-->
गोजमुमो पार्टीलाई गतिलो झट्का ..... अस्थायी कर्मचारी सङ्गठका सम्पूर्ण सदस्यवर्गले दिए सामुहिक राजीनामा

गोजमुमो पार्टीलाई गतिलो झट्का ..... अस्थायी कर्मचारी सङ्गठका सम्पूर्ण सदस्यवर्गले दिए सामुहिक राजीनामा

(दाहिनेबाट) नवगठित पे-व्याण्ड कर्मचारी सङ्गठनका सचिव प्रविण छेत्री अनि अध्यक्ष के.सी राई 
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 24 फरवरी। पार्टीको ओहोर दोहोर भैरहेता पनि भातृ संगठनलेनै राजीनामा दिने क्रममा पुन: एकचोटि गोर्खा जनमुक्ति मोर्चालाई गतिलो झट्का लागेको छ। पार्टीको भातृ सङ्गठनमा रहेर कार्य गर्दै आएका जनमुक्ति अस्थायी कर्मचारी सङ्गठन कालेबुङ जिल्लाका सम्पूर्ण सदस्यवर्गले आज पार्टीबाट् सामुहिक राजीनामा दिँदै स्वतन्त्र रूपने बस्ने निर्णय गर्दै पे-व्याण्ड कर्मचारी सङ्गठन गठन गरेपछि गोर्जमुमो पार्टीलाई गतिलो झट्का लागेको हो।
यता अस्थायी कर्मचारी सङ्गठनका सदस्यवर्गले पार्टीबाट सामुहिक राजीनामा दिएपछि गो
र्खा जनमुक्ति मोर्चामा गतिलो रूपले पैह्रो जाने क्रम पनि अघि बडेको छ। 
आजसम्म गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठनको रूपमा रहेको जनमुक्ति अस्थायी कर्मचारी सङ्गठन कालेबुङ शाखाले मोर्चालाई त्यागेर स्वतन्त्र बस्ने निर्णय लिँदै पार्टीलाई सामुहिक राजीनामा सुम्पने निर्णय गरेपछि गोजमुमो पार्टीभित्र व्यापक पैह्रो गएको स्पष्ट बनेको छ। 
गत सालमात्र गोजमुमोको भोलण्टियर शिक्षकहरुको भातृ संगठन जनमुक्ति असुरक्षित सेकेंडेरी टिचर्स अर्गनाइजेसन (जिस्टो) ले गोजमुमो त्यागेर स्वतंत्र संगठन सेकेन्डेरी टेम्पोरेरि टिचर्स अर्गनाइजेसन एसटीटीओ) खोलेका थिए । पछिबाट 8 दिसम्बर 2016 को दिन प्राय 500 जना सबैले तृणममूल कांग्रेसको सदस्यता ग्रहण गरेर गोजमुमोलाई लोप्पा ख्वाएको थियो। 
कालेबुङ जिल्ला गठनपछि जनमुक्ति अस्थायी कर्मचारी सङ्गठनको आज टाउनहलमा सम्पन्न भएको प्रथम सभामा गोजमुमो पार्टीलाई त्याग्ने निर्णय सँगै नयाँ तदर्थ समिति समेत गठन गरेको छ। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थ विभिन्न विभागहरूमा कार्यरत अस्थायी कर्मचारीहरूलाई जीटीए गठनको लगभग पाँचवर्ष पुग्न लाग्दा समेत स्थायीकरण गर्ने कार्य नगरेपछि आखिरमा कालेबुङका सम्पूर्ण अस्थायी कर्मचारीवर्गले पार्टीलाई नै त्यागेका हुन्। 
लगभग 950 भन्दा अधिक सदस्यहरू रहेको जनमुक्ति अस्थायी कर्मचारी सङ्गठनबाट केहि दिन अघि मात्रै लगभग 1 सय भन्दा अधिक कार्यकर्ताहरूले पार्टी त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भएपछि आखिरमा यता कालेबुङ जिल्लामा रहेका जनमुक्ति अस्थायी कर्मचारी सङ्गठनको अस्तित्वनै मेटिन पुगेको छ। तृणमूल कङ्ग्रेस पार्टीमा सामेल नभएका सम्पूर्ण जनमुक्ति अस्थायी कर्मचारी सङ्गठनका सदस्यहरूले आखिरमा आज गोजमुमो पार्टीको केन्द्रिय समितिलाई समेत सामुहिक राजीनामा दिने निर्णय गर्दै आफुहरूले स्वतन्त्र रूपले पे-ब्याण्ड कर्मचारी सङ्गठन समेत गठन गरेका छन्। 
तीन महिनाको निम्ति गठन भएको पे-व्याण्ड कर्मचारी सङ्गठन तदर्थ समितिका अध्यक्ष के.सी राईले आज जनमुक्ति अस्थायी कमचारी सङ्गठनबाट सामुहिक राजीनामा दिने निर्णय लिएको जानकारी गराउँदै आफुहरूलाई केवल भोट ब्याङ्क मात्र बनाएको आरोप लगाउँदै जनमुक्ति मोर्चाको भातृ सङ्गठनबाट सामुहिक राजीनामा दिँदै पे-व्याण्ड कर्मचारी सङ्गठन गठन गरेको जानकारी दिएका छन्। 
"जनमुक्ति अस्थायी कर्मचारी सङ्गठनलाई आजसम्म केवल भोट ब्याङ्क मात्र बनाउने कार्य भयो। उनीहरूको भातृसङ्गठन भएर काम गरेका थियौँ तर सम्पूर्ण कर्मचारी सङ्गठनका सदस्यवर्गले अब जनमुक्ति कर्मचारी सङ्गठनमा नबस्ने निर्णय गरेपछि हामीले सामुहिक राजीनामा दिँदै पे-व्याण्ड कर्मचारी सङ्गठन बनाएका हौँ। यो सङ्गठन अहिलेलाई स्वतन्त्र रूपले बसेर अस्थायी कर्मचारीहरूको पक्षमा कार्य गर्नेछ" के.सी राईले भने। 
उनले हालमा गठन भएको पे-व्याण्ड कर्मचारी सङ्गठनले स्वतन्त्र रूपमा कार्य गर्ने निर्णय लिएको बताउँदै- "भविष्यमा हाम्रो समस्यालाई जसले समाधान गर्नेछ त्यहीँ सरकारलाई हामी सहयोग गर्नेछौँ तर अहिले भने स्वतन्त्र भएर अस्थायी कमचारीवर्गको निम्ति कार्य गर्नेछौँ" भने। यसैक्रममा यता नवगठित पे-व्याण्ड कर्मचारी सङ्गठनका सचिव प्रविण छेत्रीले चुनौति दिँदै भने "यदि जीटीएले अस्थायी कर्मचारी सङ्गठनको समस्या समाधान गर्छु भन्छ भने उनीहरूले पहिला स्थायीकरण गर्नुपर्छ" । "जीटीएले यदि समस्या समाधान गर्छु भन्छ भने दुईवटा कार्य पहिला गर्नुपर्छ। पहिलो स्थायीकरण अनि दोस्रो मृतकका परिवारवर्गलाई रोजगार " प्रविण छेत्रीले भने।

Related Posts

0 Response to "गोजमुमो पार्टीलाई गतिलो झट्का ..... अस्थायी कर्मचारी सङ्गठका सम्पूर्ण सदस्यवर्गले दिए सामुहिक राजीनामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.