निर्धारित आमरण अनशन भयो स्थगित आन्दोलनलाई राष्ट्रव्यापी रूप दिन अन्शन स्थगित गरेका हौँ – कल्याण देवान
<
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १३ जुलाई। गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले निर्धारित आरमण अनशनलाई स्थगित गरेको छ। जीएमसीसीको आज कालेबुङमा बसेको आपतकालिन वैठकले आमरण अनशनलाई स्थगित गरेको हो।
‘जीएमसीसीले आगमी 15 तारिकको सुरु हुने अनशनको कार्यक्रमलाई केहि समयको निम्ति स्थगित गर्ने निर्णय
‘सबैभन्दा ठूलो कारण सर्वभारतीय स्तरमा आन्दोलनमा एकरूपमा ल्याउनको निम्ति हो। सबैतिर हालमा चलिरहेको गोर्खाल्याण्डको जुन आन्दोलन छ त्यसमा राष्ट्रिय सहमति जुटाउँदै आन्दोलनलाई एकरूपता प्रदान गर्नका निम्ति अहिलेलाई आमरण अनशनलाई केहि समयको निम्ति स्थगित गरेका हौँ’ कल्याण देवानले अझ भने।
यसक्रममा उनले आमरण अनशनलाई दार्जीलिङमा गर्दा आन्दोलन केवल दार्जीलिङ केन्द्रित रहेको देखिने सम्भावना रहेकोले आन्दोलनलाई राष्ट्रव्यापी बनाउन नै यस्तो निर्णय लिएको पनि देवानले स्पष्टिकरण दिएका छन्। ‘हामीले आन्दोलनलाई देशव्यापी रूप दिँदै आन्दोलनमा एकरूपमा ल्याउनका निम्ति कार्य गरिरहेका छौँ। आन्दोलनमा एकरूपता भए अझ शसक्त बन्नेछ। यसैदिशामा जीएमसीसीले कार्य गर्नेछ’ देवानले अझ भने।
निर्धारित आमरण अनशनलाई स्थगित गर्न अघि गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिको आपतकालिन बैठक भएको बताउँदै वैठकमा तत्काल उपस्थित बन्न नसकेका प्रतिनिधीवर्गसँग टेलिफोनिक सम्पर्क गरेर कुराकानी गरेर समर्थन लिएको पनि देवानले जानकारी दिएका छन्।
यसक्रममा उनले अन्य निर्धारित कार्यक्रमहरू भने हुने पनि स्पष्ट पारेका छन्। ‘जीएमसीसीले घोषणा गरेका अन्य कार्यक्रमहरू यथावत रहनेछ। निर्धारित गरिएको अर्को वैठक पनि आगामी 18 जुलाईको दिन हुनेछ। उक्त वैठकमा हामी अझ विस्तृत चर्चा गरेर आन्दोलनलाई राष्ट्रव्यापी बनाउने कार्य गर्नेछौँ’ देवानले अझ भने।
वैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा कल्याण देवानले दार्जीलिङमा मात्र भोकहड्ताल गर्दा प्रभावकारी नहुने भएको कारण अनि राष्ट्रव्यापी पार्न पनि यस्तो निर्णय गरेको बताएका छन्।
यसक्रममा उनले गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले आन्दोलनलाई अघि बडाउँन आमरण अनशन बस्ने निर्णय लिइसकेको अनि अनशनमा बस्नेहरूको नाउँ आइरहेको बताउँदै आउँदो दिनमा नयाँ तारिख निर्धारित गरेर अनशनलाई अघि बडाउने पनि स्पष्टिकरण दिएका छन्। ‘आमरण अनशन एउटा निर्णायक हतियार हो। यस हतियारलाई सही समयमा सही ठाउँमा फ्याँक्नेछौँ’ कल्याण देवानले अझ भने।
0 Response to "निर्धारित आमरण अनशन भयो स्थगित आन्दोलनलाई राष्ट्रव्यापी रूप दिन अन्शन स्थगित गरेका हौँ – कल्याण देवान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.