
मोर्चाको शाषणमा नगरपालिकामा व्यापक भ्रष्टचार भएको जापको आरोप

विशेष गरेर कालेबुङ नगरपालिकाको वार्ड नम्बर 22, 23,
15 अनि 16 का वासिन्दाहरूलाई कालेबुङ शहरसँग जोड्ने ईस्ट मेन रोड पुन: निर्माणको निम्ति जन आन्दोलन पार्टीले मागेको सूचनाको अधिकारको रिपोर्टमा 55 लाख 33 हजार 6 सय 74 रूपियाँ अनुमोदन भएको उल्लेख गर्दै उक्त सडक पुन: निर्माण भएको केहि महिना पछि नै भत्किएको आरोप लगाएको छ। सडक निर्माणको निम्ति ठेकादारहरूले निम्न स्तरीय परिणाम भएको सामग्री प्रयोग गरेको अनि व्यापक भ्रष्टचार गरेको कारण नै सडक राम्रो निर्माण नभएको पार्टीले दाबी गरेको छ।
सोहि कुरालाई मध्यनजर राखेर वर्तमानमा नगरपालिकाको जिम्मेवारी लिएका नगर प्रशासन एवम् महकुमा अधिकारीलाई यसबारे उजुरी गर्दै यथाशिघ्र कार्यवाही गर्नुपर्ने जन आन्दोलन पार्टीले माग गरेको छ।
यसबारे बोल्दै जन आन्दोलन पार्टीको युवा एकाईका सचिव अमिर बस्नेतले नगरपालिका प्रशासनले उल्लेखित बाटोको निरीक्षण गरेर जाँच कार्य आरम्भ गर्नुपर्ने माग गरेका छन्। ‘यहाँ जनताको पैसा लुट्ने कार्य भइरहेको छ। विगतमा गोजमुमो पार्टीको नगरपालिकामा बोर्ड हुँदा निर्माण गरिएको सडकहरू आज केहि महिना बित्दानै भत्किएर गएको छ। निम्नस्तरीय कार्यको कारण नै उक्त सडक यसरी भत्किएको हो। लाखौँ रूपियाँको ठेका लिएर जनताको पैसालाई भ्रष्टचार गर्ने कार्यलाई जन आन्दोलन पार्टीले सहन गर्नेछैन। यसकारण हामी उक्त सम्पूर्ण कार्यको जाँच हुनपर्ने माग गर्छौँ’ अमिर बस्नेतले भने।
गोजमुमो नेतृत्ववर्ग प्रति पनि निशाना गर्दै अमिर बस्नेतले आफ्नो सम्बोधनमा आज जनताले गोजमुमो त्याग्नुको मूल कारण पनि गुणस्तरीय कार्य नगरेर जनताको पैसालाई भ्रष्टचार गरेको हो भनि दाबी गरे।
‘आज नेताले जनता खोजेर कालेबुङ आउनुपर्ने
स्थिति भएको छ। यदि नेताले जनताको पैसालाई राम्रो कार्यमा लगाएको भए जनता खोज्नपर्ने स्थिति आउने थिएन। काम राम्रो गर्नुपर्छ जनताले नेता खोज्दै आउनेछन्’
अमिर बस्नेतले गोजमुमो अध्यक्ष विमल गुरुङको कालेबुङ भ्रमण प्रति कटाक्ष गर्दै भने। उनले मोर्चाको कार्यकालमा कालेबुङ नगरपालिकामा व्यापक भ्रष्टचार भएको आरोप लगाउँदै उक्त सम्पूर्ण आरोपहरू सूचनाको अधिकार मार्फत प्राप्त जवाबको आधारमा लगाएको पनि स्पष्ट पारे।
‘सूचनाको अधिकारले भ्रष्टचारको प्रमाण पाउन हामी सक्षम भएका छौँ। जनताको पैसा भ्रष्टचार गर्नेहरूलाई हामी न्यायालयमा उभ्यानेछौँ’ अमिर बस्नेतले चेतावनी दिए।
0 Response to "मोर्चाको शाषणमा नगरपालिकामा व्यापक भ्रष्टचार भएको जापको आरोप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.