-->
जीटीएको च्याप्टर क्लोज हो, अल पार्टी होइन – विमल गुरुङ

जीटीएको च्याप्टर क्लोज हो, अल पार्टी होइन – विमल गुरुङ

दैनन्दिनी समाचार, कालेबुङ २३ जुन। ‘बिहिबार अल पार्टी च्याप्टर क्लोज' भनेर दिएका भाइरल वक्तव्यलाई गोजमुमो अध्यक्ष विमल गुरुङले सुधारेका छन्। 
छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउँदै हरेक तप्काका मानिसहरू अघि आउनका साथै गोर्खाल्याण्डकै मुद्दाको निम्ति समेत एक बन्न नसक्ने पहाडका राजनैतिक दलहरू यसपल्ट आन्दोलनलाई सामुहिक नेतृत्वको माध्यमबाट अघि बढाउँनलाई राजी बनेर प्रारम्भिक कार्य बनिरहेको अवस्थामा मोर्चा अध्यक्ष विमल गुरुङ आफैले बिहिबार पातलेबाँसबाट अल पार्टी च्याप्टर क्लोज भनि बयान दिएपछि मानिसहरू व्यापक रूपले असन्तुष्ट बनेका छन्। 
आन्दोलनमा हिँडेका आम जनताहरू मात्र नभएर गोजमुमो पार्टी कार्यकर्ताहरू पनि मोर्चा अध्यक्ष विमल गुरुङको बयानले आज व्यापकरूपले असन्तुष्ट बनेका देखियो। अल पार्टी च्याप्टर क्लोज भनि बिहिबार गुरुङको बयान सोसियल मिडिया फेसबुकमा आएपछि अधिकांश मानिसहरूले नै नकारात्मक टिप्पणी गरेका छन्। 
गुरुङको बयानलाई लिएर व्यापक रूपले मानिसहरूमा असन्तुष्टि छाएपछि आज पुन: विमल गुरुङले आफ्नो बयानमा सुधार गरेका छन्। उनले जीटीएका सम्पूर्ण सभासदहरूले राजीनामा दिएपछि आफ्नो पूर्व बयानलाई सुधार्दै भने कि 'अब उसो जीटीएको च्याप्टर क्लोज भन्न खोजेको हो तर अल पार्टी च्याप्टर क्लोज भनेको होइन' । ‘जीटीएबाट् सभासदहरूले राजीनामा दिएपछि जीटीए समाप्त हुनेनैछ। सबै राजनैतिक दलले जीटीए त्याग्नुपर्छ भनेपछि उनीहरूको मागलाई स्वीकार गर्दै एकमात्र लक्ष्य गोर्खाल्याण्डको निम्ति जीटीए त्याग गरिरहेका छौँ। 
अब केवल जीटीएको च्याप्टर क्लोज हुनेछ, अल पार्टी भने यथावत रहनेछ’ विमल गुरुङले भने। यसक्रममा उनले आगामी 27 जुनका दिन जीटीएको खेस्रा सबै ठाउँहरूमा जलाएर जीटीए समाप्त भएको सरकारलाई बताउने भएको पनि जानकारी दिएका छन्। ‘आन्दोलनलाई अघि बढाउँन अल पार्टी मिटिङ आगामी 29 जुनको दिन सम्पन्न हुनेछ। आशा छ गोर्खाल्याण्डलाई प्राप्त गर्न सबैको सहयोग मिल्नेछ’ विमल गुरुङले अझ भने।

0 Response to "जीटीएको च्याप्टर क्लोज हो, अल पार्टी होइन – विमल गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.