चुनावी राजनीतिमा खासै रुची देखाएनन् मतदाताहरूले
नगरपालिकाको मोठ 36 हजार 601 जना मतदाताहरू मध्ये केवल 23 हजार 849 जना मतदाताहरूले मात्रै आफ्ना मताधिकारको प्रयोग गरेको घट्नाले मतदाताहरूमा चुनावी राजनीति प्रति घट्दो अविश्वास हो कि? भन्ने प्रश्न खडा भएको छ। नगरपालिका चुनावमा यसपल्ट जनतालाई छुट्टै राज्य गोर्खाल्याण्ड, विकास, भ्रष्टचार मुक्त नगरपालिका जस्ता नाराहरूले पनि खासै तानेको देखिएन।
राजनीतिमा अघिल्लो पङ्क्तिमा पुरुषहरूले नेतृत्व दिँदै आए पनि चुनावी राजनीतिमा भने पुरुष मतदातहरूले नै निम्नतम मतदान गरेका छन्। जसले पुरुषहरूमा चुनावी राजनीतिमा घट्दो विश्वासको कारण के हुनसक्छ भन्ने प्रश्न खडा गरेको छ। कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूमा 11 हजार 511 जना पुरुष मतदाताहरूले मतदान गरेका छन् भने 12 हजार 338 जना महिला मतदाताहरूले मतदान गरेका छन्। अर्थात महिला मतदाताहरूको तुलनामा 827 जना पुरुष मतदाताहरूले कम्ति मत खसालेका छन्। कम मत खासालेकोमा धेरैजना आफ्नो नोकरी र अध्ययनको कारण टाडामा रहेको र मत खसाल्न आउन नसकेको कारण पनि हुन सक्ने बताइएकोछ।
नगरपालिका चुनावमा वार्ड नम्बर 16 का मतदाताहरूले सबैभन्दा कम्ति रुची देखाएका छन् भने सबै भन्दा धेर 17 नम्बर वार्डका मतदाताहरूले रुची देखाएका छन्। वार्ड नम्बर 16 मा केवल 41.88 प्रतिशत मतदाताहरूले मतदान गरेका छन्। जसमध्ये 512 जना पुरुष मतादाताहरूले मतदान गरेका छन् भने 566 जना महिला मतदाताहरूले मतदान गरेका छन्। उक्त वार्डमा जन आन्दोलन पार्टीबाटशर्मिला सेर्पा, गोजमुमोबाट बरुण भुजेल अनि तृणमूल कङ्ग्रेसबाट मेक्सिमस कालिकोटे चुनावी मैदानमा खडा भएका छन्। उक्त वार्डमा 2 हजार 578 जना मतदाताहरू थिए भने केवल 1 हजार 78 जना मतदाताहरूले मात्रै मताधिकारको प्रयोग गरेका छन्।
नगरपालिका चुनावमा सबैभन्दा धेर मतदान 17 नम्बर वार्डमा भएको छ। उक्त वार्डमा 76.11 प्रतिशत मतदान भएको छ। केवल 699 जना मतदाताहरू मात्र भएको उक्त वार्डमा पनि पुरुष मतदाताहरूको तुलनामा महिला मतदाताहरूले नै धेर मतदान गरेका छन्। 17 नम्बर वार्डमा 254 जना पुरुष मतदाताहरूले मताधिकारको प्रयोग गरेका छन् भने 278 जना महिला मतादाताहरूले आफ्नो मताधिकारको प्रयोग गरेका छन्।
नगरपालिका चुनावमा युवाहरूको नगण्य मताधिकारको प्रयोगले धेरै प्रश्नहरूको खडा गरेको छ। आन्दोलनकालमा हरेकपल्ट सक्रिय बनेर अग्रिम पङ्क्तिमा उभिने युवाहरू नै आज चुनावी राजनीतिबाट विमुख बन्नुको पछाडीका कारणहरू एउटा गतिलै प्रश्नको धेरामा पर्दछन्। ‘चुनाव भयो तर मैले आफ्नो मताधिकारको प्रयोग गरिन। स्वेच्छाले मैले कसैलाई भोट नहालेको हुँ। आजसम्म नगरपालिकाको सत्ता सम्हाल्ने नेताहरूले जनताको समस्यालाई पटक्क समाधान गरेको मलाई लाग्दैन। जनतालाई चुनावको समयमा मिठो आश्वासन दिने नेताहरू भोट जितेपछि एकचोटि देखा समेत पर्दैनन्। यसैले भोट हाल्न आवश्यक्ता ठानिन’ चालक अरुण छेत्रीले भने।
सोहिक्रममा शर्मिला मोथेले पनि नगरपालिका चुनावमा स्वेच्छाले भोट नहालेको बताउँदै ‘जनतालाई भोटमा मात्र सम्झने नेताहरू भोटपछि हराउँछन्। सत्ता पुगेपछि के के गर्छु भन्ने बाचा भोटपछि सबै हराउँछन् नेतासँगै। बाटो, नाली, पानी, स्ट्रिट लाइट खै त आजसम्म सत्तामा पुग्नेहरूले व्यवस्थित गरेको? जनता भोटिङ मसिन मात्रै बन्नु? यसकारण भोट हालिन’ शर्मिला मोथेले भनिन्।
0 Response to "चुनावी राजनीतिमा खासै रुची देखाएनन् मतदाताहरूले"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.