नगर पालिका चुनावको सम्भावित मिति सार्वजनिक ........ एसिड टेस्टको निम्ति तयार छन् त राजनैतिक दलहरू ?
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 15 मार्च। अब पालो नगरपालिका चुनावको आइपुगेको छ। पश्चिम बङ्गाल सरकारको नगर विकास मन्त्रालयले राज्यको मोठ 7 वटा नगरपालिकाहरूमा चुनाव गराउने तयार रहेको स्पष्टिकरण राज्य चुनाव आयोगलाई दिएको छ। राज्यको चुनाव आयोगले नगरपालिका चुनाव गराउनका निम्ति सरकारबाट स्पष्टिकरण पत्र प्राप्त गरिसकेपछि अब राज्य चुनाव आयोगले चाँडै नगरपालिका चुनावको मिति घोषणा गर्ने सम्भावना रहेको छ।
राज्य सरकारले 7 वटा नगरपालिका क्षेत्रमा नगरपालिका चुनाव गराउन राज्य चुनाव आयोगलाई विशेष गरेर मितिहरूको पनि सुझाव दिएको छ। राज्य सरकारले आगामी 17 अप्रेल चुनावको अधिसूचना जारी गर्नुपर्ने, 24 अप्रेल नामाङ्कनको अन्तिम मिति हुनपर्ने अनि 14 मईको दिन चुनाव गराउनपर्ने मितिहरूको सुझाव दिएको छ। राज्य सरकारबाट स्पष्टिकरण प्राप्त गरिसकेपछि अब राज्य चुनाव आयोगले नगरपालिका चुनावको अन्तिम अधिसूचना जारी गर्नेछ त्यसपछि मात्रै नगरपालिका चुनावको मिति स्पष्ट बन्नेछ।

नगरपालिका चुनावलाई लिएर यसपल्ट पहाडको राजनीतिमा सबैको चासो बढेर गएको छ। 7 वटा नगरपालिका क्षेत्रको चुनावमध्ये चारवटा नगरपालिका चुनाव पहाडमा हुने भएको छ। दार्जीलिङ जिल्लाको दार्जीलिङ, खर्साङ अनि मिरिक नगरपालिका बाहेक कालेबुङ जिल्लाको कालेबुङ नगरपालिका साथै दोमकल, पुजाली लगायत रायगञ्जमा नगरपालिका चुनाव आगामी 14 मईको दिन हुने प्राय: निश्चित भएको छ। नगरपालिका चुनाव गराउनका निम्ति राज्यको चुनाव आयोगले नगर मन्त्रालयलाई लेखेको पत्रको जवाबमा नगर विकास मन्त्रालयले राज्यको 7 वटा नगरपालिका क्षेत्रमा चुनाव गराउन तयार रहेको बताउँदै यसबारे राज्य चुनाव आयोगले चुनाव गराउन सक्ने स्पष्टिकरण दिएको हो।
राज्य सरकारले नगरपालिका चुनाव गराउनको निम्ति सरकार तयार रहेको स्पष्टिकरण दिएपछि अब नगरपालिका चुनावलाई लिएर दार्जीलिङ पहाड लगायत कालेबुङ जिल्लामा चुनावी मौसम तातिने छाँट देखा परेको छ। किनभने कालेबुङ जिल्ला गठन गरेर तृणमूल कङ्ग्रेसलाई जिल्ला गठनको ट्रम्प कार्ड देखाएर नयाँ जिल्लामा पार्टीको अस्तित्व देखाउनु रहेको छ भने गोजमुमो पार्टीलाई आफ्नो वर्चस्व कायम रहेको देखाउनु पर्ने अवस्था रहेको छ। यस्तो अवस्थामा गोजमुमो पार्टीबाट बगावत गरी जिल्लाको मुद्दा बोकेर निस्केका डा. हर्कबहादुर छेत्री अनि उनका जन आन्दोलन पार्टीलाई पनि नगरपालिका चुनावमा सत्ता कब्जा गरेर पहाडमा पार्टीको बिस्तार गर्नुपर्ने अवस्था रहेको छ|
यतिमात्र नभएर नगरपालिका चुनावको समाप्ति पछि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको पनि मियाद समाप्त हुन लागेको छ। जसलाई मध्यनजर राखेर राजनैतिक चश्माले हेरे यो नगरपालिका चुनाव गोर्खा जनमुक्ति मोर्चा, तृणमूल कङ्ग्रेस अनि जन आन्दोलन पार्टीको निम्ति एसिड टेस्ट बन्नेछ। जुन टेस्टमा राजनैतिक दलले नगरपालिकामा आफ्नो झण्डा गड्न सक्नेछन् त्यही दल नै जीटीएको बागडोर सम्हाल्न पुग्ने सम्भावना पनि बलियो बनेर जाने स्पष्ट बनेको छ।
