-->
जापका 23 जना प्रार्थीहरूले चुनाव अघि लिए सपथ .....जाप तोड्नलाई महागठबन्धन बनिने कार्य हुँदैछ – डा. हर्कबहादुर छेत्री

जापका 23 जना प्रार्थीहरूले चुनाव अघि लिए सपथ .....जाप तोड्नलाई महागठबन्धन बनिने कार्य हुँदैछ – डा. हर्कबहादुर छेत्री

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २८ अप्रेल। ‘जन आन्दोलन पार्टीको विरुद्धमा अहिलेघरी कालेबुङमा महागठबन्धन बनिने कार्य भइरहेको छ। एकातिर जन आन्दोलनको विरुद्धमा जीटीएको सत्तामा गोजमुमो छ भने अर्कोतर्फ राज्यको सत्तामा भएको तृणमूल कङ्ग्रेस छ। दुवैले जापलाई शसक्त बनिएको देख्न चाहँदैन। जापलाई तोड्नका निम्ति राज्यको मन्त्रीहरूसमेत लागेका छन्। यसकारण जनता सचेत बन्नेर बस्ने आह्वान गर्छौँ’ – उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन्। यहाँको टाउन हलमा जापका प्रार्थीहरूलाई परिचय गराउने क्रममा डा. छेत्रीले गोजमुमो, तृणमूल, माकपा अनि क्रामाकपा प्रति एकैसाथमा हमला गर्दै कडा आलोचना गरेका छन।
उनले पहाडमा राज्यको कुनै पनि दलले शसक्त क्षेत्रिय दल बनिएको देख्न नचाहने गरेको दाबी गर्दै जाप सशक्त बनिएको देखेर राज्यका मन्त्रीहरू समेत जाप तोड्न सक्रिय बनेर कालेबुङ धाउने कार्य गरिरहेको आरोप लगाए। ‘कालेबुङका जनताले यदि भ्रष्टचारमुक्त नगरपालिका निर्माण गर्न चाहन्छन् भने जाप भ्रष्टचारमुक्त नगरपालिका दिनका निम्ति तयार छ’ डा. छेत्रीले भने। उनले जापले नगरपालिकामा बोर्ड बनाएको खण्डमा पहिलो प्राथमिकता पिउने पानीलाई दिने पनि स्पष्ट पारेका छन्। ‘जापका प्रार्थीहरूलाई हेरेर जनता ढुक्क बन्नुहोस। यिनीहरू अन्य राजनैतिक दल (गोजमुमो अनि तृणमूल) का जस्तो दुई नम्बरी होइनन्’ डा. छेत्रीले दुवै राजनैतिक दललाई कटाक्ष गर्दै भने। यसक्रममा उनले यसपल्ट जन आन्दोलन पार्टीले पहाडमा एउटा इतिहास लेख्ने कार्य गरिरहेको पनि दाबी गरेका छन्। उनले जापलाई तोड्ननै निम्ति माकपाले दुईजना प्रार्थी फिर्ता लिएको अनि मोर्चा प्रार्थीलाई समर्थन गरेको पनि आरोप लगाएका छन्। यसका साथै क्रामाकपाले पनि केहि दिन अघि मात्रै जनसभा आयोजना गरेर ‘डा. हर्कबहादुर छेत्रीले ममता ब्यानर्जीलाई पहाडमा भित्राएको हो’ भनि आरोप लगाउनु प्रायोजित कार्यक्रम हो भने। ‘कम से कम क्रामाकपाका साथीहरूले राम्रो बुझ्छन् भनेको त उनीहरूले पनि अरुकै प्रायोजनामा सभा गरेर जापलाई तोड्नकै निम्ति सहयोग गरिरहेका थिएछन् भन्ने स्पष्ट भयो’ डा. छेत्रीले भने।
‘जन आन्दोलन पार्टीले कालेबुङलाई राज्यकै मानचित्रमा महत्वपूर्ण ठाउँमा उभ्याइदिएको छ। आज राज्यका मन्त्रीहरू कालेबुङ नगरपालिका चुनावका निम्ति धाउनुपर्ने स्थितिमा छन्। ‘जाप र तृणमूल एउटै हो’ भन्दै तृणमूलका भाइहरूले चुनाव प्रचार पनि गर्दै गरेको सुन्दैछौँ। हामी स्पष्ट भन्छौँ, जापको तृणमूलसँग विचार, सिद्धान्त केहि मिल्दैन। यसकारण हामी चुनावमा एक्लै लडिरहेका छौँ’ जाप अध्यक्ष डा. छेत्रीले भने। उनले हाल तृणमूल