-->
विकास वोर्डका सदस्यहरूले दिन थाले पदबाट राजीनामा

विकास वोर्डका सदस्यहरूले दिन थाले पदबाट राजीनामा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 जुन 2017। गोर्खाल्याण्ड आन्दोलन ‘जनआन्दोलन’ मा परिणत बनेर सम्पूर्ण राजनैतिक दलहरू एउटै मञ्चमा आउने कार्य भएपछि राज्य सरकारद्वारा गठित विभिन्न जातिय संस्कृति विकाश बोर्डका सदस्यहरूले राजीनामा दिन सुरु गरेका छन्। यसक्रममा आज गुरूङ सांस्कतिक एवं विकास बोर्डका कोषाध्यक्ष नवराज गुरूङले पदबाट राजिनामा दिएका छन्। उनले राजिनामा पत्र दार्जीलिङ जिल्ला शासकलाई बुझाएका छन्। 
नवराज गुरुङले आज एक पत्रकार सम्मेलन डाकेर नै आफुले आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका छन्। यसक्रममा उनले अझ 22 जनाको बोर्डमा 12 जना अन्य विभिन्न पदमा रहेका प्रतिनिधिहरूले पनि राजिनामा दिने भएको जानकारी दिएकाछन्। उनीहरूमा भीमप्रसाद गुरूङएनके गुरूङसीबी गुरुङहर्क गुरूङआदि प्रमुख रहेका नवराज गुरुङले दाबी गरेकाछन्।चेयरम्यान र भाइस चेयरम्यान राजनैतिकरूपले नियुक्त भएकाले उनीहरूले राजिनामाबारे आफै निर्णय गर्नेछन्हामी अधिकांशले चाँहि राजिनामा दिइरहेका छौँ’ नवराज गुरुङले भने।
अर्कोतिर खस सासंकृतिक एवं विकास बोर्डका कार्यकारी सदस्य विनय नेपाल अनि सदस्य सुदीप शर्माले आ-आफ्नो पदबाट राजिनामा दिएका छन्। गोर्खाल्याण्ड आन्दोलनको निम्ति समर्थन जनाउँदै बोर्डको सदस्यताबाट राजिनामा दिएको अनि अबोप्रान्त बङ्गालले दिएको कुनै पनि सम्झौतामा आफूहरू नबस्ने प्रतिबद्धता उनीहरूले जाहेर गरेका छन्। 
खस विकास बोर्डका सम्पूर्ण पदाधिकारीहरूले नै चाँडै नै आ-आफ्नो पदबाट राजिनामा दिएर पूर्ण रूपमा बोर्ड नै खारेज गर्ने तय गरिसकेको पनि उनीहरूले बताएका छन्। हामी सम्पूर्ण बोर्डका पदाधिकारीहरूबीच कुराकानी भइसकेको छ। आज हामीले पदबाट राजिनामा दिएका छौं भने अन्यहरू राजिनामा दिन तयार छन्। बन्दको कारण मिडियासमक्ष उनीहरू आउन नसके पनि यथाशीघ्र सबैले पदबाट राजिनामा दिएर बोर्ड नै खारेज गर्ने कुरामा हाम्रो सहमति बनिसकेको छ”- विनय नेपालले बताए। 
उनीहरूले पदबाट राजीनामा दिएको पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिँदै पहाडमा चलिरहेको वर्तमान आन्दोलन कुनै राजनैतिक दलको आन्दोलन नभएर सम्पूर्ण राजनैतिक दल एकमुष्ठ बनेर गरेको जनताको आन्दोलन रहेकाले आफूहरूले पनि जातीय भावनालाई कदर गर्दै पदबाट राजिनामा दिएर आन्दोलनलाई समर्थन जनाएको उनले बताएका छन्।
सोहिक्रममा पहाडीया अल्पसङ्ख्यक विकास वोर्डका सदस्य रमेश बसुरले पनि सदस्य पदबाट राजीनामा दिएका छन्। वर्तमान पहाडमा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई साथ दिँदै आफुले विकास वोर्डको सदस्य पदबाट राजीनामा दिएको रमेश बसुरले जानकारी दिएका छन्। विभिन्न 15 बोर्डका कार्यकारी अनि साधारण सदस्यहरुले राजीनामा दिए पनि चेयरम्यान अनि भाइस चेयरम्यान कुनै एकैजनाले पनि राजीनामा दिएका छैनन। आगामी 22 तारिख सिलगडीमा एक शांती बैठकको आयोजन गरेको छ । राज्य सरकारले उनीहरु लगायत सबै राजनैतिक पार्टिहरुलाई यस बैठकमा भाग लिन निम्तो गरेको छ।
यता टीएमसीबाट शिर्षस्थ पदाधिकारीहरु छिरीङ शेर्पा, के एन सुब्बा, गौलन लेप्चा, ढेंडुप भुटिया, म्याक्सिमस कलिकोटे, सी के कुमाई, रुपेन्द्र राई अनि अन्यहरुले आफ्नो पद अनि साधारण सदस्यताबाट राजीनामा दिइसकेका छन।

Related Posts

0 Response to "विकास वोर्डका सदस्यहरूले दिन थाले पदबाट राजीनामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.