जापले पहाडका चारैवटा नगरपालिकामा चुनाव लड्ने ......गोजमुमोले सहजै चुनाव जित्ने सपना नदेखेको राम्रो – डा. छेत्री
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १५ अप्रेल। आगामी नगरपालिका चुनावका निम्ति जनताले आ-आफ्ना वार्डबाट योग्य उम्मेद्वारा चयन गर्ने जन आन्दोलन पार्टीले सुझाव राखेपछि अहिलेघरी वार्डका जनताले आ-आफ्ना योग्य प्रार्थी छनौट गर्ने कार्य गरिरहेका छन्। नौलो परम्पराको थालनी गर्ने जन आन्दोलन पार्टीले नगरपालिका चुनावमा जनतालाई पार्टीले उम्मेद्वार थोप्नको साटो आफै चयन गर्ने अधिकार दिएपछि जनताले आफ्ना वार्डका प्रतिनिधी आफै चयन गरिरहेका छन्।
यसक्रममा आज 9 नम्बर वार्डका जनताले नगरपालिका चुनावका निम्ति सुवास प्रधानलाई प्रार्थिका रूपमा चयन गरेर जन आन्दोलन पार्टीले उनलाई टिकट दिनुपर्ने माग गरेका छन्। वार्डका जनताले सुवास प्रधानलाई प्रतिनिधीको रूपमा चयन गरेर पार्टी कार्यलयमा पुगेका थिए भने उनीहरूसँग पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री, सचिव नयन प्रधान लगायत अन्य नेत्रित्ववर्गसँग वैठक गरेर जनताले रूचाएका प्रतिनिधीवारे अवगत गराउने कार्य गरेका छन्।
यसक्रममा जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले जनताले आफ्ना प्रतिनिधी आफै चयन गर्नु उचित रहेको भन्दै सम्पूर्ण वार्डहरूबाट चयन भएका सम्भावित प्रार्थीहरूबारे केन्द्रिय समितिको वैठक वसेर अन्तिम निर्णय लिएर नामावली घोषणा गरिने जानकारी दिएका छन्। उनले दार्जीलिङ, खर्साङ अनि मिरिक नगरपालिका क्षेत्रका वार्डवासीले पनि आ-आफ्ना वार्डका प्रार्थीहरू आफै चयन गर्नु आवश्यक रहेको भन्दै जनताली गणतन्त्रको उपभोग गर्ने आह्वान गरेका छन्। ‘हामी जनतालाई प्रार्थी थोप्न चाहँदैनौँ, जनताले आ-आफ्ना प्रार्थी आफै चयन गरे राम्रो हुनेछ’ डा. छेत्रीले भने।
यता जन आन्दोलन पार्टीले पहाडका चारैवटा नगरपालिकामा आफ्नै बुतामा चुनाउ लड्ने घोषणा गरेको छ। जाप पार्टी कार्यलयमा पत्रकारहरूसँग बोल्दै डा. हर्कबहादुर छेत्रीले नगरपालिका चुनावमा जन आन्दोलन पार्टीले अन्य राजनैतिक दलहरूसँग कुनै गठबन्धन नगरी चुनाव लड्ने स्पष्ट पारेका हुन्। वितेको विधानसभा चुनावमा जन आन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेस माझ गठबन्धन भएको कारण नगरपालिका चुनावमा पनि तृणमूल अनि जाप गठबन्धन हुने हल्ला चरिरहेको अवस्थामा जाप अध्यक्षले एक्लै चुनाव लड्ने घोषणा गरेका हुन्। ‘हामी आफ्नै बुतामा चारवटा नगरपालिका क्षेत्रमा चुनाव लड्नेछौँ। हामीलाई हाम्रो क्षमता माथि विश्वास छ’ डा. हर्कबहादुर छेत्रीले भने।
यसक्रममा उनले आगमी नगरपालिका चुनावामा विशेष गरेर कालेबुङ नगरपालिकामा जन आन्दोलन पार्टीले बोर्ड निश्चित बनाउने दाबी गर्दै अन्य नगरपालिका क्षेत्रमा पनि जापले राम्रो परिणाम निकाल्ने दाबी गरेका छन्। उनले केहि दिन अघि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले पहाडका चारवटा नगरपालिकामा अन्य राजनैतिक दलहरूले विजयी हुने सपना नदेख्दा हुनेछ भनि दिएको वयानबारे पनि टिप्पणी गर्दै उल्टै गुरुङलाई चुनाव सहजै जित्ने सपना नदेख्दा हुन्छ भनि प्रतिक्रिया दिएका छन्।
'विमल गुरुङले अब सपनामा पनि लगाम लगाउने कोसिस गर्दैछन्। उनले चारवटै नगरपालिकामा अन्य राजनैतिक दलहरूले जित्ने सपना नदेख्दा हुनेछ भनेका रहेछन्। वास्तवमा भन्नु हो भने अव गुरुङले सहजै चुनाव जित्ने सपना नदेखेको राम्रो हुनेछ। जनतालाई सही र गलत थाह भइसकेको छ। अब जनताले 14 मई दिन आफ्नो निर्णय दिनेछन्’ डा. छेत्रीले भने।

0 Response to "जापले पहाडका चारैवटा नगरपालिकामा चुनाव लड्ने ......गोजमुमोले सहजै चुनाव जित्ने सपना नदेखेको राम्रो – डा. छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.