
मध्यराती आग्लागीको चपेटमा परेर एउटा घर स्वाह
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 23 अप्रेल। बुधबार मध्यराती कालेबुङ शहर स्थित 11 माइलमा आगलागी हुँदा एउटा घर पूर्णरूपले जलेर स्वाह भएको छ। घट्ना राती लगभग साँढे एघार बजेतिर भएको हो। प्राप्त जानकारी अनुसार मध्य राती नरेस लामगादे सुतीरहेको समयमा गाउँका मानिसहरूले उनको घरमा भयावह आगलागी भएको देखेपछि गाउँलेहरूले हल्लाखल्ला मच्चाएको थिए।
गाउँलेहरूले हल्ला मच्चाए पछि पिढीत नरेस लामगादे उठ्दा आफ्ना घरलाई आगोले आफ्नो चपेटमा लिइसकेको थियो। यस्तो अवस्थामा गाउँलेहरूले आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरेपनि आगोलाई नियन्त्रणमा लिन सकेनन जसको कारण आगोले घरलाई पूर्णरूपले क्षतिग्रस्त बनायो। घट्नाबारे जानकारी पाउनसाथै कालेबुङ आग्निसमन विभागका दुईवटा दमकल घट्ना स्थलमा आएर आगोलाई नियन्त्रणमा ल्याउने कार्य गरेको थियो।
अग्निसमन विभागको सक्रियतामा आगोलाई नियन्त्रणमा ल्याउने कार्य गरे पनि उक्त घरभने जलेर क्षतिग्रस्त भएको छ। जसको कारण घरभित्रका सम्पूर्ण कागज-पत्र लगायत पैसा अनि अन्य मूल्यवान सम्पतीहरू पनि जलेर नष्ट भएको छ। आगोको चपेटमा परेर केहि समय अघि आफ्ना पिताको अन्त्येष्टि कार्यमा उठेको पैसाहरू पनि जलेर नष्ट भएको नरेस लामगादेले बताएका छन्।
आगलागीको कारण पिढीत नरेश लामगादेको लगभग 5 लाख रूपियाको नोक्सानी भएको बताइएको छ।
अर्कोतर्फ आगोको चपेटमा परेर केसाङ छिरीङ भोटीया सामान्य घाइते भएका छन्। आगोले उग्र रूप लिए पछि केसाङ छिरिङ भोटियाले घरभित्र रहेको सिलिण्डर विस्फोट भएर अन्यत्र पनि आगो फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर उक्त सिलिण्डर निकाल्न पसेका थिए। सोहि समय आगोले उनलाई पनि चपेटमा लिँदा सामान्य घाइते भएको हो।
यता आगलागीको घट्नापछि घट्ना स्थलमा कालेबुङ पुलिसको टोलि पनि पुगेको थियो भने आज कालेबुङ आपदा प्रबन्धन विभागका प्रतिनिधिवर्गले पिढीत परिवारका सदस्यवर्गलाई भेटेर राहत सामाग्री प्रदान गरेका छन्। रातीको समयमा भएको आगलागीको कारणबारे स्पष्ट थाह लाग्न नसके पनि सर्ट सर्किटको कारणले नै उक्त घट्ना भएको हुनसक्ने अनुमान गरिएको छ।
0 Response to "मध्यराती आग्लागीको चपेटमा परेर एउटा घर स्वाह"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.