-->
दिल्लीमा गोर्खाहरुले लगातार गरे धरना जुलुस

दिल्लीमा गोर्खाहरुले लगातार गरे धरना जुलुस

राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 18 जुलाई । दिल्ली र वरीपरी बसोबासो गर्ने गोर्खाहरुले आज भारतको राजधानी दिल्लीमा एक विरोध प्रदर्शन गरे। गोर्खाहरुको मागलाई दवाउने राज्य सरकारको पुलिसबलको कुप्रयास र हत्याको विरोध जनाउदै जंतर मंतरमा विभिन्न राजनैतिक पार्टीका समर्थकहरुले आआफ्ना झण्डा लिएर धरनासंगै विरोध प्रदर्शन गरे। 
यस अवसरमा पहाड़देखि गोरानिमो पार्टीका अध्यक्ष दावा पाखरिऩ, हिन्दु महासभाको कार्यकारी अध्यक्ष हर्क बहादुर छेत्री,अध्यक्ष योगि ब्र्ह्मह्रिशी, डाक्टर सन्तोस राई अनि दिल्लीदेखी गोर्खा नेत्री निसा लामा धरनामा उपस्थित थिए। यस अवसरमा गोरानिमोका दावा पाखरिनले भने आजको समयमा बारम्बार गोर्खा जातीलाई विभिन्न राजनैतिक पार्टीहरुले बिदेशीको लाण्क्षणा लगाइरहेको छ जसको हामी घोर विरोध जनाउछौ। बंगालका मुख्य मंत्री ममता ब्यानर्जीले पुलिसबल लगाएर गोर्खा जातिलाई गोलि ठोकेर मारेको छ यस प्रकारको दमन निति अब हामी सहन गर्न सक्तैनौ भने। 
अलग राज्य गोर्खाल्याण्डको माग गर्दै संसद भवनसम्म पैदल यात्रा गर्न दिल्लीमा बस्ने पहाड, तराई एवं डुवर्सका गोर्खाहरु हजारौको संख्यामा भेला भएका थिए । हिन्दु महासभाको सहभागि भएका हर्क बहादुर छेत्रीले भने ममता सरकारले गोर्खाहरुको मागलाई दवाउने जुन प्रयास गरिरहेको छ त्यसको हामी कडा शब्दमा विरोध जनाउछौ। गोर्खाहरुको मागको निम्ति दिल्लीमा अब हिन्दु महासभाले पनि आन्दोलन गर्नेछ । केन्द्रमा रहेको सरकारले गोर्खाहरुको मागको बारेमा सोच्नु पर्छ अनि पहाड् डुवर्स तराई मिलाएर वृहत गोर्खाल्याण्ड राज्य गठन गर्न पर्छ भनि तिनले थप बताए । 
यस अवसरमा लोपसांग लामा, लाक्पा शेर्पा, किरण बि के, टेकलाल श्रेष्ठ, यूधिष्टिर शाहा, मोनिका लिम्बूनि आदि नारी मोर्चा अनि दिल्लीको यूवाहरुले विभिन्न पार्टीको झण्डा लिएर आज धरनामा भाग लिए। 
धरना पछि जुलुसले संसद् चलो र्यालि निकालेर संसद भवन तर्फ लाग्दा पुलिसले बाटैमा ब्यारिकेट लगाएर र्यालिलाई रोक्ने प्रयास गरेको थियो तर ब्यारिकेट तोडेर अघि बड्न सफल भएपनि फेरि पुलिसले बिचबाटैमा पुन रोकेर अघि बड्न दिएन। यसो हुदा जुलुस बीच बाटोमा नै बस्दा जन्तर मंतर रोडमा आवत जावतमा वाधा ल्यायो। जुलुसले सरकारको बिरोधमा नारा लगाउदै सरकारले गोर्खामाथी भएको अन्यायमा न्याय् दिलाउनू पर्ने माग गर्यो ।

0 Response to "दिल्लीमा गोर्खाहरुले लगातार गरे धरना जुलुस"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.