सिक्किमा ईन्धनको समस्याले चाँढै बिकराल रूप लिने
डी.के. वाइबा, कालिमन्युज, ३० जुन। ईन्धन (पेट्रोल, डिजलको) को अभावमा छिमेकी राज्य सिक्किम केहि दिनभित्रमा नै अचल हुने सम्भावना बढेको छ। प्रगतिशिल ट्याङ्कर ड्राइभर एसोसिएसनले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई सहयोग गर्दै गत 22 जुनदेखि सिक्किम राज्यमा वितरण हुने ईन्धन (पेट्रोल, डिजल) बोक्ने कार्य बन्द गरेको छ। जसको कारण सिक्किम राज्यमा ईन्धन आपुर्ति कार्य बन्द भएको आजसम्म 9 दिन पुरा भएको छ।
सिक्किम राज्यमा आपुर्तिका निम्ति ईन्धन बोक्ने चालकहरूको सङ्गठन प्रगतिशिल ट्याङ्कर ड्राइभर एसोसिएसनले गोर्खाल्याण्डको मुद्दालाई समर्थन गर्दै सम्पूर्ण ईन्धन बोक्ने कार्य नै बन्द गरेपछि सिक्किम राज्यमा ईन्धको समस्या विकट बन्दै गएको छ।
‘ईन्धनको अभाव दिनदिनै सिक्किममा विकट बन्दै गइरहेको छ। सिलगडीबाट ईन्धन आपुर्तिका निम्ति नआएपछि राज्यभरीनै सङ्कटको अवस्था बन्दै गइरहेको छ। यदि आगामी तीनदिनभित्रमा सिक्किममा ईन्धन आपुर्तिका निम्ति सिलगडीबाट नआए सिक्किम राज्य पूर्णरूपले अचल बन्ने सम्भावना रहेको छ’ ईन्डियन ओयल कर्पोरेसनका उच्च पदस्थ अधिकारीले नाउँ उल्लेख नगर्ने सर्तमा भने।
अहिलेघरी सिक्किम राज्यमा बचतमा राखिएको ईन्धनलाई प्रयोगमा ल्याउने कार्य भए पनि उक्त बचत ईन्धनले धेरै समय थेग्न नसक्ने पनि उनले बताएका छन्। ‘बचतमा राखिएको ईन्धनले सम्पूर्ण राज्यमा आपुर्ति गर्नु सम्भव छैन। यदि वाहनहरूले ईन्धन ल्याउन नसके हामी सिक्किम राज्यभरीमा ईन्धन आपुर्ति गर्न असमर्थ बन्नेछौँ’ अधिकारीले अझ भने।
यता ईन्धनको अभाव सिक्किममा आम नागरिकलाई मात्र नभएर चाँडै राज्यभरीका सेना अनि केन्द्रिय बाहिनीहरूलाई पनि पर्ने थाह लागेको छ। राज्यभरी सेना अनि केन्द्रिय बाहिनीहरूलाई आपुर्तिका निम्ति पनि ईंडियन ओएल कर्पोरेसनले बचतमा राखेको ईन्धन समाप्त भए आपुर्तिका निम्ति उपलब्ध गराउन नसक्ने थाह लागेको छ। यद्यपी यसबारे सेना बाहिनीबाट भने ईन्धनको समस्याबारे के कस्तो तयारी छ भन्ने कुनै निश्चित जानकारी प्राप्त हुन सकेन।
यता सिक्किम राज्यभरी चाँढै ईन्धनको समस्या हुने कुरामा सिक्किम सरकारले कडा नजर बनाएर राखेको सिक्किम सरकार खाद्य विभागका उच्च अधिकारीले बताएका छन्। ‘ईन्धनको समस्यालाई हामीले कडा नजर बनाएर हेरेका छौँ। अहिलेलाई बचत ईन्धनले राज्यमा आपुर्ति हुने कार्य चलिरहेको छ। यदि हामीले सिलगडीबाट ईन्धन राज्यमा प्राप्त गर्न नसके राज्यमा ठुलै सङ्कट हुने सम्भावना छ’ अधिकारीले नाउँ नबताउने सर्तमा भने।
अर्कोतर्फ आजदेखि सिक्किम राज्यमा खाद्य सामग्री बोक्ने ट्रकहरूले पनि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई समर्थन गर्दै अनि सिलगडीमा सिक्किमगामी ट्रकहरूमाथि भएको हमलाको विरोध गर्दै ट्रकहरूको चलाचल बन्द गरेको छ। ‘सिक्किमका मुख्यमन्त्रीले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई समर्थन गर्दा सिलगडीमा सिक्किमगामी वाहनहरूलाई जसरी हमला गर्दैछ त्यसको हामी घोर विरोध गर्दछौँ। संवैधानिक अधिकारको माग गर्दा चालकहरूलाई हमला गर्नु निन्दनीय हो। यस्तो घट्नामा संलग्न व्यक्तिहरूलाई झट्टै प्रशासनले पक्राऊ गरेर चालकहरूको सुरक्षाको जिम्मा लिनुपर्छ। हामी गोर्खाल्याण्डको मागलाई समर्थन गर्दै अनि सिक्किमगामी चालकहरूको सुरक्षाको माग गर्दै सम्पूर्ण टृकहरू अनिश्चितकालिन बन्द गरेका हौँ’ हिमालयन राजमार्ग चालक सङ्गठनका सचिव उत्तम राईले भने।
यसक्रममा उनले आफुहरूले सिक्किमलाई असुविधा बनाउँनका निम्ति ट्रकहरूको चलाचल बन्द नगरेको पनि स्पष्टिकरण दिएका छन्।
‘सिलगडीदेखि सिक्किमगामी वाहनका चालकहरूको पक्षमा हिमालय राजमार्ग चालक सङ्गठन खडा भएको छ। उनीहरूमाथी अन्याय हामी सहन गर्नेछैनौँ। हाम्रो उद्देश्य सिक्किमलाई समस्या पार्नु होइन तर सिक्किमगामी चालकहरूको सुरक्षा अनि गोर्खाल्याण्डको पक्षमा हो’ उत्तम राईले अझ भने। यसक्रममा आफुहरूले सिक्किममा दैनन्दिन प्रयोगमा आउने सामग्री बोक्ने ट्रकहरूको चलाचल पनि बन्द हुने उनले बताएका छन्।
सोहिक्रममा दार्जीलिङ गोर्खा हिल ट्रक ओनर एसोसिएसनले पनि ट्रक चालकहरूको बन्दलाई समर्थन जनाएको छ। ‘चालकहरूको सुरक्षा पहिलो प्राथमिकता हो। सिलगडीमा चालकहरूलाई हमला गर्नु निन्दनीय हो। यस्तो घट्नाको हामी विरोध गर्दै प्रशासनले सुरक्षाको जिम्मेवारी लिनुपर्ने माग गर्छौँ’ दार्जीलिङ गोर्खा हिल ट्रक ओनर एसोसिएसनका अध्यक्ष मदन छेत्रीले भने। उनले पनि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई पूर्ण समर्थन गरेको बताउँदै चालकहरूले डाकेको बन्दलाई समर्थन रहेको स्पष्ट पारेका छन्।
0 Response to "सिक्किमा ईन्धनको समस्याले चाँढै बिकराल रूप लिने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.