नगरपालिका चुनाव: राजनैतिक दलहरूले अझसम्म प्रार्थी घोषणा गर्न सकेनन -- पहिलो दिन कसैले भरेनन् नामाङ्कन पत्र
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १७ अप्रेल। नगरपालिका चुनावका निम्ति नामाङ्कन पत्र दर्ता गर्ने कार्य आरम्भ हुँदा पनि चुनाव लड्ने प्रमुख दलहरूमा गोजमुमो, जाप अनि तृणमूल कङ्ग्रेसले प्रार्थीहरूको नाउँ घोषणा गर्न सकेको छैन।
पहाडका चारवटा नगरपालिका चुनावमा यसपालि विशेष गरेर गोर्खा जनमुक्ति मोर्चा, जन आन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेस माझ त्रिकोणीय प्रतिद्वन्द्व हुनेछ। नगरपालिका चुनावमा त्रिकोणीय प्रतिद्वन्द्व हुने भए पनि चुनाव लड्ने राजनैतिक दलका नेतृत्ववर्गले भने चुनावी घोषणा पत्र अनि प्रार्थीहरूको नाउँ घोषणा गर्न नसक्नु चाखकै विषय रहेको छ।
पहाडको सत्तासिन राजनैतिक दल गोजमुमो, जन आन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेसका नेतृत्ववर्गले आजसम्म पार्टीको चुनावी घोषणा पत्र अनि प्रार्थीहरूको नाउँ घोषणा नगरेपछि आज नामाङ्कन पत्र दर्ता गर्ने पहिलो दिन कालेबुङ नगरपालिका क्षेत्रबाट कुनै पनि राजनैतिक दल अनि निर्दलीय प्रार्थीहरूले नामाङ्कन पत्र दर्ता गरेन।
विशेष गरेर नगरपालिका चुनाव लड्नका निम्ति पार्टीभित्रबाटै एकाधिक कार्यकर्ताहरू टिकटको होड्बाजीमा कुदीरहेको कारण पार्टीका नेतृत्ववर्गलाई टिकट वितरण गर्न असुविधा भएकै कारण प्रार्थीहरूको नाउँ समेत घोषणा गर्न असुविधा बनेको हो।
गोजमुमो पार्टीका अध्यक्ष विमल गुरुङले केहि अघि मात्रै पार्टीका कार्यकर्ताहरू चुनाव लड्न धेरैजना ईच्छुक रहेको पत्रकारहरूलाई नै बताएका थिए भने तृणमूल कङ्ग्रेस अनि जन आन्दोलन पार्टीका कार्यकर्ताहरूमाझ पनि टिकटलाई लिएर धेरैजना उत्सुक रहेको थाह लागेको छ। यस्तो अवस्थामा जापले नयाँ प्रयोग गर्दै प्रार्थी थोप्ने कार्य नगरेर विभिन्न वार्डका जनतालाई नै चयन गर्ने अभिभारा सुम्पेको छ भने वार्डबाट जनताले प्रार्थी चयन गर्ने कार्य पनि गरिरहेका छन्। यस्तो अवस्थामा गोजमुमो अनि तृणमूल कङ्ग्रेसलाई भने प्रार्थी चयनमा निकै कठिनाई भएको सुत्रले बताएको छ। जसको कारण प्रार्थीहरूको सूचीमा अन्तिम ठप्पा नलाग्दा नामाङ्कन पत्र भर्ने समयमा पनि प्रार्थीहरूको नाउँ समेत घोषणा गर्न सकेको छैन।
आजदेखि सुरु भएको नामाङ्कन भर्ने कार्य आगामी 24 अप्रेलसम्म चल्ने भएको छ।
नगरपालिका चुनावको आचार संहिता लागु भएर आजदेखि नामाङ्कन पत्र भर्ने कार्य आरम्भ भए पनि चुनावमा भाग लिने राजनैतिक दलहरूले भने आजसम्म प्रार्थीहरूको नाम समेत घोषणा गर्न असमर्थ बनेको छ। पहाडको सत्तासिन राजनैतिक दल गोर्खा जनमुक्ति मोर्चा, जन आन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेस माझ टक्कर हुने छाँट बनेको नगरपालिका जनताको चासो बढीरहेको अवस्थामा राजनैतिक पार्टीका नेतृत्ववर्ग भने प्रार्थीहरूको नाउँको सुचिनै सार्वजनिक गर्न असमर्थ बनेका छन। राजनैतिक पार्टीहरूको एसिड टेस्ट
