
कालेबुङ बन्यो अशान्त : आगजनी र तोडफोडको आरोपमा 5 पक्राऊ
![]() |
सेरिकल्चर भवन |
पुलिसले दार्जीलिङ स्थित् गोजमुमो मुख्यालय पात्लेबाँसमा छापामारी गरेर हतियार बरामद गरेको जस्ता खबर आएपछि कालेबुङमा गोजमुमो कार्यकर्ताहरू क्षणभरमै भेला भएर विराट जुलुस नै निकाले। त्यसपछि कालेबुङ शहरका दोकान-पाट एकैचोटि बन्द भयो। बाहिरबाट आएका वाहनहरू तत्कालै पुन: फर्कन थाले। क्षणभरमै गोजमुमो समर्थक र नेताहरु राष्ट्रिय झण्डा बोकेर ठुलो संख्यामा कालेबुङ थानाडाँडामा भेला भएर ‘बङ्गाल सरकार मुर्दावाद!’, ‘पुलिस प्रशासन हाई!हाई!!’ भन्दै नाराबाजी लगाउन थाले। भिडले गर्दा सम्पूर्ण चलाचल नै ठप्प बन्यो। प्रदर्शनकारीहरूले धेरैबेरसम्म सडक बिचमा नै बसेर नाराबाजी गर्दै प्रदर्शन गरिरहे। पुलिस प्रशासनले प्रदर्शनकारीहरूलाई हटाउने प्रयास गरेपनि प्रदर्शनकारीहरू भने डटेर नै सडकमा बसिरहे। त्यसपछि पुन: प्रदर्शनकारीहरू व्यापक मात्रमा नाराबाजी गर्दै कालेबुङ जिल्लापाल कार्यालय गएका थिए।

यस अवधी प्रदर्शनकारीहरूलाई उक्त व्यारिकेटलाई तोड्ने प्रयास पनि गरेका थिए भने सुरक्षाकर्मीहरूले उनीहरूलाई ब्यारिकेट तोडेर जिल्लापाल कार्यालयमा प्रवेश गर्न दिएनन्। यस अवधी प्रशासन अनि प्रदर्शनकारीहरूमाझ निकै तनावको स्थिति समेत सिर्जना भएको थियो। यसै अवधी उक्त विरोध प्रदर्शनमा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाका अध्यक्ष दावा पाख्रिन पनि सामेल भएका थिए। यस अवधी दावा पाख्रिनले पनि बङ्गाल प्रशासनको अत्याचार गरेको आरोप लगाएका छन्।
यता विरोध प्रदर्शन चलिरहेको अवस्थामानै गोजमुमो पार्टीका एउटा प्रतिनिधी टोलिले बङ्गाल सरकारले शान्त वतावरणमा अशान्ति फैलाउने प्रयास गरिरहेको भन्दै कालेबुङका जिल्लापाल डा. विश्वनाथलाई भेटेर एउटा ज्ञापन पत्र पनि सुम्पिएको छ। जिल्लापाललाई ज्ञापन पत्र सुम्पिएपछि पत्रकारहरूसँग सम्बोधन गर्दै गोजमुमो केन्द्रिय समितिका सह सचिव सामुएल गुरुङले बङ्गाल प्रशासनले विनाकारण अत्याचार गरिरहेको आरोप लगाएका छन्।
![]() |
बिनोद प्रधान |
यता प्रदर्शनकारीहरूले जिल्लापाल कार्यालय परिसरमा धर्ना प्रदर्शन गरिहेको समयमा नै पेदोङमा अवस्थित पुलिस चेकपोष्टमा आगो लगाएको घट्ना अघि आएको हो। सोहिक्रममा पुन पेदोङ पुलिसको वाहन तोडफोड गरिएको घट्ना प्रकाशमा आएको थियो। त्यसपछि बरबोट् स्थित सेरिकल्चरको मुगा उत्पादन केन्द्रमा आगो लगाएको घट्ना प्रकाशनमा आएको हो। उपद्रवकारीहरूले पेदोङ पुलिस चेकपोष्टमा आगो लगाएपछि कार्यालय केहि मात्रमा जलेको छ। तत्कालै आगोलाई नियन्त्रणमा लिएको कारण पुलिस चेकपोष्ट पूर्णरूपले जल्नबाट बाँचेको छ।
अर्कोतर्फ सेरिकल्चरको मुगा उत्पादन केन्द्रमा आगो लगाएको कारण उक्त केन्द्र पूर्णरूपले जलेर स्वाह भएको छ भने घट्नास्थलमा अग्निसमन विभागका कर्मचारीवर्ग पुगेर आगोलाई पछिबाट नियन्त्रणमा लिइएको थियो। आगोलाई नियन्त्रणमा ल्याउँदा उक्त मुगा उत्पादन केन्द्र पूर्णरूपले जलेर समाप्त भएको थियो। उक्त घट्ना भएको केहि क्षणमा नै यहाँको हिलटप स्थित सरकारी टुरिस्ट लजमा पनि उपद्रवकारीहरूले आगो लगाउने प्रयास गरेका थिए। उनीहरूले हिलटप टुरिष्ट लजमा आगो लगाउने प्रयास गरेपनि आगोलाई तत्कालै नियन्त्रणमा लिइएको कारण आगोले उग्ररुप लिन पाएन जसको कारण ठूलै क्षतिहुनबाट जोगिएको छ।
उक्त घट्नापछि कालेबुङ पुलिसले अहिलेसम्म मोठ 5 जनालाई पक्राऊ गरेको थाह लागेको छ। जसमध्ये पेदोङ पुलिस चेट पोस्ट जलाएको आरोपमा मोर्चाका नेता बिनोद प्रधानलाई पुलिसले पक्राऊ गरेको छ भने मुगा उत्पादन केन्द्र अनि हिलटप टुरिष्ट लज जलाउने कार्यको आरोपमा कालेबुङका नगरपार्षद बरुण भुजेल लगायत अन्य तीन जनालाई पक्राऊ गरेको छ। यद्यपी कालेबुङका जिल्ला पुलिस अधिक्षकले भने अहिलेसम्म पुलिसले पक्राऊ गरेका मानिसहरूको स्पष्ट सङ्ख्याबारे जानकारी दिन अस्वीकार गरेका छन्। जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले अहिलेघरी पुलिसले छापामारी अभियान चलाइरहेको अनि पक्राऊ परेकाहरूको सङ्ख्या अहिले नै स्पष्ट तय नभएको स्पष्टिकरण दिएका छन्।

‘पुलिसले अझै छापामारी अभियान चलाइरहेको छ। पक्राऊ पर्नेहरूको सङ्ख्या वृद्धि हुनसक्छ’ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले भने।
0 Response to "कालेबुङ बन्यो अशान्त : आगजनी र तोडफोडको आरोपमा 5 पक्राऊ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.