-->
बन्दको तेस्रो दिन खुल्यो सरकारी कार्यालय

बन्दको तेस्रो दिन खुल्यो सरकारी कार्यालय

डी के वाइबा, कालिमन्युज, कालेबुङ 16 जुन। गोर्खा जनमुक्ति मोर्चाले डाकेको अनिश्चितकालिन सरकारी कार्यालय बन्दको आज तेस्रो दिन कालेबुङका अधिकांश सरकारी कार्यालयहरू खुल्ला रहेको थियो। मोर्चाले डाकेको बन्द अवधी सरकारी कार्यालयहरू खुल्ला रहेपनि कर्मचारीवर्गको उपस्थिति भने न्युन रहेको थियो। यद्यपी कालेबुङका जिल्लापाल डा. विश्वनाथले भने बन्दको अवधी सरकारी कार्यालयहरूमा 90 प्रतिशत भन्दा अधिक कर्मचारीवर्गको उपस्थिति रहेको दाबी गरेका छन्। 
यसक्रममा जिल्लापाल डा. विश्वनाथले कालेबुङ जिल्लाका सरकारी कार्यालयहरूमा 90 देखि 95 प्रतिशत खुल्ला रहेको दाबी गरेका छन्। ‘जिल्ला प्रशासनले सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कठोर बनाएको छ। आज कालेबुङमा अधिकांश कार्यालयहरू खुल्ला रहेका छन् भने कर्मचारीवर्ग 90 प्रतिशत भन्दा धेर आफ्ना कार्यमा उपस्थित बनेका छन्’ जिल्लापाल डा. विश्वानाथले भने। यसक्रममा उनले जनतालाई सुविधा दिनका सरकारी कार्यलयहरू खुल्ला राख्न आवश्यक रहेको भन्दै जनताले आफ्ना कामकाज कार्यलयमा आएर गर्नसक्ने बताएका छन्।
मोर्चाले डाकेको सरकारी कार्यालय बन्दको तेस्रो दिन यता कालेबुङका अधिकांश बैंकहरू भने पूर्णरूपले बन्द रहेको थियो भने पोष्ट अफिस पनि पूर्णरूपले बन्द रहेको थियो। बन्दलाई विफल पार्नका निम्ति प्रशासनले कालेबुङका सरकारी कार्यालयहरूमा व्यापक मात्रामा सुरक्षाकर्मीहरू तैनाथ गर्नका साथै सरकारी कार्यालय परिसरमा अघिबाटै 144 धारा लागु गरिसकेको छ। जसको कारण आज बन्द समर्थकहरूलाई सरकारी कार्यालय परिसरहरूमा भेला हुन समेत सुरक्षा कर्मीहरूले रोक लगाएको थियो। जसको कारण बन्द समर्थकहरूले सरकारी कार्यालयलाई खुल्ला हुनबाट रोक्न सकेनन्। सोहि कारण पनि आज कालेबुङका सरकारी कार्यालयहरू खुल्ला रहेको थियो। 
बन्द समर्थकहरू आज पनि कालेबुङ जिल्लापाल कार्यालय परिसरमा भेला भएका थिए भने 144 धारा लगाएकोले प्रशासनले जिल्लापाल कार्यालय परिसरबाट बन्द समर्थकहरूलाई लखेट्ने कार्य गरेको थियो। 
यता सरकारी कार्यालय बन्दको तेस्रो दिन पनि कालेबुङ नगरपालिका कार्यालय भने पूर्णरूपले बन्द रहेको थियो भने नगरपालिका कार्यालयलाई पनि यथाशिघ्र खोल्नुपर्ने निर्देश दिँदै कालेबुङ जिल्लापालले नगरपालिका अध्यक्ष सुभ प्रधानलाई पत्र पठाएको विश्वस्त सुत्रले जानकारी दिएको छ। सोहिक्रममा नगरपालिका कार्यालयलाई खोल्नका निम्ति आज जिल्ला प्रशासन सुरक्षा कर्मीहरूको साथमा नगरपालिका कार्यालयमा आए पनि बन्द समर्थकहरूले नगरपालिकालाई खोल्न दिएनन्। जसको कारण नगरपालिका कार्यालयलाई आज पुलिस प्रशासन लगाएर पनि जिल्ला प्रशासनले खोल्न असमर्थ बनेको छ।
यता सरकारी कार्यालय बन्द डाकेको तेस्रो दिन पत्रकारहरूसंग बोल्दै गोजमुमो केन्द्रिय समितिका सह सचिव समुएल गुरुङले बन्द पूर्णरूपले सफल भएको दाबी गरेका छन्। मोर्चाले डाकेको सरकारी कार्यालय बन्द अवधी प्रशासनले बलजफ्ती कर्मचारीवर्गलाई दबाव बनाएर कार्यालयमा बोलाएको आरोप लगाउँदै बन्द समर्थकहरूलाई समेत सुरक्षाबलको आडमा हटाउन खोजेको आरोप लगाएका छन्। यसक्रममा उनले आज नगरपालिका कार्यालय परिसरमा बसेका बन्द समर्थकहरूलाई समेत सुरक्षा कर्मीहरूको आडमा जिल्ला प्रशासनले उठाउन खोजेको आरोप लगाउँदै यदि प्रशासनले बलजफ्ती गरे सहन नगर्ने चेतावनी दिएका छन्। 

Related Posts

0 Response to "बन्दको तेस्रो दिन खुल्यो सरकारी कार्यालय"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.