ्चारमाध्यमहरू यस आन्दोलनलाई माओवादी र सिमा पारिसँग जोड्ने कोसिसमा छन्। यो केवल झुटो र दुष्प्रचार मात्र हो। यस्तो कार्यको प्रमाण उनीहरूसँग छैन" डा, छेत्रीले भने। आज सरकारले कतिपय तोडफोडको घट्नालाई हिंसात्मक आन्दोलन भन्दै दबाउने प्रयास गर्दैछ। जन आन्दोलनमा जनता सहभागी बनेका छन्। यस्तो मौकाका आन्दोलनलाई दबाउन कतिपय असामाजिक तत्वहरू पनि सक्रिय बनेर यस्ता तोडफोड र आगजनीका कार्य गरेको हुनसक्ने आशंका जाप अध्यक्ष डा. छेत्रीले व्यक्त गरेका छन्।
"जन आन्दोलन हो सबै आन्दोलनकारी नहुन सक्छन्। त्यहाँभित्र असामाजिक तत्व हुनै सक्छन्। जे भएपनि सरकारले यो तोडफोडको घट्नालाई आन्दोलन हिंसात्मक हो भन्ने हतियार फेला पार्दैछ अनि आन्दोलनलाई आतङ्कवादसँग जोड्ने मौका पाउँदैछ। यस्तो अवस्थामा सरकारलाई हामीले आन्दोलन दबाउन सक्ने मौकाहरू दिनुहुँदैन। आन्दोलनकारीले यस्तो कुरामा ध्यान दिने अपिल गर्दछौँ" डा. छेत्रीले भने। उनले यदि यस्ता तोडफोडका घट्नाहरू बड्दै गए सरकारले आन्दोलनलाई कानुन व्यवस्थाको सज्ञा दिएर दबाउने प्रयास गर्ने पनि छेत्रीले बताएका छन्। "आन्दोलनकारीहरू यस्तो घट्नादेखि सक्दो टाडो बस्ने प्रयास गर्नुपर्छ। नत्र यति पुरानो माग फेरि एकचोटि सरकारको दमन तन्त्रमा पर्नेछ" डा. छेत्रीले भने।
0 Response to "जीएमसीसीले सही रणनीति तयार पार्ने जापको विश्वास........ केन्द्रको मौनता आश्चर्यजनक– डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.