जीटीए चुनावभन्दा अघि सम्पन्न हुन लागेको नगरपालिका चुनाव गोजमुमो, जाप अनि तृणमूल कङ्ग्रेसको निम्ति एसिड टेस्टका रूपमा सम्पन्न हुनेछ। उक्त एसिड टेस्टमा भाग लिनका निम्ति राजनैतिक दलका नेताहरू भने योग्य प्रार्थीहरू खोज्दा नै हैरान बनिसकेका छन्। पश्चिम बङ्गालको सातवटा नगरपालिका क्षेत्रमा चुनाव सम्पन्न हुन गए पनि विशेष गरेर पहाडको चारवटा नगरपालिका क्षेत्रमा भने सबैको ध्यान केन्द्रित बनेको छ। यस्तो अवस्थामा कालेबुङ नगरपालिका क्षेत्र झन् अझ सबैको केन्द्रमा रहेको छ। 23 वटा वार्ड रहेको कालेबुङ नगरपालिकामा पाँचवर्ष अघि भाग्य परिक्षाको माध्यमद्वारा टिकट पाएर निर्विरोध चुनाव जित्ने गोजमुमो प्रार्थीहरूले यसपल्ट टिकट पुन: पाउने सम्भावना न्युन रहेको छ। पाँचवर्षको कार्यकालमा उनीहरूले जनताको हितमा राम्रो कार्य गर्न नसकेको गोजमुमो पार्टीका कार्यकर्ताहरूले नै गुनासो गरिरहेका छन्। यस्तो अवस्थामा पुन: अघिका वार्ड पार्षदहरूलाई नै मोर्चा नेतृत्वले टिकट दिए पार्टीकै निम्ति हानिकारक हुने स्पष्ट छ।
कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूमा मोठ 36 हजार 6 सय 1 जना मतदाता रहेका छन् भने 18 हजार 1 सय 14 जना पुरुष अनि 18 हजार 4 सय 87 जना महिला मतदाताहरू रहेका छन्। 23 वटा वार्डमा मोठ 46 वटा मतदान केन्द्र रहनेछन् जहाँ मतदाताहरूले आगामी 14 मईका दिन मतदान गर्नेछन्। सबैको केन्द्रबिन्दुमा रहेको कालेबुङ नगरपालिकामा वितेको विधानसभा चुनावमा जन आन्दोलन पार्टीले 23 वटा वार्ड मध्ये 17 वटा वार्डमा आधिपत्य जमाउन सकेको थियो भने सत्तासिन राजनैतिक दल गोजमुमो पार्टीले केवल 6 वटा वार्डमा मात्रै बहुमत प्राप्त गरेको थियो। विधानसभा चुनावमा 23 मध्ये 17 वटा वार्डमा आधिपत्य जमाउने जन आन्दोलन पार्टीलाई यसपल्ट गोजमुमो पार्टी मात्र चुनौति नभएर तृणमूल कङ्ग्रेस पनि चुनौति रहेको छ। विधानसभा चुनावमा तृणमूल अनि जाप गठबन्धन भएर चुनाव लडेको थियो भने नगरपालिका चुनावमा तृणमूल अनि जाप छुट्टा-छुट्टै चुनाव लड्ने भएको छ। जसको कारण मत विभाजन हुने स्पष्ट रहेको छ।
कालेबुङ महाविद्यालयमा छात्र सङ्गठनको चुनाव जितेर वोर्ड गठन गर्न सक्षम भएको जन आन्दोलन पार्टीलाई यसपल्टको नगरपालिका चुनाव पार्टीको हार-जित पार्टीको अस्तिवसँग पनि जोडिएको छ। त्यस्तै अवस्था यता तृणमूल कङ्ग्रेसलाई पनि रहेको छ। कालेबुङ जिल्ला र मिरिक महकुमा गठनको ट्रम्प कार्ड देखाउने तृणमूल कङ्ग्रेस नगरपालिका चुनावमा पराजित भए पहाडका जनताले तृणमूललाई कहिल्यै स्वीकार गर्दैन भन्ने पनि स्पष्ट बन्नेछ। यस्तो अवस्थामा गोजमुमो पार्टीलाई पनि नगरपालिका चुनाव अस्तित्वकै लडाई रहेको छ। गोर्खाल्याण्डको भावनात्मक कुरा गरेर विधानसभा र लोकसभा चुनाव जित्ने मोर्चालाई नगरपालिका चुनावमा गोर्खाल्याण्डको मुद्दामा जनताले भोट हाल्ने छैनन् नै। यस्तो अवस्थामा नगरपालिका चुनावमा मोर्चा पराजित भए राजनैतिक अन्तको सुरुआतको सङ्केत समेत बन्ने अवस्था रहेको छ। यस्तो अवस्थामा गोर्खा जनमुक्ति मोर्चा, जन आन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेस टिकटका निम्ति पार्टीभित्र एकाधिक चुनाव लड्न तम्सिरहेका कार्यकर्ताहरूलाई थम्थमाएर योग्य अनि स्वच्छ छवि भएका इमान्दार प्रार्थीको खोजिमा लागिपरेका छन्। यसको कारण नामाङ्कन पत्र दर्ता गर्ने समय सुरु हुँदा समेत चुनावी एजेण्डा बोकेको घोषणा पत्र अनि प्रार्थीहरूको नाउँ घोषणा गर्न असमर्थ बनेको छ।

0 Response to "नगरपालिका चुनाव: राजनैतिक दलहरूले अझसम्म प्रार्थी घोषणा गर्न सकेनन -- पहिलो दिन कसैले भरेनन् नामाङ्कन पत्र"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.