-->
कालेबुङ नगरपालिकाको निम्ति 3 प्रार्थीको नामाङ्कन रद्द 167 स्वीकार

कालेबुङ नगरपालिकाको निम्ति 3 प्रार्थीको नामाङ्कन रद्द 167 स्वीकार

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, २५ अप्रेल। कालेबुङ नगरपालिका चुनावको निम्ति नामाङ्कन पत्र दर्ता गर्ने प्रार्थीहरूको आज स्क्रुटिनी समाप्त भएको छ। 
आगामी 14 मईका दिन सम्पन्न हुने नगरपालिका चुनावका निम्ति कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूबाट तृणमूल कङ्ग्रेस, मार्क्सवादी कम्युनिष्ट पार्टी, गोर्खा जनमुक्ति मोर्चा, जन आन्दोलन पार्टी अनि निर्दलीय उम्मेद्वारहरू गरेर मोठ 170 जना प्रार्थीहरूले आफ्नो नामाङ्कन पत्र दर्ता गरेका थिए। जसमध्ये गोर्खा जनमुक्ति मोर्चाका एकजना अनि जन आन्दोलन पार्टीका एकजना साथै निर्दलीय प्रार्थीहरूबाट 1 जनाको नामाङ्कन पत्र रद्द भएको छ भने 167 जना प्रार्थीहरूको नामाङ्कन पत्र स्वीकार भएको छ। 
गोजमुमो पार्टीबाट 15 नम्बर वार्डका प्रार्थी सुधा लामाको नामाङ्कन रद्द भएको छ भने जन आन्दोलन पार्टीका 19 नम्बर वार्डका प्रार्थी लक्ष्मी सुनुवारको नामाङ्कन रद्द भएको छ। सोहिक्रममा वार्ड नम्बर 6 का निर्दलीय प्रार्थी बालिका दोर्जीको नामाङ्कन पत्र रद्द भएको छ। 
गोजमुमो अनि जन आन्दोलन पार्टीका दुईजना प्रार्थीहरू क्रमैले सुधा लामा अनि लक्ष्मी सुनुवार कालेबुङ नगरपालिकाको आर्थिक लाभ प्राप्त गर्ने प्रार्थी भएको कारण उनीहरूको नामाङ्कन पत्र चुनाव अधिकारीवर्गले रद्द गरेको छ भने वार्ड नम्बर 6 का निर्दलीय प्रार्थी बालिका दोर्जीले आफ्नो सपथ पत्र दर्ता नगरेको कारण नामाङ्कन पत्र रद्द भएको छ। 
चुनाव अधिकारीवर्गले आज आवश्यक दस्तावेजहरू जाँच गर्ने क्रममा एक एकजना गोजमुमो, जाप अनि निर्दलीय प्रार्थीको नामाङ्कन पत्र रद्द गरेको छ भने 167 जना प्रार्थीहरूको नामाङ्कन स्वीकार गरेको छ। चुनाव आयोगको अधिसूचना अनुसार नामाङ्कन पत्र स्वीकार भएका प्रार्थीहरूले आगामी 26 अनि 27 अप्रेलका दिनभित्रमा आ-आफ्नो नामाङ्कन पत्र फिर्ता लिन सक्नेछन्। दुईदिनभित्रमा नामाङ्कन पत्र भरेका प्रार्थीहरूले नामाङ्कन पत्र फिर्ता लिएपछि चुनाव लड्ने प्रार्थीहरूको अन्तिम सूची जारी गरिने भएको छ। 
आज स्क्रुटिनिको अवधि नामाङ्कन पत्र रद्द भएको सन्दर्भमा चुनाव अधिकारी एवम् महकुमा अधिकारी निर्मलया घरामीले जानकारी दिएका हुन।

Related Posts

0 Response to "कालेबुङ नगरपालिकाको निम्ति 3 प्रार्थीको नामाङ्कन रद्द 167 स्वीकार"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.