
जाप युवा एकाईले सुरु गर्यो आमरण अनशन ......भोटमा गोर्खाल्याण्ड भन्ने नेताहरूले के काम गरेको छ – अमिर बस्नेत
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 24 मई। जन आन्दोलन पार्टीको युवा एकाईले कालेबुङको थाना डाँडा स्थित त्रिकोण पार्कमा आजदेखि आमरण अनशन सुरु गरेको छ। गोर्खाल्याण्डको मागमा बारम्बार भोट जित्ने गोजमुमोले गोर्खाल्याण्डको निम्ति ठोस कार्य गर्नुपर्ने माग गर्दै मोर्चामाथि दबाऊ बनाउँनलाई नै जाप युवा एकाईले धर्ना सुरु गरेको हो।
छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा आजसम्म 7 वटा चुनाव जित्ने गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको निम्ति आजसम्म के कार्य गर्यो? भन्ने प्रश्न गर्दै जनतालाई जवाब दिनुपर्ने मागमा जाप युवा एकाईको छ सदस्यीय टोलिले आमरण अनशन सुरु गरेको हो। उनीहरूले आमरण अनशन सुरु गर्न अघि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष एवम् जीटीए प्रमुख विमल गुरुङलाई पत्राचार गरेर ‘गोर्खाल्याण्डको निम्ति भोट जित्ने गोर्खा जनमुक्ति मोर्चाले आजसम्म छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति के कार्य गरेको छ?’ भनि प्रश्न गरेका छन्।
उनीहरूले आज अपराह्न तीन बजेदेखि थाना डाँडा स्थित त्रिकोण पार्कमा आमरण अनशन सुरु गरेपछि पार्टी कार्यकर्ताहरूले खदा लगाएर शुभकामना दिएका थिए। उक्त आमरण अनशनमा बस्नेहरू जाप युवा एकाईका सदस्यहरू क्रमैले अमिर बस्नेत, नरेश कुमार राई, कृष्ण ठकुरी, कुमार छेत्री, सुरज थापा अनि पप्पु विश्वकर्म रहेका छन्।
आमरण अनशन सुरु गर्न अघि उनीहरूले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष एवम् जीटीए प्रमुख विमल गुरुङलाई पठाएको पत्रमा तीन सुत्रीय माग समेत पेश गरेको छ।
यता जाप युवा एकाईले आजदेखि सुरु गरेको आमरण अनशनबारे युवा एकाईका केन्द्रिय समिति सदस्य अमिर बस्नेतले जानकारी दिएका छन्।
‘गोजमुमोले गोर्खाल्याण्डको मुद्दामा भोट जितेको छ। जनताले बारम्बार गोर्खाल्याण्डको निम्ति भोट दिएका छन्। जनताले गोर्खाल्याण्डकै निम्ति भोट दिए पनि नेताहरूले भने गोर्खाल्याण्डको निम्ति केहि गरेको छैन। यसैकारण जनताले इमान्दारिता देखाइसक्यो अब नेताले आफ्नो इमान्दारिता देखाउनुपर्छ भनेर जाप युवा एकाईले आमरण अनशन गरेका हौँ’ अमिर बस्नेतले भने। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै नेताले केवल जनतालाई गोर्खाल्याण्ड भोट माग्ने मुद्दा बनाएको आरोप पनि लगाएका छन्। सोहि कारण अब गोर्खाल्याण्डको नाउँमा भोट जित्ने नेताहरूले जनतालाई जवाब दिनुपर्ने जाप युवा एकाईले माग गरेको छ।
‘गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा आजसम्म दुईवटा लोकसभा, दुईवटा विधानसभा, दुईवटा नगरपालिका अनि एउटा जीटीए चुनावमा बिजयी हासिल गरेपनि आजसम्म मोर्चाले भने गोर्खाल्याण्डको निम्ति के के कार्य गरेको छ? छुट्टै राज्य गोर्खाल्याण्ड मुद्दाको स्थिति के छ? कतिजना सांसदहरूले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई समर्थ दिने घोषणा गरेका छन्? कतिवटा राष्ट्रिय राजनैतिक दलहरूले गोर्खाल्याण्डको मुद्दालाई समर्थन दिने भएको छ? एनडीएको घटक दल भएको नातमा आजसम्म एनडीएको सभामा छुट्टै राज्य गोर्खाल्याण्डको प्रस्ताव पारित गरेको छ?’ अमिर बस्नेतले प्रश्न गरे। यसका साथै राज्य सरकारद्वारा सञ्चालित चुनावहरूमा पनि गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको जनमत देखाउनलाई चुनाव लडेको भनि बताएपछि आजसम्म उक्त चौकिमा किन बसिरहेको भन्दै उनले प्रश्न गरेका छन्।
यसक्रममा उनीहरूले पश्चिम बङ्गाल राज्यद्वारा गरिएको सम्पूर्ण चुनावमा गोर्खाल्याण्डको नाउँमा चुनाव जित्ने गोजमुमो प्रतिनिधीवर्गले राजीनामा दिनुपर्ने माग पनि जाप युवा एकाईले गरेको छ। यसका साथै छुट्टै राज्य गोर्खाल्याण्डकि मुद्दामा लोकसभा चुनाव जित्ने सांसद एवम् केन्द्रिय राज्यमन्त्री एस.एस आहलुवालीयाले आजसम्म संसदमा किन छुट्टै राज्य गोर्खाल्याण्डको आवाज उठाउँदैन? भनि प्रश्न गरेका छन्।
‘जनताको चाहना छुट्टै राज्य गोर्खाल्याण्ड हो भने जनताको चाहना बोक्ने सांसद आहलुवालीयाले किन सदनमा गोर्खाल्याण्डको मुद्दा उठान गर्दैनन ? गोजमुमोले सांसदलाई दबाऊ बनाउने किन कार्य गर्दैन? यसको जवाब मोर्चाले जनतालाई दिनुपर्छ’ बस्नेतले अझ भने।
यसैक्रममा उनले पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खाहरूले छुट्टै राज्य चाहन्छ भन्ने कुराको ज्ञात रहेको बताउँदै केन्द्र सरकारले पनि जनताको चाहना छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरेर पुरा गर्नुपर्ने माग गरेका छन्।
0 Response to "जाप युवा एकाईले सुरु गर्यो आमरण अनशन ......भोटमा गोर्खाल्याण्ड भन्ने नेताहरूले के काम गरेको छ – अमिर बस्नेत"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.