सबैको केन्द्रबिन्दुमा रहेको नव गठित कालेबुङ जिल्लाको कालेबुङ नगरपालिकामा विशेष गरेर गोजमुमो, जन आन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेसको निम्ति अग्नि परिक्षा सम्पन्न हुनेछ। वितेको विधानसभा चुनावमा कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरू मध्ये 17 वटा वार्डहरूमा आफ्नो आधिपत्य जमाउने जन आन्दोलन पार्टीले यसपल्ट कठोर चुनावी लडाई लड्नपर्नेछ। यो चुनाव जापको निम्ति हार जीतको लडाई मात्र नभएर पार्टीको अस्तित्वको लडाई पनि हुनेछ। यदि नगरपालिका चुनावमा जाप पराजित भयो भने पार्टीको अस्तित्वनै मेटिने सम्भावना रहेको छ।
कालेबुङ जिल्ला गठनको ‘ट्रम्प’ कार्ड बोकेर लगातार फैलिरहेको तृणमूल कङ्ग्रेसको निम्ति पनि नगरपालिका चुनाव उत्तिकै जटिल रहेको छ। जापसँग दुरी बनाएको तृणमूल कङ्ग्रेस आफ्नै बुतामा चुनाव लड्ने ताकमा रहेको छ। जिल्ला गठनको श्रेयले नगरपालिकामा बिजयी हुने सपना समेत तृणमूल नेताहरूले सजाएका छन्। यस्तो अवस्थामा पार्टी हाई कमाण्डले चुनाव लड्ने आदेश दिने हो होइन भन्ने आजसम्म तय भएको छैन। यदि एक्लै चुनाव लडेको खण्डमा तृणमूलको निम्ति पनि बाटो भने काँडाकै रहेको छ। गोर्खाल्याण्ड राज्यको ठाडो विरोध गर्ने राजनैतिक दलको रूपमा परिचित तृणमूल कङ्ग्रेसलाई जनताले आफ्नो पार्टी पटक्क सम्झने गरेका छैनन्। यस्तो अवस्थामा तृणमूल कङ्ग्रेस नगरपालिका चुनाव लडेर पराजित भए जनताले तृणमूललाई स्वीकार गर्दैन भन्ने स्पष्ट बन्नको साथै पहाडमा तृणमूल फस्टाउँदैन भन्ने पनि स्पष्ट बन्नेछ।
आजसम्म पहाडको सत्तामा बसेको गोजमुमो पार्टीलाई पनि नगरपालिका चुनाव सजिलो भने पटक्क रहेको छैन। पाँचवर्षको कार्यकालमा नगरपालिका क्षेत्रको मूलभूत समस्याहरू समेत समाधान गर्न नसक्ने गोजमुमो पार्टीलाई विधानसभा चुनावमा नै जनताले नगरपालिका क्षेत्रबाट लत्याएका छन्। जसको पूर्ण फाइदा जन आन्दोलन पार्टीलाई मिलेको छ।
देखाउनलाई उदाहरणीय विकासको कार्य गर्न नसकेको गोजमुमो पार्टीलाई विकासको नाराले नगरपालिकाको सत्तामा पुग्नु निकै गाह्रो पर्नेछ। 23 वटा वार्डहरूको कुनै पनि ठाउँमा व्यवस्थित नाली समेत बनाउन नसक्ने गोजमुमो पार्टीलाई जनताले भोट् दिने हो होइन चुनाव पछि नै स्पष्ट हुनेछ। यदि यसपल्ट नगरपालिका चुनावमा गोजमुमो पार्टीले आफ्नो सत्ता गुमाए त्यसको परिणाम जीटीए चुनावमा समेत भोग्न पर्ने स्पष्ट बनेको छ। यस्तो अवस्थामा नगरपालिका चुनाव राजनैतिक दलहरूको निम्ति एसिड टेस्ट नै बन्नेछ।

0 Response to "नगर पालिका चुनावको सम्भावित मिति सार्वजनिक ........ एसिड टेस्टको निम्ति तयार छन् त राजनैतिक दलहरू ?"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.