
सन्दर्भ बङ्गला भाषा : मुख्यमन्त्रीले बयान फिर्ता लिनुपर्ने जापले गर्यो माग ....बङ्गला भाषालाई अनिवार्य गर्न खोजे जापले सडकमा आन्दोलन गर्नेछ – डा. हर्कबहादुर छेत्री
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 6 जुन। बङ्गला भाषालाई तेस्रो भाषाका रूपमा अनिवार्य रुपले थोप्न खोजे जन आन्दोलन पार्टीले जनतालाई लिएर जन आन्दोलन गर्ने चेतावनी दिएको छ। आज जाप पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. हर्कबहादुर छेत्रीले बङ्गला भाषा जब्बरजस्ती थोपेको खण्डमा जन आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
‘अहिले बङ्गला भाषालाई तेस्रो भाषाको रुपमा बङ्गाल सरकारले अनिवार्य गर्ने चर्चा चलिरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जी आफैले यो घोषणा गरिसकेकी छन्। तेस्रो भाषाका रूपमा बङ्गला भाषालाई अनिवार्य गर्ने कुराको जन आन्दोलन पार्टीले जोड्दार विरोध गर्दछ। मुख्यमन्त्री ममता ब्यानर्जीले तेस्रो भाषालाई अनिवार्य गर्ने बयान फिर्ता गर्ने जापले माग गर्दछ’ –डा. छेत्रीले भने।
उनले मिरिक भ्रमणको अवधी मुख्यमन्त्रीले आफ्नो बयानलाई फिर्ता लिएर तेस्रो भाषाका रुपमा विद्यार्थीवर्गले आफ्ना रुची अनुसार पढ्न पाउनुपर्ने विकल्पलाई खुल्ला राखिदिने अपेक्षा पनि साँचेको बताएका छन्। यद्यपी मुख्यमन्त्रीले आफ्नो अडानलाई फिर्ता नलिएर बङ्गला भाषा पढ्नै पर्छ भने जापको एउटा प्रतिनिधी टोलिले मुख्यमन्त्रीलाई भेटेर दलको अडान स्पष्ट पार्ने जानकारी दिएका छन्।
‘यदि बङ्गला पढ्नै पर्छ भन्छिन् भने जापको एउटा प्रतिनिधी टोलिले मुख्यमन्त्रीली भेट गरेर तेस्रो भाषालाई वैकल्पिक भाषाका रूपमा पड्ने सुविधा दिनुपर्ने माग गर्नेछौँ। यदि उनले यसो नगरेको खण्डमा जन आन्दोलन पार्टीले जनतालाई लिएर सडकमा जन आन्दोलनलाई अघि बडाउँनेछ’ डा. छेत्रीले स्पष्ट भने।
‘बङ्गला भाषाको विरोध होइन यहाँ बङ्गला भाषा पड्नै पर्छ भन्ने कुराको विरोध गरेका हौँ। संविधानले हामीलाई वैकल्पिक भाषाको अध्ययन गर्ने प्रावाधान दिएको छ। यस्तो अवस्थामा किन बङ्गला भाषानै पड्नु?’ डा. छेत्रीले प्रश्न गरे।
वैकल्पिक भाषा भनेपछि त्यहाँ विद्यार्थीले आफ्ना रूची अनुसार छान्न सक्ने सुविधा हुनपर्ने बताउँदै बङ्गालकी मुख्यमन्त्रीले भने वैकल्पिक भाषाको कुरा गरेर बङ्गला नै पड्नपर्छ भनिरहेकोमा जापले कडा विरोध गरेको पनि स्पष्ट पारेका छन्।
0 Response to "सन्दर्भ बङ्गला भाषा : मुख्यमन्त्रीले बयान फिर्ता लिनुपर्ने जापले गर्यो माग ....बङ्गला भाषालाई अनिवार्य गर्न खोजे जापले सडकमा आन्दोलन गर्नेछ – डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.