
चारैवटा नगरपालिकामा मोर्चाले बोर्ड बनाउने दाबी ..... चुनौती अरु पार्टी होइन आफ्नै उम्मेद्वारहरू धेर भएकाले छन्-विमल गुरुङ
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १४ अप्रेल। नगरपालिका चुनावमा गोजमुमो पार्टीले पहाडका चारवटै नगरपालिकामा विजयी बनेर बोर्ड बनाउनेछ’ – उक्त दाबी मोर्चा प्रमुख विमल गुरुङले गरेका हुन्। यहाँको वारनिङ् गोलाई स्थित पत्रकारहरूसँगको भेटघाटमा सोधेको एक प्रश्नको उत्तर दिने क्रममा गुरुङले उक्त दाबी गरेका हुन्।
यसक्रममा उनले हाल आफुले आगामी १४ अप्रेलका दिन सम्पन्न हुने नगरपालिका चुनावलाई लिएर रणनीति बनाउने कार्य गरिरहेको बताएका छन्।
‘नगरपालिका चुनावमा बोर्ड बनाउने सपना अन्य राजनैतिक दलहरूले नदेख्दा हुनेछ। मोर्चाले निश्चित बोर्ड बनाउनेछ। हामी बोर्ड बनाएर बङ्गाललाई गतिलो जवाब दिन चाहन्छौँ’ विमल गुरुङले अझ भने। उनले पत्रकारहरूसँगको कुराकानीमा नगरपालिका चुनावमा अन्य राजनैतिक पार्टीहरू मोर्चाका निम्ति चुनौति नरहेको पनि दाबी गरेका छन्।
‘गोजमुमो पार्टीलाई अन्य राजनैतिक दलहरूसँग कुनै चुनौति छैन। हामीलाई चुनौति भनेको हाम्रै उम्मेद्वारहरूसँग रहेको छ। धेरैजनाले टिकट पाएर चुनाव लड्ने भनिरहेका कारण पार्टीकै उम्मेद्वारहरू चुनौति हो। यसलाई चाँडै समाधान गरिनेछ’ विमल गुरुङले अझ भने। उनले विभिन्न स्थानहरूको भ्रमण गरेर जनताको मनोभावलाई आफुले गम्भिरतासँग बुझेको कारण जनताले नगरपालिका चुनावमा जातिय एकताको परिचय दिँदै गोजमुमो पार्टीलाई नै वोर्ड बनाउने स्थानमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। यद्यपी आगामी नगरपालिका चुनाव विगतका दिनहरूको चुनाव जस्तो सहज नहुने कुरा पनि मोर्चा प्रमुख विमल गुरुङले स्वीकार गरेका छन्।
‘जसरी हिजका दिनमा हामीले चुनाव जितेका थियौँ त्यस्तो सहज परिस्थिति आज छैन। हामीलाई विभाजनको नीति गर्ने बङ्गालसँग लडेर देखाउनु छ। चुनावमा धेरै परिणामले जितेर बङ्गाललाई देखाउनु हाम्रो निम्ति चुनौति हो’ विमल गुरुङले अझ भने। चुनावमा बिजय बन्नका निम्ति मात्रै हो भने मोर्चाले सहजै बिजयी हासिल गर्ने भएको दाबी गर्दै मोर्चालाई केवल चुनाव जित्नसँग सरोकार नराखेर बङ्गाल सरकारको विभाजन नीतिलाई परास्त गर्न पनि चुनावलाई गम्भिरसँग हेरेको गुरुङले बताएका छन्।
अर्कोतर्फ गुरुङले जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीलाई नगरपालिका चुनावमा आफ्नो अनि पार्टीको स्वाभिमानलाई बचाएर राख्नका निम्ति कुनै पनि राजनैतिक दलहरूसँग गठबन्धन नगर्ने सुझाव दिएका छन्। ‘डा. हर्कबहादुर छेत्रीलाई आफ्नो पार्टीको स्वाभिमान बचाएर राख्न चाहन्छन् भने कुनै पार्टीसँग पनि गठबन्धन नगरी नगरपालिका चुनाव लडेर देखाओस्। हामी उनीहरूलाई स्वागत गर्छौँ’ विमल गुरुङले भने। यसक्रममा उनले नगरपालिका चुनावमा जन आन्दोलन पार्टी मोर्चाका निम्ति उत्तिसाह्रो खतरा रहेको बताउँदै बङ्गाल सरकारको विभाजन नीति भने पहाडवासीका निम्ति खतरा हो भने। हाल पार्टी कार्यकर्ताहरू तृणमूल स्तरमा गएर कार्य गरिरहेको बताउँदै सम्पूर्ण कार्यकर्ताहरूको मनोभावलाई बुझेर चाँढै प्रार्थीहरूको नामावली घोषणा गर्ने पनि विमल गुरुङले जानकारी दिएका छन्
0 Response to "चारैवटा नगरपालिकामा मोर्चाले बोर्ड बनाउने दाबी ..... चुनौती अरु पार्टी होइन आफ्नै उम्मेद्वारहरू धेर भएकाले छन्-विमल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.