
पुलिस वाहन तोडफोड अनशनकारीहरूको अवस्था चिन्ताजनक
डी के वाइबा, कालिमन्युज, कालेबुङ २४ जुलाई। अनिश्चितकालिन बन्दको 40 औँ दिन कालेबुङको मोटर स्टयाण्डमा पुलिसले हायरमा चलाउने बोलेरो वाहन तोडफोड गरिएको छ। डब्ल्यु बी 30 जी 1071 नम्बर भएको उक्त वाहन पुलिसले केहि समय देखि नै हायरमा चलाउने गरेको थियो।
विहान लगभग पाँच बजे उक्त वाहन कालेबुङ थानामा आइरहेको समयमा अज्ञात मानिसहरूले रोकेर तोडफोड गर्नका साथै पल्टाउने कार्य गरेको छ। अचानक केहि मानिसहरूले वाहनलाई रोकेर तोडफोड गर्नका साथै पल्टाउने कार्य गरेपछि वाहन क्षतिग्रस्त बनेको छ। घट्नाको जानकारी पाउनसाथै कालेबुङ पुलिस घट्ना स्थलमा पुगेको थियो भने पछिबाट उक्त वाहनलाई उद्धार गरेर पुलिसले लगेको छ। घट्ना सम्बन्धि पुलिसले जाँच गरिरहेको छ।
यता गोर्खा जनमुक्ति युवा मोर्चाले सुरु गरेको आमरण अनशनको चौथो दिन अनशनकारीको अवस्था चिन्ताजन बन्दै गइरहेको छ। कालेबुङको डम्बर चौकमा युवा मोर्चाका तीनजना कार्यकर्ताहरू बसेको आमरण अनशनको चौथो दिन अजित रोकाको अवस्था धेरै बिग्रेको थाह लागेको छ। यसका साथै अन्य अनशनकारीहरूमा क्रमैले सागर दियाली अनि राजु विश्वकर्मको अवस्थामा पनि बिग्रन्दै गएको गोजयुमो केन्द्रिय समितिका सदस्य समिर बस्नेतले जानकारी दिएका छन्।
अनशनकारीहरूको स्वास्थ्य जाँच गर्नका निम्ति आज विहान कालेबुङ जिल्ला अस्पतालबाट डा. एस. एन. दास स्वास्थ्यकर्मीहरूको साथमा अनशन स्थलमा आएका थिए। उनले अनशनकारीहरूको स्वास्थ्य जाँच गरेर अवस्था दिनदिने गम्भीर बन्दै गएको कारण सलाइन लगाउने सुझाव सँगै चिकित्सा लिने आग्रह गरेका थिए भने अनशनकारीहरूले चिकित्सा लिन अस्वीकार गरेको समिर बस्नेतले बताएका छन्।
‘अस्पतालका चिकित्सकहरूले अनशनकारीहरूको स्वास्थ्य जाँच गरेर उनीहरूलाई झट्टै चिकित्सा लिने आग्रह गरे। जिब्रो सुकेको अनि शरिरमा पानीको मात्र घटेको कारण पानी पिउने सल्लाह पनि उनले दिएका थिए। यसक्रममा अनशनकारीहरूले चिकित्सा लिनका साथै पानी पिउँन पनि अस्वीकार गरेका छन’ समिर बस्नेतले भने। हाल अनशनकारीहरूको रक्तचापको समस्या, डिहाइड्रेसन जस्ता समस्या देखा पर्नका साथै शरिर दुख्ने समस्याहरू देखा परेको पनि उनले बताएका छन्। यद्यपी छुट्टै राज्य गोर्खाल्याण्ड नभएसम्म अनशनकारीहरूले आफ्नो अनशनलाई जारी राख्ने बताएको पनि बस्नेतले जानकारी दिएका छन्।
0 Response to "पुलिस वाहन तोडफोड अनशनकारीहरूको अवस्था चिन्ताजनक"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.