-->
जुलुस, तोडफोड र राजीनामासँगै बड्दैछ गोर्खाल्याण्डको आन्दोलन

जुलुस, तोडफोड र राजीनामासँगै बड्दैछ गोर्खाल्याण्डको आन्दोलन

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १२ जुलाई। छात्तिमा ‘वी वान्ट गोर्खाल्याण्ड’ लेखेर आज कालेबुङको सडकमा चालकवर्ग ओर्लिएका थिए। अनिश्चितकालिन बन्दको 28औँ दिन कालेबुङ शहरमा चालकवर्गले गोर्खाल्याण्ड गठनको मागमा जुलुस निकालेका हुन्। चालक महासंघको आयोजनामा सम्पन्न भएको उक्त जुलुसमा कालेबुङका विभिन्न चालक सङ्गठनका सदस्यवर्गको उपस्थिति रहेको थियो। मोटर स्ट्याण्डबाट सुरु भएको उक्त जुलुस डम्बर चौकमा आइपुगेपछि डम्बरचौकबाट सम्पूर्ण जनता पनि जुलुसमा सामेल बनेका थिए। जुलुसले कालेबुङ शहर परिक्रमा गरिसकेपछि डम्बर चौकमा आइपुगेर पथसभामा परिणत भएको थियो।
‘हामी चालक छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति पछि हट्नेछैनौँ। पुलिसको गोलिले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दबाउन सक्दैन’ पथसभालाई सम्बोधन गर्दै चालक वाङ्गेल भोटियाले भने। ‘यो आन्दोलन बिसाउने आन्दोलन होइन। पुलिसले मनपरी गोली चलाउँदैछ यस्तो कार्य सहन गर्दैनौँ’ उनले अझ भने। यसक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले आज आफ्नो सत्तालाई जोगाउने राजनीति गर्दै बङ्गालमा हिन्दु मुस्लिमको दङ्गा फैलाउने कार्य गरेको पनि आरोप लगाए।
‘हामीलाई राजनीति गर्नु छैन। तर गोर्खाल्याण्डको निम्ति केही पनि गर्न पछि हट्दैनौँ’ उनले भने। मुख्यमन्त्री ममता ब्यानर्जीले विकास बोर्डहरू गठन गरेर विकास कार्य गरेको देखाउँन खोजे पनि वास्तवमा विकास बोर्डहरूबाट पाँच प्रतिशत कमिशन खाने कार्य गरेको आरोप पनि उनले लगाए।
पश्चिम बङ्गालका वास्तविक बासिन्दाहरू छुट्टै राज्य गोर्खाल्याण्डका विरोधीहरू नरहेको बताउँदै बङ्गालदेशबाट अनुप्रवेश गर्नेहरूनै वास्तवमा गोर्खाल्याण्डको विरोधीहरू रहेको चालक वाङ्गेल भोटियाले बताए। यसक्रममा केन्द्र सरकारलले पनि छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नुपर्ने माग गर्दै गोर्खाल्याण्ड गठन भएपछि यस राज्यलाई देशकै नमुना राज्यको रूपमा बिकसित गर्ने उनले अझ बताएका थिए।
यता अनिश्चितकालिन बन्दको 28औँ दिन कालेबुङमा पश्चिम बङ्गाल लिम्बु विकास बोर्डको कार्यालय तोडफोड गरिएको छ। उक्त तोडफोडको घट्ना कतिबेला भएको हो भन्ने निश्चित नभए पनि घट्नाबारे भने बिहान मात्र थाह लागेको थियो। कालेबुङ डम्बर चौक स्थित प्यालाडियम भवनमा अवस्थित लिम्बु विकास बोर्डको कार्यलयमा अज्ञात मानिसहरूले गेटमा लगाएको ताला तोडेर कार्यालयको दैलो फुटाएर भित्रका सामाग्रीहरू तोडफोड गरेको छ।
अर्कोतर्फ पश्चिम बङ्गाल राई विकास बोर्डका कार्यकारी सदस्य मेघराज राईले आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका छन्। वर्तमान पहाडमा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई समर्थन गर्दै आफुले पश्चिम बङ्गाल राई विकास बोर्डका कार्यकारी सदस्यपदबाट राजीनामा दिएको जानकारी दिएका छन्।

Related Posts

0 Response to "जुलुस, तोडफोड र राजीनामासँगै बड्दैछ गोर्खाल्याण्डको आन्दोलन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.