छुट्टै ख्रिष्टिय बिकास बोर्ड गठनको मागमा मन्त्रीलाई ज्ञापन ......ख्रिष्टिय विकास बोर्ड गठन गर्न सरकारको निर्णयमा निर्भर रहनेछ – मन्त्री जेम्स कुजुर
डी.के.वाइबा,कालिमन्युज, कालेबुङ 8 जनवरी। ईसाई समुदायको विकासको निम्ति छुट्टै ख्रिष्टिय विकास बोर्ड गठनको मागमा अल क्रिश्चियन माइनरिटि एसोसिएसनले आज कालेबुङमा जनजाति मन्त्री जेम्स कुजुरलाई भेट गरी ज्ञापन पत्र चढाएका छन्।
एउटा कार्यक्रममा सहभागी बन्न आइपुगेका राज्यका जनजाति मन्त्री जेम्स कुजुरलाई उनीहरूले ईसाई बोर्ड गठनको माग गर्दै आज ज्ञापन पत्र सुम्पेका छन्। कालेबुङको सन्त अगस्टिनमा आयोजित एन्युअल डायोसेसन युथ कन्भेन्सनमा विशेषरूपले सहभागी बन्न आइपुगेका राज्यका जनजाति मन्त्री कुजुरसित भेट गर्दै एसोसिएसनका प्रतिनिधिहरूले पहाडका ख्रिष्ट्रिय समुदायका निम्ति पनि विकास बोर्ड गठन गरिदिनुपर्ने माग गरेका हुन्।
अल क्रिश्चियन माइनरिटि एसोसिएसनकी अध्यक्ष ज्योतिमा सुब्बा, प्रवक्ता एके राई, युनाइटेड क्रिस्चियन माइनरिटी सोसाइटीका सचिव केके राई, तराई ख्रिष्टिय अल्पसङ्ख्यक कल्याण संस्थानका मूल सचिव रोशन डी. लामा, विसप स्टेफन लेप्चा आदिको विशेष उपस्थितिमा मन्त्री कुजुरलाई ख्रिष्टिय विकास बोर्ड गठनको मागमा उक्त ज्ञापन पत्र सुम्पिएको थियो।
यसक्रममा सङ्गठनकी अध्यक्ष ज्योतिमा सुब्बासित प्रश्न गर्दा अन्य जातिगत विकास बोर्ड गठनको साथ साथै ख्रिष्टिय समुदायको विकासका निम्ति पनि पहाडमा छुट्टै ख्रिष्टिय बोर्ड गठन हुनपर्ने मागमा ज्ञापन बुझाएको जानकारी दिएकी छन्। ‘पहाडमा धेरै सङ्ख्यामा ख्रिष्टिय समुदायमा मानिसहरू बसोबासो गर्छन्। उनीहरूको विकासका निम्ति सरकारले जसरी अन्य विकास बोर्डहरू गठन गरेका छन् सोहि अनुसार ख्रिष्टिय समुदायका मानिसहरूका निम्ति पनि छुट्टै बिकास बोर्ड गठन गर्नुपर्ने हाम्रो माग रहेको छ’ सङ्गठनकी अध्यक्ष ज्योतिमा सुब्बाले भनिन्। पश्चिम बङ्गाल सरकारले अल्पसङ्ख्यक समुदायका निम्ति छुट्टै विकास बोर्ड गठन गर्न लागेको अनि त्यस विकास बोर्ड सम्पूर्ण अल्प्सङ्ख्यक समुदायका निम्ति हुने भनिएको कारण ख्रिष्टिय समुदायका निम्ति भने अलग्गै हुनपर्ने मागमा आफुहरूले ज्ञापन बुझाएको पनि सुब्बाले अझ जानकारी दिएकी छन्।
यसक्रममा आज मन्त्री जेम्स कुजुरसँग भेटवार्ता गरी कुराकानी गर्दा उनले पनि सकारात्मक पहल गरिदिने आश्वासन दिएको थप उनले बताइन्। ‘हामी सम्पूर्ण ख्रिष्टिय धर्मनुरागीहरू सबै एकक्षत्र एउटा सिङ्गो सङ्गठनमा बाँधिएका छौँ। सबैको कल्याणको निम्ति हामीलाई सरकारले छुट्टै विकास बोर्ड गठन गर्ने कुरामा हामी आशावादी छौँ’ सुब्बाले अझ भनिन्। उनले विकास बोर्ड गठनका निम्ति हाल सङ्गठनले आवश्यक कागजपत्र तयार पारेर सरकारलाई बुझाउने कार्यहरू गरिरहेको पनि बताएकी छन्।

अर्कोतर्फ यसबारे मन्त्री कुजुरलाई प्रश्न गर्दा आफुलाई ख्रिष्टिय बोर्ड गठनका निम्ति सुझाव मागेको अनि यसबारे आफुले सरकार समक्ष पहल गर्ने प्रतिश्रुती दिएको जानकारी गराए। ‘अल क्रिश्चियन माइनरिटि एसोसिएसनले ख्रिष्टिय विकास बोर्ड गठनका निम्ति ज्ञापन पत्र सुम्पेको छ। यसबारे म आफ्नो पक्षबाट सरकारमा कुरा राख्नेछु’ मन्त्री जेम्स कुजुरले भने। यद्यपी ख्रिष्टिय समुदायले मागेको छुट्टै विकास बोर्ड गठनको निम्ति सरकारको नजर कस्तो रहनेछ सोहि माथि निर्भर रहने पनि स्पष्ट पारेका छन्।
0 Response to "छुट्टै ख्रिष्टिय बिकास बोर्ड गठनको मागमा मन्त्रीलाई ज्ञापन ......ख्रिष्टिय विकास बोर्ड गठन गर्न सरकारको निर्णयमा निर्भर रहनेछ – मन्त्री जेम्स कुजुर"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.