
बन्दको ३३औँ दिन धर्ना प्रदर्शन जारी
डी के वाइबा, कालिमन्युज, कालेबुङ १७ जुलाई। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै निस्केको जुलुसले सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको निधन प्रति शोक प्रकट गरेको छ। अनिश्चितकालिन बन्दको ३३औँ दिन गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिको आयोजनामा सम्पन्न भएको जिल्लापाल कार्यालयमा धर्ना प्रदर्शनको अवधी भण्डारीको निधनमा शोक प्रकट गरेको हो।
डम्बर चौकमा निस्केको जुलुसले निर्धारित कार्यक्रम अनुसार कालेबुङ जिल्लापाल कार्यालयको अघिल्लतिर धर्ना प्रदर्शन गर्ने कार्य गरेको थियो। सोहि अवधी जुलुस जिल्लापाल कार्यालय परिसरमा पुगेपछि पूर्व मुख्यमन्त्री भण्डारीको निधन प्रति शोक प्रकट गर्दै आत्मा शान्तिको कामना गर्दै मौनधारण गरेको थियो।
विभिन्न राजनैतिक दलका कार्यकर्ताहरू सहभागी भएको उक्त जुलुसमा आज जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री पनि सहभागी बनेका थिए। उनकी श्रीमती केहि दिन अघि अस्वस्थ्य बनेपछि डा. छेत्री शहरमा निस्कने जुलुसमा सहभागी बन्न सकेका थिएनन् भने उनी आज गोर्खाल्याण्डको माग गर्दै निस्केको जुलुसमा सहभागी बनेर जिल्लापाल कार्यालय अघि भएको धर्ना प्रदर्शन कार्यमा पनि सहभागी बनेका थिए। यद्यपी उनले भीडलाई सम्बोधन भने गरेनन्।
दैनिक निस्कने जुलुसको तुलनामा आज निस्केको जुलुस भने केहि भिन्नै रहेको थियो। आज निस्केको जुलुसमा विशेष गरेर कालेबुङका विभिन्न खेलकुदसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधीवर्गले भाग लिएका थिए। यसक्रममा कालेबुङमा भेटेरेन्स क़्लब, रन विथ रोशनी, ब्याड्मिन्टन एसोसिएसन, एमेच्युर बक्सिङ एसोसिएसन कालेबुङ लगायत अन्य खेलकुदसँग सम्बन्धित संस्थाहरूका प्रतिनिधीवर्गले पनि छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा नाराबाजी लगाएका थिए। आ-आफ्ना रूची अनुसारका खेलहरू खेलेर रमाउँन चाहने खेलाडीहरूले आज सडकमा ओर्लिएर छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरेर भारतीय गोर्खाहरूको दिर्घकालिन समस्यालाई समाधान गर्नुपर्ने माग गरेका छन्।
अर्कोतर्फ अनिश्चितकालिन बन्दको ३३औँ दिन निस्केको जुलुसमा स-साना नानीहरू लिएर नै आमाहरू पनि सामेल भएका थिए। आमाहरू सहभागी बनेको जुलुसमा आएका नानीहरूले पनि छुट्टै राज्य गोर्खाल्याण्ड गठनको माग गर्दै लेखेका प्ला कार्डहरू बोकेका थिए। ‘हामी आमाहरू चियाको पत्ति टिप्न जाँदा नानीहरू साथमा लिएर नै मेलोमा जान्छौँ। आज जुलुसमा पनि हामी आफ्ना नानीहरूलाई लिएर आएका छौँ। सरकारले आमाहरूको चाहनालाई पुरा गरेर झट्टै न्याय दिने कार्य गर्नुपर्छ’ एकजना आमाले सम्बोधन गर्दै भनिन्।
0 Response to "बन्दको ३३औँ दिन धर्ना प्रदर्शन जारी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.