नेताहरूले कालेबुङ नगरपालिकामा जापले बोर्ड गठन गरे सरकारबाट पैसा प्राप्त हुनेछैन भन्ने अफवाह फैलाएर जनतामाझमा भ्रम सिर्जना गर्ने कार्य गरिरहेको आरोप लगाउँदै ‘सरकार मालिक होइन, जनताले ट्याक्सका रुपमा बुझाएको पैसालाई सरकारले कसरी दिँदैन हामी हेर्नैछौँ। चाहे कानुनको सहयता लिन परे पनि हामी पछि पर्दैनौँ’ डा. छेत्रीले भने। ‘हामी जनतालाई आफ्नो अधिकार छात्ति फुकाएर लिने बनाउनेछौँ भिखारी जस्तो शिर निहुराएर हिँड्ने होइन’ डा. छेत्रीले भने। जापले नगरपालिकामा बोर्ड बनाएको खण्डमा गुण्डाराजको समाप्त गर्ने दाबी पनि छेत्रीले गरेका छन्। ‘शहरमा गुण्डा ट्याक्स उठाउने कार्य हामी बन्द गर्नेछौँ। कमिशन खाने प्रथालाई समाप्त गर्नेछौँ। यसकारण जनताले आफ्नो जिम्मेवारी बुझ्ने अपिल गर्छौँ’ डा. छेत्रीले अझ भने। उनले कालेबुङ नगरपालिका क्षेत्रमा पिउने पानीको विकट समस्यालाई समाधान गर्ने पहिलो प्राथमिकता दिएको बताउँदै शहरका विभिन्न स्थानहरूमा हाईड्रेन निर्माण गर्ने पनि बताएका छन्।
            डा. छेत्रीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जाप प्रार्थीहरूले सुटुक्कै नामङ्कन भरेर हल्ला गर्न नचाहेको स्पष्टिकरण दिँदै चुनाव जितेको दिन मात्रै उत्सव मनाउने पनि जानकारी गराएका छन्। यसक्रममा गोजमुमो अध्यक्ष विमल गुरुङले यसपालिको नगरपालिका चुनाव गोर्खाल्याण्ड माग्नेहरू र गोर्खाल्याण्डका विरोधीहरूमाझ रहेको बयान दिएको बताउँदै त्यसको खण्डन गरेका छन्। उनले विमल गुङको उक्त वयानको खण्डन गर्दै भने  “यो गोर्खाल्याण्डलाई नाराको रुपमा लगाएर माग्ने थाङ्नेहरूको विरुद्धमा अन्तरहृदयबाट गोर्खाल्याण्ड माग्नेहरूको आन्दोलन हो। यो वक्तव्य मात्रै दिनेहरूको विरुद्धमा कर्तव्यमा उत्र भन्नेहरूको आन्दोलन हो।  
यता जन आन्दोलन पार्टीले कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूबाट चुनावी मैदानमा उतारेका प्रार्थीहरूलाई आज टाउन हलमा एउटा कार्यक्रम आयोजना गरेर परिचय गराएको छ। चुनाव प्रचार सुरु गर्न अघि जापले प्रार्थी परिचयको कार्यक्रम आयोजना गरेर नगरपालिका चुनावका निम्ति सपथ ग्रहण पनि गरेको छ। यस अवसरमा जाप अध्यक्ष डा. छेत्री, अनमोल प्रसाद लगायत सम्पूर्ण प्रार्थीहरूसँगै कार्यकर्ताहरूले पनि सपथ ग्रहण गरेका थिए। सर्वप्रथम कालेबुङ नगरपालिकाको विभिन्न वार्डहरूबाट चुनावी मैदानमा खडा भएका जन आन्दोलन पार्टीका प्रार्थीहरूलाई जनता समक्ष प्रस्तुत गरेर परिचय गराउने कार्य सम्पन्न भएको थियो। यस अवसरमा जाप ब्युरो सदस्य अनमोल प्रसाद लगायत अन्य वक्ताहरूले आगमी नगरपालिका चुनावमा जन आन्दोलन पार्टी जनतालाई दह्रो विकल्पको रूपमा मौका प्रदान गर्न अघि आएको बताउँदै यसपल्ट गल्ति गर्न नहुने आह्वान गरेका छन्। 

Related Posts

0 Response to "जापका 23 जना प्रार्थीहरूले चुनाव अघि लिए सपथ .....जाप तोड्नलाई महागठबन्धन बनिने कार्य हुँदैछ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.