
अनिश्चितकालिन बन्दको 21औँ दिन कालेबुङ बन्यो रणभुमी
डी के वाइबा, कालिमन्युज, कालेबुङ ५ जुलाई। अनिश्चितकालिन बन्दको 21औँ दिन कालेबुङ शहर रणक्षेत्रमा परिणत भएको छ। गोर्खा जनमुक्ति युवा मोर्चाले निकालेको जुलुस अवधी कालेबुङ शहर रणभुमिमा परिणत भएको हो।
छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै कालेबुङ शहरमा सदा झैँ आज पनि जुलुस निस्केपछि उक्त जुलुस 10 माइल फाटक हुँदै शहर परिक्रमा गर्ने क्रममा तृणमूल कङ्ग्रेस पार्टी कार्यालयको बिल्डिङमा आगो लगाएपछि तनाव सिर्जना भएको हो। जुलुसको क्रममा अचानक केहि मानिसहरूले तृणमूल कङ्ग्रेसको पार्टी कार्यालय रहेको बिल्डिङमा आगो लगाएका थिए।
गोजमुमोको एउटा सुत्र अनुसार तृणमूल काङ्ग्रेस कार्यालय भएको बिल्डिङ्बाट अचानक जुलुसलाई लक्ष्य गरेर ढुंगा हानिएपछि जुलुसमा भागारेभाग भयो भने जुलुस आक्रोशित पनि बन्यो यसैपछि अन्य घटना दुर्घटना प्रारम्भ भएको हो।
गोजमुमोको एउटा सुत्र अनुसार तृणमूल काङ्ग्रेस कार्यालय भएको बिल्डिङ्बाट अचानक जुलुसलाई लक्ष्य गरेर ढुंगा हानिएपछि जुलुसमा भागारेभाग भयो भने जुलुस आक्रोशित पनि बन्यो यसैपछि अन्य घटना दुर्घटना प्रारम्भ भएको हो।
उक्त बिल्डिङको चौथो तल्लामा तृणमूल कङ्ग्रेसको पार्टी कार्यालय रहेको छ भने मानिसहरूले सडकसँग टाँसिएको उक्त बिल्डिङको एउटा ‘वाइन सप’ अनि एउटा वाई-वाई आदि राख्ने भण्डारमा आगो लगाएका थिए। अचानक जुलुसको क्रममा आगो लागेपछि अघिबाटै तृणमूल कार्यालयको सुरक्षार्थ खटेका पुलिस कर्मीहरूले भीडलाई त्यस क्षेत्रबाट पन्साएर आगोलाई नियन्त्रणमा ल्याउने कार्य सुरु गरेका थिए। यसक्रममा पुलिसले त्यस बाटो भएर जुलुसलाई हिँड्न समेत दिएको थिएन।
आगलागी पछि पुलिस अनि स्थानीय मानिसहरूको सहयोगमा तत्कालै आगोलाई नियन्त्रणमा ल्याउने कार्य चलिरहेको अवस्थामा पुन: केहि मानिसहरूले पुलिस कर्मीहरूलाई ढुङ्गा बर्साउन थालेपछि स्थिति बिग्रन पुगेको हो। आगलागीको घट्नासँगै पुलिसमाथि ढुङ्गा बर्साउन थालेपछि पुलिसकर्मीले पनि भिडलाई पन्साउनका निम्ति हवाई फायरसँगै अश्रु ग्यास छोड्न परेको थियो। यसका साथै पुलिसले स्थितिलाई नियन्त्रणमा ल्याउनका निम्ति रबर बुलेट समेत चलाउन परेको थियो। जसको कारण तीनजना गोजमुमो समर्थक घाइते बनेका छन्। उनीहरूलाई रबर बुलेटले लागेको थाह लागेको छ भने घाइतेहरू तीनै जनलाई उपचारको निम्ति कालेबुङबाट बाहिर लगेको थाह लागेको छ।
पुलिसले अश्रुग्यास फ्याँक्नका साथै रबर बुलेटद्वारा भीडलाई नियन्त्रण गर्ने कार्य गरेपछि मानिसहरू अझ आक्रोशित बनेका थिए। जसको कारण तानाव अझ बढेको थियो। आगलागीको कारण उक्त बिल्डिङको वाइन सप अनि वाई-वाईको भण्डार जलेर व्यापकरूपले नष्ट भएको छ।
अचानक 10 माइलमा उक्त तनाव सिर्जना भएकै अवस्थामा यता कालेबुङ मोटर स्ट्याण्डमा रहेको एन.बी.एस.टी.सी कार्यालयमा अज्ञात व्यक्तिहरुले आगो लगाउने कार्य गरेको थियो जसको कारण उक्त कार्यालय जलेर नष्ट भएको छ। आगलागीको घट्ना थाह पाउन साथै घट्ना स्थलमा अग्निसमन विभागको दुईवटा दमकल आएर आगोलाई नियन्त्रणमा ल्याउने कार्य गरेको थियो भने आगोलाई नियन्त्रणमा ल्याउँदा समेत कार्यालय जलेर नष्ट भएको छ।
उक्त घट्नापछि व्यापक रूपले पुलिस प्रशासन मोटर स्ट्याण्डमा भेला भएका थिए भने सोहि क्रममा पुन: मानिसहरूको भीड गोर्खाल्याण्डको नारबाजी गर्दै डम्बर चौकमा भेला भएका थिए। सोहिक्रममा एकजना पुलिस कर्मीलाई आफ्नो ज्यान बचाउनलाई भाग्दै भीडमा आइपुगेपछि मानिसहरूले उक्त पुलिसकर्मीलाई सकुशल उद्धार गरेर सुरक्षित निकाल्ने कार्य गरेका थिए। जसको कारण उक्त पुलिस कर्मी सकुशल थाना पुग्न सकेका थिए।
यता पुलिसले चलाएको गोलिलाई गोजमुमो केन्द्रिय समिति सदस्य अवकास प्राप्त कर्णल रमेश आलेले रबर बुलेट नरहेको दाबी गरेका छन्। ‘मेरो अनुभवको आधारमा 7.65 सेल्फ लोडिङ राईफलबाट निस्केको त्यो बुलेट रबर बुलेट होइन। यो नितान्त लाइभ बुलेट पुलिसले चलाएको छ’ रमेश आलेले भने। यसक्रममा उनले पुलिसले चलाएको बुलेट पनि पत्रकारहरूलाई देखाएका थिए।
0 Response to "अनिश्चितकालिन बन्दको 21औँ दिन कालेबुङ बन्यो रणभुमी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.