
तनावपूर्ण अवस्थामा चुनाव प्रचार अभियान थामियो ...... प्रशासनले जानी बुझी समस्या सिर्जना गर्न खोज्दैछ – विमल गुरुङ
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 10 मई। नगरपालिका चुनावको अन्तिम प्रचार अभियानमा गोर्खा जनमुक्ति मोर्चालाई पनि नगरपालिका क्षेत्रमा वसोवास गर्ने मानिसहरूको पर्चा-पट्टाको समस्या याद आएको छ। चुनाव प्रचार समाप्त हुन अघि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले कालेबुङ नगरपालिकाको वार्ड नम्बर 1 अनि वार्ड नम्बर 11 मा वसोवास गर्ने मानिसहरूलाई आफ्नो जमिनको मालिकाना हक दिलाउने घोषणा गरेका छन्।
‘त्यस गाउँ घर (1नम्बर वार्ड) लाई राम्रो नियन्त्रण गरेर मैले ढट्टा पट्टा दिनुपर्छ अनि त्यो मेरो नगरपालिकाको पहिलो बोर्ड मिटिङको सभामा प्रस्ताव पारित गर्नेछ। भोजपुरी समाजका दाजुभाइहरूको समस्या पहिलो बोर्डले पास गर्छ । रेजुलेसन बोर्डले लिन्छ पैसा म दिन्छु। पैसा जिटिएले दिन्छ। 11 नम्बर वार्डमा डरलाग्दो अवस्थामा मानिसहरू बसेका छन्। मलाई देखेर माया लाग्यो। त्यहाँको पनि बोर्डले पहिलो सभामा प्रस्तावमा पारित गर्छ। दुई-तीन करोड लाग्छ भने लागोस म बनाएर दिन्छु। त्यस क्षेत्रको जतिपनि घरहरू छन् त्यस क्षेत्रमा पनि ढट्टा पट्टा दिने जिम्मेवारी मेरो। सुर्ता गर्न पर्दैन’ गोजमुमो अध्यक्ष विमल गुरुङले चुनाव प्रचार अभियानको अन्तिम दिनमा आयोजित जनसभालाई सम्बोधन गर्दै भने।
उनले जनसभालाई सम्बोधन गर्ने क्रममा तृणमूल कङ्ग्रेसले आतङ्क सृष्टि गर्ने कार्य गरिरहेको पनि आरोप लगाएका छन्। ‘तृणमूल कङ्ग्रेसले आतङ्क फैलाएर राजनीति गर्दैछ। पुलिसलाई पनि सञ्चोले बस्न दिएको छैन। एस.पी, डिएम गोजिमा राख्छ’ विमल गुरुङले भने।
यसक्रममा गुरुङले मुख्य मन्त्री ममता ब्यानर्जीले 35 चोटि पहाड आउँदा गोर्खा जातिलाई टुक्रा टुक्रा पारेको अनि आफुले त्यहीँ टुक्रिएको जातिलाई टाल्ने कार्य गरिरहेको आरोप लगाए। ‘म त च्यातेको जातिलाई सिउँदै हिँड्ने मानिस हुँ। जति च्यात्छौ च्यात, म सिउँछु। यसको परिणाम 14 तारिक देख्नेछौँ’ विमल गुरुङले तृणमूल कङ्ग्रेसलाई चुनौति दिँदै भने।
गुरुङले जनसभालाई सम्बोधन गर्ने क्रममा पहाडलाई विभाजन गर्ने तृणमूल कङ्ग्रेसले मधेसमा आफ्नो धरातल बलियो बनाउने कार्य गर्नु भनि सुझाव दिएका छन्। ‘ममताले घाँसफुलमा पानी हाल्ने कार्य गर्नु। अब घाँसफुलमा डँडेलो लाग्नेछ। आगामी 14 मईका दिन हामी यहाँ त घाँसफुल समाप्त गर्नेछौँ अनि मधेसमा पनि कमल फुल्नेछ’ विमल गुरुङले अझ भने। उनले आज पनि कतिपय वार्डहरूमा जन आन्दोलन पार्टीसँग मोर्चालाई कडा टक्कर हुने सम्भावना व्यक्त गर्दै तृणमूल सरकारले जन आन्दोलन पार्टी अनि गोजमुमो पार्टी माझमा लडाई लडाउने षडयन्त्र रचिरहेको आरोप लगाएका छन्।
कालेबुङको मेला ग्राउण्डमा गोजमुमो पार्टीको चुनावी जनसभा समापन हुन लाग्दा यता जन आन्दोलन पार्टीको थाना डाँडामा चुनावी जनसभा सुरु भएको थियो। प्रशासनद्वारा गोजमुमो पार्टीलाई जनसभा गर्ने साँढे बाह्रदेखि साँढे दुई बजेसम्म अनुमति प्राप्त भएको प्रशासनिक सुत्रबाट जानकारी प्राप्त भएको छ। प्रशासनबाट निर्धारित समय समाप्त हुँदा पनि मोर्चाको सभा भने चलिरहेको थियो अनि त्यसबेला विमल गुरुङले भाषण दिइरहेका थिए।
