गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउन ‘गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि’ गठन आन्दोलनको रूपरेखा को-अर्डिनेसन कमिटिले तयार गर्नेछ – बिनय तामङ
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २९ जुन। कालेबुङमा बसेको तेस्रो सर्वदलिय वैठकले अनिश्चितकालिन बन्दलाई जारी राख्ने निर्णय लिएको छ। प्राय: साँढे पाँच घण्टा लामो चलेको सर्वदलिय वैठकमा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउँनका निम्ति ‘गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि’ पनि गठन गरिएको छ। उक्त गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिको पहिलो सभा आगामी 6 जुलाईको दिन सम्पन्न हुने पनि आजको सर्वदलिय वैठकले तय गरेको छ।
‘साँढे पाँच घण्टा लामो चलेको वैठकले अनिश्चितकालिन बन्दलाई यथावत राख्ने सर्वसहमतिले निर्णय लिएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउँनका निम्ति ‘गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि पनि आजको वैठकमा गठन गरिएको छ। को-अर्डिनेसन कमिटिको पहिलो वैठक आगमी 6 जुनको दिन सम्पन्न हुनेछ’ वैठक पछि पत्रकारहरूलाई सम्बोधन गर्दै गोजमुमो सहसचिव बिनय तामङले भने। 

यसक्रममा गोर्खाल्याण्ड मुभमेंट को-अर्डिनेसन कमिटिको संयोजकका रुपमा गोजमुमो उपाध्यक्ष कल्याण देवान अनि सह संयोजक दार्जीलिङ नगरपालिका अध्यक्ष डी.के प्रधानलाई सर्वसहमतिले चयन गरेको पनि बिनय तामङले अझ जानकारी दिएका छन्। ‘हामीले जनभावनालाई कदर गरेर नै सर्वदलिय वैठकमा निर्णय लिएका छौँ। जनताको चाहना गोर्खाल्याण्डलाई प्राप्त गर्नका निम्ति आगामी दिनमा गोर्खाल्याण्ड आन्दोलनको सम्पूर्ण कार्यनीति गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले बनाउँने पनि वैठकले तय गरेको छ’ बिनय तामङले अझ भने। उनले सर्वदलिय वैठकमा गठन भएको गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिमा 13 वटा राजनैतिक अनि अराजनैतिक सङ्गठनका 26 जना सदस्य लगायत दुई-दुईजना तराई अनि डुवर्सबाट प्रतिनिधी सामेल गरेर कमिटिमा मोठ 30 जना सदस्य रहने पनि बिनय तामङले जानकारी दिएका छन्।
वैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा सर्वदलिय वैठकले जीटीएलाई पनि पूर्णरूपले खारेज गरेको अनि अब एकमात्र छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउन गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले कार्यक्रम तय गर्ने तामङले अझ बताएका छन्।
‘गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउँनका निम्ति यदि परिस्थितिले मागेको खण्डमा अल पार्टीका नेतृत्ववर्गले आमरण अनशन समेत गर्ने वैठकमा तय गरिएको छ’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पी. अर्जुनले भने। यसक्रममा सरकारले अहिलेघरी पहाडमा इन्टरनेट बन्द गरेको कुरालाई पनि सर्वदलिय वैठकले खारेज गरेको पी. अर्जुनले बताए। यसक्रममा उनले जीटीए प्रमुख विमल गुरुङको राजीनामा पत्रलाई पनि सरकारले स्वीकार गरेको स्पष्ट पारेका छन्।
‘पहाडमा इन्टरनेट बन्द गर्नु अप्रजातान्त्रिक अनि अमानविय कार्य हो। सरकारको यस्तो कार्यको हामी घोर विरोध गर्दछौँ। यो जनविरोधी कार्य हो भन्ने हामी ठान्दछौँ। सरकारको यस्तो अमानवीय कार्यको विरोधमा हामी सम्पूर्ण मानव अधिकार सङ्गठन, सम्पूर्ण सरकारी तन्त्रमा जानकारी गराउने कार्य गर्नेछौँ’ भारतीय गोर्खा परिसंघका कार्यकारी अध्यक्ष मुनिष तामङले भने। सरकारले यस्तो अप्रजातान्त्रिक इन्टरनेट बन्दलाई यथाशिघ्र रद्द गर्नुपर्ने पनि माग गरेका छन्। यसक्रममा आगामी 6 जुलाई दिन पहिलो गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिको वैठकपछि सम्पूर्ण कार्यक्रमहरू तयार पारेर आन्दोलनलाई अघि बढाउँने कार्य गर्ने पनि मुनिष तामङले बताएका छन्।
आजको सर्वदलिय वैठकमा गोर्खा जनमुक्ति मोर्चा, जन आन्दोलन पार्टी, क्रामाकपा, गोरानिमो, गोरामुमो, भाजपा, हिल कङ्ग्रेस, युनाइटेड गोर्खा रिभ्युलेसनेरी फ्रन्ट, गोर्खालिग, भागोप, डीडीयुडीएफ, कालेबुङ कृषक कल्याण संगठन, भुतपूर्व सैनिक मोर्चा, सिटिजन फोरम, भोइस अफ् गोर्खा युथ, गोर्खा भारती बिचार मञ्च आदिका प्रतिनिधीवर्ग उपस्थित रहेका थिए।
सर्वदलिय वैठक सुरु भएपछि यता वैठक स्थलको बाहिर भने विभिन्न राजनैतिक दल, अराजनैतिक सङ्गठनका कार्यकर्ताहरूले छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा जोडदार नाराबाजी लगाउने कार्य गरेका थिए।
मुख्य घोषणाहरू
· अनिश्चितकालिन बन्द जारी रहने
· गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि गठन
· 6 जुलाई को-अर्डिनेसन कमिटीको पहिलो वैठक हुने
· आवश्यक परे सबै दलका नेतृत्ववर्गले आमरण अनशन गर्ने

0 Response to "गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउन ‘गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि’ गठन आन्दोलनको रूपरेखा को-अर्डिनेसन कमिटिले तयार गर्नेछ – बिनय तामङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.