
गुणस्तरीय शिक्षाको पोल खोल्दै साम्दोङ प्राथमिक पाठशाला .....यस पाठशाला- जिम्मेवार व्यक्तिको अकर्मण्यताको जवलन्त उदाहरण हो - डा. हर्कबहादुर छेत्री
क.ख र एबीसीडी सिक्ने समयमा गाउँको पाठशालाको छाना नै हुण्डरीले लगे पछि अहिले घरी स-साना चिचिला नानीहरूको भविष्य नै हुडरीले उडाएर उजाड बनाउने अवस्थामा पुगिसकेको छ। स्कूलको छाना हुण्डरीले उडाएको 9 महिना बितिसक्दा समेत न त विभागको आँखा खोलिएको छ न त सत्तासिन राजनतिक दललाई नै चिचिला नानीहरूको भविष्यबारे चिन्ता रहेको छ। पहाडमा उसै त गुणस्तरी शिक्षाको कुरा भाषणहरूमा मात्रै सिमित बन्दै आइरहेको छ।
पहाडका सत्तासिन राजनैतिक दलका प्रमुख विमल गुरुङ अथवा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पहाडमा जब पनि भाषण दिने गर्छन् त्यसबेला गुणस्तरीय शिक्षा व्यवस्थाको कुरा गर्ने गर्छन्। तर दुर्भाग्य एउटा प्राथमिक पाठशालाको छाना उडाएको 9 महिना बित्दा समेत गुणस्तरीय शिक्षाको कुरा गर्नेहरू स्कूलको छानो टाँस्न त होइन भत्केको स्कूल हेर्ने फुर्सद समेत रहेको छैन।
राजनैतिक दलका नेताहरूलाई त भत्केको स्कूल हेर्ने फुर्सद छैन नै तर सम्बन्धित विभाग अनि शिक्षा विभाग सम्हालेका नेतृत्वलाई समेत भत्केका प्राथमिक पाठशाला हेर्ने समय कहिले जुर्ने हो कसैलाई आजसम्म पत्तो छैन।
यस्तो अवस्थामा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने राजनैतिक टिप्पणी गर्ने मौका चुकाएका छैनन्। भत्केको प्राथमिक पाठशालाको समाचार प्रकाशमा आएपछि डा. हर्कबहादुर छेत्रीले टिप्पणी गर्दै विभाग सम्हाल्ने व्यक्तिहरूको अकर्मण्यताको कारण नै यस्तो स्थिति सिर्जना भएको आरोप लगाएका छन्
‘प्राथमिक पाठशालाको छाना भत्केको 9 महिना बितेर जाँदा समेत नबनिनु दुर्भाग्यपूर्ण मात्र होइन विभाग सम्हाल्नेहरूको अकर्मण्यताको ज्वलन्त उदाहरण हो। यस्तै अकर्मण्य व्यक्तिहरूको कारण नै आज हाम्रो समाज उन्नतीको बाटोमा अग्रसर हुन सकेको छैन’ जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने।
उनले आफु विधायक हुँदा तत्कालिन शिक्षा विंभागका सचिव अरनब रोयले जीटीएलाई 88 वटा प्राथमिक अनि 50 वटा निम्नोच्च पाठशाला निर्माण गर्ने पत्र पठाएको स्मरण गर्दै जीटीएले उक्त पाठशाला समेत निर्माण नगरेको आरोप लगाए। ‘शिक्षा विभागका सचिवले जीटीएलाई पठाएको पत्रको प्रतिलिपी मलाई समेत दिएका थिए अनि यसबारे मैले जीटीए शिक्षा विभागका सभासद रोशन गिरीलाई धेरैचोटी भने, तर उनले केहि कार्य गरेनन्’ डा. छेत्रीले आरोप लगाए।
‘एकातिर स्कूलहरूको अवस्था जर्जर छ अनि अर्कोतर्फ सरकारले दिएको प्रोजेक्टलाई समेत उनीहरूले काममा लगाउन सकेका छैनन्। यसले उनीहरूको कार्यक्षमता माथि स्पष्ट पार्छ’ उनले अझ भने।
यता साम्दोङ प्राथमिक पाठशालाको भत्केको छानाबारे कालेबुङ खण्ड दुईका स्कूल निरिक्षक अञ्जना थापासित टेलिफोनिक सम्पर्क गर्दा उनले प्राकृतिक आपदाले भत्केको पाठशाला निर्माणको निम्ति आपदा प्रबन्धन विभागबाट नै कोष आउने बताइन्।
‘प्राकृतिक आपदाले भत्केको बस्तु मरम्मत गर्न या नँया बनाउनको निम्ति लाग्ने रकमको अनुमोदन र प्रबन्धन प्राकृतिक प्रबन्धनबाट नै हुने गर्छ। आजसम्म सो विद्यालयले किन स्कुल पुन: निर्माणको निम्ति पैसा नपाएको भन्ने कुराको जानकारी हामीसित हुँदैन। यसको निम्ति दार्जीलिङ लुइस जुब्लीमा अवस्थित सम्बन्धित विभागलाई नै जानकारी हुनेगर्छ’ स्कूल निरिक्षक अञ्जना थापाले भनिन्।
0 Response to "गुणस्तरीय शिक्षाको पोल खोल्दै साम्दोङ प्राथमिक पाठशाला .....यस पाठशाला- जिम्मेवार व्यक्तिको अकर्मण्यताको जवलन्त उदाहरण हो - डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.