-->
नगरपालिका चुनाव शान्तिपूर्ण सम्पन्न

नगरपालिका चुनाव शान्तिपूर्ण सम्पन्न

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 1मई। कालेबुङ नगरपालिका चुनावमा 23 वटा वार्डबाट चुनावी मैदानमा खडा भएका मोठ 102 जना प्रार्थीहरूको भाग्य आज ईभिएम मसिनमा बन्द भएको छ। विहान सात बजेदेखि सुरु भएको मतदान साँझ पाँच बजे समाप्त भएको थियो। कालेबुङ नगरपालिकाको 23 वटा आसनमा सम्पन्न भएको चुनावमा 65% जति मतदान भएको छ।
चुनावको समयमा कहीँ कतै हिँसा भएको घटना प्रकाशमा आएको छैन भने एकजा प्रार्थीको नाउँमा भने चुनाव अन्य कसैले खसालिसकेको घट्ना प्रकाशमा आएको छ। 
उक्त घट्ना कालेबुङ नगरपालिकाको वार्‍ड नम्बर 7 स्थित 84 नम्बर मतदान केन्द्रमा भएको हो। चन्द्र कुमार विश्वकर्म आफ्नो मत अधिकारको प्रयोग गर्न मतदान केन्द्रमा पुग्दा उनको नाउँमा अगावै मतदान भइसकेको उनले थाह पाएका थिए। त्यसपछि उनले आफुले आफ्नो मतअधिकार प्रयोग गर्न नपाई कसरी आफ्नो नाउँमा मत प्रयोग भन्ने भन्ने प्रश्न मतदान केन्द्रमा चुनाव अधिकारी समक्ष गरेपछि उनलाई टेन्डर भोट ब्यालोट पेपर माध्यमबाट आफ्नो मत प्रयोग गर्ने सुविधा उपलब्ध गराएको थियो।
यता ब्यालोट पेपरको माध्यमबाट आफ्नो मताधिकार प्रयोग गरिसकेपछि पत्रकारहरूसँग कुराकानी गर्दै चन्द्र कुमार विश्वकर्मले भने – ‘मैले आफ्नो मताधिकार प्रयोग गर्न अगावै मेरो नाउँमा कसैले मत खसालिसकेका थिए। यो कसरी भयो? मैले आफ्नो मताधिकार प्रयोग गर्नुपाउनुपर्छ भनेपछि चुनाव अधिकारीवर्गले मलाई ब्यालोट पेपरबाट आफ्नो मताधिकार प्रयोग गर्ने सुविधा उपलब्ध गराएपछि मैले आफ्नो मत खसाल्न पाएँ’। घट्नाबारे सबैले थाहा पाउन साथै मतदान केन्द्रमा निक्कै तनावको स्थिति उत्पन्न भए पनि पछिबाट तनाव साम्य भएको थियो।
कालेबुङ नगरपालिका चुनाउको निम्ति जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्क बहादुऱ छेत्रीले पनि मतदान गरेका छन्। उनले जन आन्दोलन पार्टीका प्रार्थीलाई मतदान गरेको घोषणा गर्दै आगामी 17 नोभेम्बरका दिन राम्रो चुनाव परिणाम निस्कने आशा समेत व्यक्त गरेका छन्। उनले कालेबुङ नगरपालिकामा जन आन्दोलन पार्टीले बोर्ड गठन गर्ने सम्भावना व्यक्त गर्दै मतदानको अन्तिम दुई घण्टा महत्वपूर्ण हुने पनि बताएका छन्। ‘मतदानको अन्तिम दुई घण्टामा यदि प्रशासनले कडा निगरानी राख्न नसके गलत मतदानको सङ्ख्या बड्नेछ। जसले जन आन्दोलन पार्टीलाई हराउन सक्नेछ। यसकारण अन्तिम दुई घण्टा महत्वपूर्ण हो’ डा. छेत्रीले भने। यद्यपी उनले दिनभरी भएको मतदानमा सन्तोष व्यक्त गरेका छन्।
यता कालेबुङ नगरपालिकाको १० नम्बर वार्डका गोर्खा जनमुक्ति मोर्चा उम्मेद्वार एवम् नगरपालिका अध्यक्ष पदका सम्भावित प्रार्थी सुभ प्रधानले ‘जीवनमा दोस्रो चोटी आफैले आफ्नो निम्ति मतदान गर्ने अवसर प्राप्त गरे पनि यसपल्ट भने समग्रमा जनताको निम्ति मतदान गर्ने अवसर प्राप्त गरेको अनुभव भएको बताएका छन्। यसक्रममा उनले नगरपालिकामा गोजमुमो पार्टीले बोर्ड गठन गर्ने निश्चित रहेको दाबी समेत गरेका छन्।
अर्कोतर्फ गोजमुमो पार्टी त्यागेर तृणमूल काङ्ग्रेसको पक्षबाट चुनाउ लडिरहेका अनि तृणमूल कङ्ग्रेसको सम्भावित नगरपालिका अध्यक्ष प्रार्थी ढेण्डुप भोटीयाले मतदान सम्बन्धि हर्ष प्रकट गरेका छन्। ‘चिट्ठाको माध्यमबाट उम्मेद्वार चयनको प्रक्रिया छोडेर इभीएम मार्फत उम्मेद्वार चयन भइरहेकोले यसपालीको चुनाउ वास्तवमा नै चुनाउ जस्तो लागेको छ’ ढेण्डुप भोटियाले भने। उनले चुनावमा जनताले आफुलाई विजयी बनाउने कुरामा निश्चित रहेको दाबी पनि गरेका छन्। 

Related Posts

0 Response to "नगरपालिका चुनाव शान्तिपूर्ण सम्पन्न"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.