
कालेबुङमा मोर्चा विरुद्धमा नै धेर भयो मतदान .....गोजमुमो 19 अनि जाप र तृणमूलाई प्राप्त भयो 2-2आसन
![]() |
गोजमुमोको विजय उत्सव |
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 18 मई। ‘जितेको जितेकै मोर्चाले, हार्न त कहिले जान्दैन ....’ भन्ने गीत गोर्खा जनमुक्ति मोर्चाको निम्ति नगरपालिका चुनावको परिणामले साँच्चै सान्दर्भिक बनाइदिएको छ।
कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूको निम्ति सम्पन्न भएको चुनावमा गोजमुमो पार्टीले 18 वटा आसनमा जित हासिल गरेको छ भने एकजना मोर्चा समर्थित निर्दलिय प्रार्थिले बिजयी हासिल गरेका छन। अन्य चारवटा वार्डहरूमा भने गोजमुमो पार्टीको हार भएको छ। जसमध्ये वार्ड नम्बर 4 बाट जाप प्रार्थी जी.ओ.सी फिपन अनि वार्ड नम्बर 13 बाट निमेश लामाले बिजय हासिल गरेका छन्।
सोहिक्रममा वार्ड नम्बर 9 बाट तृणमूल प्रार्थी भिम अग्रावल अनि वार्ड नम्बर 12 बाट असिफ अहमद अन्सारीले बिजयी हासिल गरेका छन्।
23 वटा वार्डहरूका निम्ति भएको चुनावमा मोर्चाको पक्षमा 19 आसन, जाप 2 अनि तृणमूल 2 आसनमा बिजयी बनेको छ। बिहान आठबजेदेखि सुरु भएको मतगणनालाई लिएर मानिसहरूमा व्यापक उत्साह देखिएको थियो। सिलबन्द रहेको इभिएम एकपछि अर्को गर्दै खोलिन थालेपछि एकपछि अर्को गर्दै गोजमुमो प्रार्थीहरूले बिजयी हासिल गर्दै गएका थिए। मोर्चा प्रार्थीहरूले बिजयी हासिल गर्न थालेपछि मोर्चा समर्थकहरूमा व्यापक खुशीयाली छाएको थियो। यस अवसरमा गोजमुमो समर्थकहरूले ‘गोजमुमो जिन्दावाद, गोर्खाल्याण्ड जिन्दावाद’ को जोडदार नाराबाजी समेत लगाएका थिए।
गोर्खा जनमुक्ति मोर्चाले कालेबुङ नगरपालिका चुनावमा बहुमत हासिल गरेपनि अधिकांश वार्डहरूमा धेरै मतको व्यवधान भने रहेको छैन। वार्ड नम्बर 2 अनि वार्ड नम्बर 6 मा गोजमुमो प्रार्थीहरूले जाप प्रार्थीहरूलाई केवल 2 भोटको अन्तरले मात्र जित हासिल गरेका छन भने वार्ड नम्बर 9 मा तृणमूल कङ्ग्रेससँग केवल 5 भोटले पराजित भएको छ। यस्तै प्रकारले वार्ड नम्बर 14 मा गोजमुमो प्रार्थीसँग 5 भोटको अन्तरले जाप प्रार्थी पराजित भएका छन्। यता वार्ड नमबर 5 मा गोजमुमो प्रार्थीसँग 18 भोटको अन्तरले जाप प्रार्थी पराजित भएका छन् भने वार्ड नम्बर 11 मा गोजमुमो प्रार्थीसँग 46 भोटको अन्तरले पराजित भएका छन्।
सोहिक्रममा वार्ड नम्बर 20 मा 55 भोटको अन्तरले गोजमुमोसँग जाप पराजित भएको छ भने वार्ड नम्बर 22 बाट केवल 63 भोटले जाप प्रार्थी मोर्चासँग पराजित भएको छ।
कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरू मध्ये 19 वटा वार्डमा गोजमुमोले बिजयी हासिल गरेर पहिलो स्थान ओगटेको छ भने जन आन्दोलन पार्टी दोस्रो अनि तृणमूल कङ्ग्रेस तेस्रो स्थानमा रहेको छ।
गोजमुमो पार्टीले 23 वटा वार्डबाट मोठ 10 हजार 872 भोट प्राप्त गरेको छ भने जन आन्दोलन पार्टीले 23 वार्डबाट 7 हजार 222 भोट प्राप्त गरेको छ। गोर्खा जनमुक्ति मोर्चाले कालेबुङको 23 वटा वार्डहरूबाट केवल 3 हजार 650 भोटले जन आन्दोलन पार्टी भन्दा अघि रहेको छ। तेस्रो स्थान ओगट्ने तृणमूल कङ्ग्रेसले केवल 3 हजार 444 भोट प्राप्त गरेको छ भने माकपाले मात्र 150 भोट प्राप्त गरेको छ।
यता निर्दलीय प्रार्थीहरूको पक्षमा मोठ 1 हजार 775 भोट खसेको छ।
चुनावमा मतदाताहरूले खसालेको मतलाई हेर्नु हो भने विजयी हासिल गर्ने गोर्खा जनमुक्ति मोर्चाको विरुद्धमा नै धेर मतदाताहरूले भोट खसालेका छन्। मोर्चा विरुद्धमा जाप अनि तृणमूल कङ्ग्रेसले पाएको भोटलाई मात्र एकमुष्ठ गर्नु हो भने मोठ 10 हजार 666 भोट रहेको छ। यदि माकपा अनि निर्दलीय प्रार्थीहरूको मतलाई पनि एकमुष्ठ गरेको खण्डमा मोर्चा विरुद्धमा मोठ 12 हजार 591 भोट रहेको छ। विपक्षीहरूमा भोट विभाजनको कारणले गर्दा नै गोर्खा जनमुक्ति मोर्चालाई सत्तासम्म पुग्नका निम्ति लाभ पुगेको उक्त मतदानको परिणामले स्पष्ट पारेको छ।
यता गोर्खा जनमुक्ति मोर्चाको जित ‘जातिय एकताको जित हो’ भनि डा. आर.बी भुजेलले बताएका छन्। ‘गोर्खाहरूले नगरपालिका चुनावमा जातिय एकताको परिचय दिए। जातिलाई छिन्न भिन्न पार्न चाहनेहरूलाई चुनावमा गतिलो जवाब दिएका छन्। यो सम्पूर्ण गोर्खा जातिको जित हो’ गोजमुमो कालेबुङ जिल्ला समितिका अध्यक्ष डा. भुजेलले अझ भने। उनले कतिपय वार्डहरूमा मोर्चाको स्थिति बिग्रेको सन्दर्भलाई लिएर आगामी दिनमा पार्टीले समिक्षा गरेर कार्य गर्ने पनि बताएका छन्।
0 Response to "कालेबुङमा मोर्चा विरुद्धमा नै धेर भयो मतदान .....गोजमुमो 19 अनि जाप र तृणमूलाई प्राप्त भयो 2-2आसन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.