-->
भ्रष्टचारीहरूलाई नगरपालिकामा पुर्‍याउनु हुँदैन – जाप

भ्रष्टचारीहरूलाई नगरपालिकामा पुर्‍याउनु हुँदैन – जाप

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ ३ मई। ‘हामी सुशासनको निम्ति आएका हौं। यसैले गुण्डागर्दी र भ्रष्टचारलाई सधैको निम्ति हटाउन चाहन्छौं’ उक्त कुरा जन आन्दोलन युवा एकाइका सचिव अमिर बस्नेतले भनेका हुन्। जाप युवा एकाइका कार्यकर्ताहरू आज कालेबुङ नगरपालिकाको 18 नम्बर वार्डमा चुनाव प्रचारको निम्ति पुगेका थिए।
यसक्रममा जनतासँग भलाकुसारी गर्दै नगरपालिकामा भ्रष्टचारी दलका नेताहरूलाई पुर्‍याउनु नहुने आह्वान गरेका छन्। ‘हिज कसले के कति र कहाँ जनताको पैसा खाएको छ, त्यसको आरटीआइ रिपोर्ट हामीसंग छ। नगरपालिकामा गएको भोलिपल्टदेखि हामी पुरानो फाइल खोल्नेछौं। गञ्जी बेचेर पनि जनताको पैसा फर्काउन लगाउनेछौं ’ अमिर बस्नेतले अझ भने।
यसक्रममा उनले नगरपालिकामा जाप पुगेको खण्डमा हामी बीएम एक्ट अनुरूप नगरपालिकाको काम गर्ने दाबी गरेका छन्। उनले गोजमुमो पार्टीको जनता अघि आफ्नो भ्रष्टचारी अनुहार उदाङ्गो बन्ने डरले गोर्खाल्यान्डको मुद्दा उठाएको पनि आरोप लगाएका छन्।
जनतासँग भलाकुसारी गर्नेक्रममा उपस्थित एक 70 वर्षीय वृद्धले दुई पाते सुइरो-को चुनाउ चिह्नले पुरानोहरूलाई गोर्खालीगको शुरूवाती दिनको स्मरण गराएको बताएका छन्। अमिर बस्नेतले जनसाधारणहरूसंग अन्तरक्रिया गर्दै नारा लिएर भोटको बेलामा आउने गोजमुमोलाई जनताले नै काम गरेको प्रमाण पत्र माग्नुपर्ने बताएका छन्। उनले पानी, नाली, सड़क केही नछोड़्नेहरूले जातिको नारा लगाउनु गलत हुने जनाउँदै वार्ड पार्षदहरूको मनमानी कै कारण गोरामुमो र गोजमुमो दुवैले पहाड़को नगरपालिका भत्काएको आरोप समेत लगाउन पछि परेनन्।
‘यहाँ ठीकसंग अडिट भएको छैन। जनताको पैसा कहाँ पुग्यो, कसैले थाहा पाउन सकेको छैन। पानीको निम्ति आएको करोड़ौ रूपियाँ पानीमै गयो। मैलाको निम्ति आएको करोड़ौ रूपियाँले डम्पिङको खम्बा मात्रै गाड़ियो। यसरी बोर्ड चलाउने गोजमुमोसंग कुनै भिजन छैन’ बस्नेतले अझ भने। जन आन्दोलन पार्टीले भातभुङ्ग भएको नगरपालिकालाई फेरि बर्वाद हुन नदिनका निम्ति जनताले सही निर्णय लिनुपर्ने आह्वान पनि गरेका छन्।

0 Response to "भ्रष्टचारीहरूलाई नगरपालिकामा पुर्‍याउनु हुँदैन – जाप"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.