
अनिश्चितकालिन बन्द जारी रहने, 18 जुलाई पुन: वैठक
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 6 जुलाई 2017। गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिको पेदोङ्मा बसेको पहिलो वैठकले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउँनका निम्ति पहाडका सम्पूर्ण बिकास बोर्ड लगायत सिलगडी तराई डुवर्स नेपाली डेभलभमेन्ट बोर्डहरूका अध्यक्ष, उपाध्यक्ष अनि कार्यकारी सदस्यहरूलाई राजीना दिने अपिल गरेको छ।
‘छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउँदै पश्चिम बङ्गाल सरकारद्वारा गठन गरेका पहाडका सम्पूर्ण बिकास बोर्ड लगायत सिलगडी तराई डुवर्स नेपाली डेभलभमेन्ट बोर्डहरूका अध्यक्ष, उपाध्यक्ष अनि मेम्बर सेक्रेटेरीहरूलाई राजीनामा दिएर घर फर्कने अपिल गर्दछौँ। उनीहरूलाई राजीना दिने अपिल गर्दै गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले अपिल पत्र पनि पठाउनेछ’ बिनय तामङले बैठक पछि पत्रकारहरूलाई सम्बोधन गर्दै भने।
गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले आन्दोलनलाई अघि बढाउँदै अनिश्चितकालिन बन्दलाई जारी राख्ने निर्णय पनि गरेको छ। यसका साथै आन्दोलनलाई अघि बडाउँन को-अर्डिनेसन कमिटिको थप तीनवटा उप समितिहरू पनि गठन गरेको छ।
‘गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिमा सामेल भएका सम्पूर्ण राजनैतिक अनि अराजनैतिक दलका प्रतिनिधीवर्गले अनिश्चितकालिन बन्दलाई जारी राख्ने निर्णय लिएको छ। वैठकमा तीनवटा उपसमितिहरू क्रमैले लिगल सेल, हयुमन राइट्स सेल अनि डेटा एन्ड रिसर्च सेल पनि गठन गरेको छ’ बिनय तामङले अझ भने।
को-अर्डिनेसन कमिटिको वैठकमा गठन गरिएको उप समितिहरूमा क्रमैले डेटा रिसर्च सेलका संयोजक आर मोक्तान, हयुमन राइटस सेलका संयोजक अरुण घतानी अनि लिगल सेलका डी.के प्रधान, निरज जिम्बा, प्रभाकर देवान, तिलकचन्द रोका लाई चयन गरिएको छ भनि बिनय तामङले जानकारी दिएका छन्।
‘आन्दोलनलाई अघि बडाउनका निम्ति गठन गरिएका तीनवटा समितिहरूले यस बन्द अवधीहरू कार्य गरेर आगामी हुने वैठकमा रिपोर्ट बुझाउनेछ। को अर्डिनेसन कमिटिको दोस्रो वैठक आगामी 18 जुलाईको सम्पन्न हुने पनि आजको वैठकले तय गरेको छ’ बिनय तामङले भने।
यता पहाडमा चलिरहेको अनिश्चितकालिन वैठक अवधी सिक्किमगामी मालबाहक वाहनहरूलाई पुलिसले रोक्ने कार्य गरेको घट्नालाई पनि गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले भर्त्सना जनाएको छ।
‘सिलगडी, डुवर्स लगायत आदि क्षेत्रबाट सिक्किम राज्य अनि पहाडमा आउने सम्पूर्ण आवश्यकीय सामाग्रीहरूले पुलिस प्रशासनले रोक्ने कार्य गरेको छ। जसको हामी जोडदार विरोध गर्दछौँ। यो अत्यन्तै अमानवीय कार्य हो अनि यस्तो अमानवीय कार्यको जोडदार विरोध गर्दै गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले आगामी दिनमा यसबारे कार्य गर्नेछ’ बिनय तामङले अझ भने।
यसका साथै कालेबुङमा भएको हिंसात्मक घट्नाको पनि को-अर्डिनेसन कमिटिले भत्सर्ना जनाएको छ। ‘कालेबुङमा हिजो जुन घट्ना भयो त्यस घट्नामा पुलिसले जुलुसमा हिँडेका मानिसहरूलाई आक्रोसित पार्ने कार्य गरेको हो। एकजना चालकलाई पुलिसले बिनाकारण लाठी चार्ज गरेपछि कालेबुङमा हिँसा भड्केको छ। पुलिसको गरेको यस्तो कार्यको हामी विरोध गर्दछौँ’ तामङले अझ भने।
यता छुट्टै राज्य गोर्खाल्याण्डको मागमा नेपालको सिमाना मेची नदीदेखि सुनकोस नदीसम्मको भु-भागलाई लिएर अंतर्भुक्त गर्न पर्ने पनि बिनय तामङले बताएका छन्।
‘छुट्टै राज्य गोर्खाल्याण्डको माग नेपालको सिमाना मेची नदीदेखि सुनकोस नदीसम्मको भु-भागलाई लिएर गर्नेछौँ। अब छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउँनका निम्ति जीएमसीसीले तराई डुवर्समा पनि कार्यक्रम गर्नेछ’ तामङले भने।
यसक्रममा केन्द्र सरकारले वार्ताको निम्ति नबोलाए सम्म प्रतिनिधी दिल्ली नजाने पनि उनले स्पष्टिकरण दिएका छन्।
यता बैठक पछि गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिका संयोजक कल्याण देवानले सिलगडी, डुवर्स लगायत जलपाईगडी क्षेत्रमा सिक्किमगामी मालवाहक वाहनहरूलाई रोक्ने कार्यको जोडदार विरोध गर्दै उक्त कार्य मानव अधिकारको हनन् रहेको दाबी गरेका छन्। ‘पुलिसले पहाड अनि सिक्किम राज्यमा आउने दवाई लगायत आवश्यकीय सामाग्रीहरू रोक्ने कार्य अत्यन्तै अमानवीय हो। यस्तो कार्यको गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि घोर विरोध गर्दछ’ कल्याण देवानले भने।
0 Response to "अनिश्चितकालिन बन्द जारी रहने, 18 जुलाई पुन: वैठक"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.