
स्व. अगमसिंह गिरी पुरस्कार २०१६ले स्रष्ट्राहरू सम्मानित ..... जिउँदै रहँदा सम्मान गर्नु ठुलो कार्य हो – विमल गुरुङ
![]() |
अर्जुन प्रधान |
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, १३ अप्रेल। सूचना एवम् सांस्कृतिक विभाग, गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको आयोजनामा साहित्य अनि सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने स्र्ष्टाहरूलाई गिरी पुरस्कार २०१६ ले सम्मानित गरिएको छ। साहित्यको क्षेत्रबाट नागरी फार्म निवासी अर्जुन प्रधान अनि सङ्गीतको क्षेत्रबाट सिलगडी निवासी अशोक राईलाई गिरी पुरस्कार २०१६ ले सम्मानित गरिएको हो।
स्व. अगमसिंह गिरीको नाउँमा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनद्वारा प्रदान गरिन्दै आइरहेको उक्त पुरष्कारको घोषणा अगावै गरिएको थियो भने आज यहाँको एसयुएमआई विद्यालयको प्राङ्गनमा आयोजित कार्यक्रमबाट सम्मान प्रदान गर्ने कार्य भएको हो।
![]() |
अशोक राई |
सोहि अवसरमा नेपाली साहित्यका वरिष्ठ साहित्यकार डा, लक्खी देवी सुन्दासलाई जीवन पूर्वकालीन पुरस्कारले सम्मानित गरिएको छ। कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख विमल गुरुङको बाहुलीबाट सर्वप्रथम डा. लक्खी देवी सुन्दासलाई नगद राशी दुई लाख, स्मृति चिन्ह अनि प्रशस्ति पत्र प्रदान गरेर जीवन पूर्णकालीन पुरस्कारले सम्मानित गर्ने कार्य भएको थियो।
![]() |
डा. लक्खिदेवी सुन्दास |
यसक्रममा सङ्गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका सिलगडी निवासी अशोक राई अनि साहित्यको क्षेत्रमा योगदान पुर्याउँदै आएका नागरी फार्म निवासी अर्जुन प्रधान मुख्य अतिथि विमल गुरुङको बाहुलीबाट नगद 1 लाख रूपियाँ सहित दोसल्ला ओडाएर, स्मृति चिन्ह, अनि सम्मान पत्र प्रदान गरि गिरी पुरस्कार २०१६ ले सम्मानित गरिएको थियो। यसका साथै कार्यक्रममा अन्तराष्ट्रिय धाविका रोशनी राईलाई नगद राशी तीन लाख अनि राष्ट्रिय स्तरका ब्याड्मिन्टन खेलाडी एमिलिना छेत्रीलाई नगद राशी पचास हजार लगायत स्मृति चिन्ह जीटीए प्रमुख विमल गुरुङको बाहुलीबाट प्रदान गरेर नागरिक सम्मान जनाउने कार्य सम्पन्न भएको थियो।
![]() |
रोशनी राई |
यता जीवन पूर्वकालीन पुरस्कारले सम्मानित भएपछि वरिष्ठ साहित्यकार डा. लक्खिदेवी सुन्दासले हर्ष प्रकट गर्दै जीटीए प्रति आभार प्रकट गरेकी छन्। अस्वस्थ्य रहेकी सुन्दासले आफुलाई जीटीएले सम्मान गर्ने निम्ति पाएपछि अस्वस्थ्य भए पनि सम्मान ग्रहण गर्न उपस्थिति दिएको बताउँदै जातिय एकताको निम्ति सम्पूर्ण मानिसहरू एकबद्ध भएर अघि बढ्नुपर्ने आह्वान गरिन्।
![]() |
एमिलिना छेत्री |
सोहिक्रममा सङ्गीतको क्षेत्रमा गिरी पुरस्कार २०१६ले सम्मानित भएका अशोक राईले पुराना कुराहरूको स्मरण गर्दै सम्मानित गर्ने जीटीए प्रति आभार प्रकट गरे। ‘हामीलाई उहिले गीत गाउँदा गाउँमा सबैले गिताङ्गे अथवा भजने भन्ने गर्थे। सन् 1957 तिर गोर्खा दु:ख निवारक सम्मेलनमा सङ्गीतको निम्ति तीनवटा पुरस्कार जितेको थिएँ। त्यसबेला घरमा सङ्गीतको मौसम थिएन अनि जितेको पुरस्कार गाई गोठमा लगेर लुकाएको थिएँ’ अशोक राईले पुराना कुराको सम्झना गर्दै भने।
उनले नेपाली साहित्य, सङ्गीत र कला धनी रहेको दाबी गर्दै आफ्नो जातिय साहित्य, सङ्गीत र कलालाई सबैले बचाएर राख्नु आवश्यक रहेको बताए। सोहि अवसरमा साहित्यको क्षेत्रमा गिरी पुरस्कार २०१६ले सम्मानित भएका अर्जुन प्रधानले आफ्नो कृतिको मूल्याङ्कन गरेर पुरस्कार दिएको बताउँदै जीटीए प्रति आभार प्रकट गरेका छन्।
0 Response to "स्व. अगमसिंह गिरी पुरस्कार २०१६ले स्रष्ट्राहरू सम्मानित ..... जिउँदै रहँदा सम्मान गर्नु ठुलो कार्य हो – विमल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.