ठिक त्यहीँ समय जापका नेतृववर्गले थाना डाँडामा भाषण सुरु गरेपछि त्यसको आवाज मेला ग्राउण्डमा आउँदा एकाएक मोर्चा अध्यक्ष विमल गुरुङले प्रशासनलाई औली उठाउँदै ‘प्रशासनले जानी बुझी समस्या सिर्जना गर्न खोज्दैछ’ भने। त्यस समय मोर्चाका सभामा उपस्थित मानिसहरू एका-एक आक्रोशित बन्दा स्थिति तनावपूर्ण बनेको थियो।
‘यो बङ्गालको कानुन फेल भएको हो। ल एण्ड अर्डॅर फेल भएको हो। यसको जवाब 14 तारिक 6 बजे उठेर दिनुपर्छ। हाम्रो जग्गामा हामीलाई अतिक्रमण गर्नु उचित होइन। बङगालको शासनलाई लाखेस छ आजदेखि उता। कुनै पनि बाधा आउँछ भने यो बिमल गुरुङले सामना गरेको हुन्छ’ मोर्चा अध्यक्ष विमल गुरुङले एकाएक प्रशासनलाई औली उठाउँदौ भने।
‘कानुन तिम्रो हातमा छ, यसलाई सम्हाल्ने कार्य गर्नु। सम्हाल्दैनौँ भने यसको गति देख्नेछौ। यो प्रकारको अन्याय अत्याचार हाम्रै जग्गामा सहनु उचित होइन’ गुरुङले आक्रोषित बन्दै भने। उनले सोहिक्रममा एकाएक भाषण दिने क्रममानै सभापछि मोर्चाको जुलुस निस्कने घोषणा समेत गरे।
‘हामी अब यहाँबाट र्याली निकालेर डम्बर चौकबाट जानेछौँ। शोषण र दमन भयो यो अन्याय र अत्याचारको सिमा नागिसक्यो। अब सहन गर्दैनौँ। कानुन व्यवस्थालाई हामीले सम्मान गरेका छौँ। एसपीले बुझुन्, डीएमले बुझुन् कानुन व्यवस्था हामी हालमा लिँदैनौँ। कानुनलाई उल्लंघन गर्दैछौँ। म जीटीए चिफ हुँ। यो कुरा बुझ्नु। हामी हाम्रो क्षेत्रमा डराउनु हुँदैन। जे होला देखाइजाला। हामी फेस गर्नेछौँ। यो प्रकारको डिस्टर्ब राम्रो होइन’ विमल गुरुङले अझ भने।
उनले सोहिक्रममा नै कालेबुङका जिल्लापाल, जिल्ला पुलिस अधिक्षक, महकुमा अधिकारीलाई समेत लाखेस गरे। ‘ल एण्ड अर्डर होसियार। डीएम, एसडिओ, एसपी होसियार। यो प्रकारले कानुन व्यवस्था उल्लंघन गर्छौ भने यो जग्गामा अप्ठेरो सिचुएसन आउनेछ’ विमल गुरुङले पुलिस प्रशासनलाई सतर्कता गराउँदै कठोर स्वरमा भने।
यता गोजमुमो पार्टीको सभा समाप्त हुन साथै मोर्चा कार्यकर्ताहरूले मेला ग्राउण्डबाट विमल गुरुङको घोषणा अनुरुप जुलुस निकाले पछि शहरमा निक्कै तनाव फैलिएको थियो। ‘पुलिस प्रशासन हाई-हाई’ जस्ता नाराबाजी गर्दै निकालिएको जुलुस आक्रोषित बनेर डम्बर चौक हुँदै जन आन्दोलन पार्टीको सभास्थल थाना डाँडामा जान थालेपछि झडप हुने सम्भावना समेत बढेको थियो। यस्तो अवस्थामा आक्रोषित जुलुसलाई जापको सभा स्थलमा पुग्न अगावै मेन रोडमा नै मोर्चा कार्यकर्ताहरूले नै रोक्ने कार्य गरेका थिए। पछिबाट उक्त जुलुसले यहाँको दश माइल फाटक भएर कालेबुङ शहर परिक्रमा गरेको थियो। यस अवसरमा पुलिस प्रशासन पनि उक्त जुलुसलाई रोकन आउँदा मोर्चा कार्यकर्ता अनि पुलिस प्रशासन माझ भनावैरी समेत भएको थियो।
0 Response to "तनावपूर्ण अवस्थामा चुनाव प्रचार अभियान थामियो ...... प्रशासनले जानी बुझी समस्या सिर्जना गर्न खोज्दैछ – विमल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.