-->
सडक सुरक्षा सप्ताहको सुरूआत

सडक सुरक्षा सप्ताहको सुरूआत

डी के वाइबा, कालिमन्युज, कालेबुङ 9 जनवरी। कालेबुङ ट्राफिक पुलिसको आयोजनामा सप्ताहव्यापी सडक सुरक्षा सप्ताहको सुरूआत भएको छ। कालेबुङ ट्राफिक पुलिसको आयोजनामा यहाँको मेन रोडमा एउटा कार्यक्रम सम्पन्न गरेर सप्ताहव्यापी सडक सुरक्षा सप्ताहको औपचारिक सुरूआत गरेको छ।
यातायातअवधि हुने विभिन्न दुर्घटनाहरूबाट बाँच्न एवं ट्राफिक नियमहरू पालनका गर्नका निम्ति चालक एवं जनसाधरणलाई सचेत् गराउने उद्देश्यले सडक सुरक्षा सप्ताह कार्यक्रम आयोजना गरिएको हो। आज कार्यक्रमको पहिलो दिन यहाँको थानाडाँडादेखि ऱ्याली निकाल्दै ट्राफिक सम्बन्धी सचेतना प्रदान गरिएको थियो। ऱ्यालीमा कालेबुङ ट्राफिक, पुलिस प्रशासन, सिभिक पुलिस, बाल सुरक्षा अभियानका नानीहरू, सुसन्स कराते डु एसोसिएसनका नानीहरू, गोर्खा कराते डु एसोसिएसनका नानीहरू एवं कार्यक्रमका अतिथिहरूले सहभागिता जनाएका थिए। 
यस अवसरमा स्कुटी एवं बाइक ऱ्यालीको पनि आयोजना गरिएको थियो। यसपछि यहाँको थानाँडा पसिरमा सडक सुरक्षा सप्ताहको पहिलो दिनको औपचारिक कार्यक्रम शुरू भएको थियो। कार्यक्रममा सीएमपी कमान्डेन्ट एसआर बर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए भने महकुमा अधिकारी निर्मल्य घरामी, एसडीएमओ सिमलाङ्दी, कालेबुङ थाना प्रभारी डी. ब्यानर्जी, चालक महासङ्घका अध्यक्ष महेन्द्र गुरुङ आदि विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। सडक सुरक्षा सम्प्ताहको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ट्राफिक ओसी प्रवीण गुरुङले यातायातअवधि मोबाइलको प्रयोग, मदपान, अत्याधिक गति आदि दुर्घटनाका प्रमुख कारणहरू रहेको भन्दै चालकहरूलाई सचेत हुने आह्वान गरे। उनले यो साताभरि नै ट्राफिक नियम एवं दुर्घटनाबाट बाँच्ने उपायहरू सम्बन्धी चालक एवं जनसाधारणलाई अपील गर्न विविध कार्यक्रमहरू गरिने बताएका छन्। 
अर्कोतिर कार्यक्रमका मख्य अतिथि एसआर बर्माले यो साताभरि ट्राफिक सम्बन्धी ज्ञान लिएर वर्षभरि आफ्नो जिम्मेवारीस्वरूप पालन गर्नुपर्ने आह्वान गरे। उनले सडकमा गरिने व्यवहार नै व्यक्तिको चरित्रको ऐना रहेको भन्दै चालकहरूले बाहन चलाउँदा स्कुटी, बाइक साथै पैदल हिड्ने मानिसहरूलाई पनि ध्यानमा राखेर बाहन चलाउनुपर्ने आह्वान गरे। उद्घाटन समारोहमा दार्जिलिङ पुलिस ब्याण्डले ब्याण्ड डिस्प्ले गरेका थिए भने सांस्कृतिक प्रस्तुति पनि सम्पन्न भएको थियो।

Related Posts

0 Response to "सडक सुरक्षा सप्ताहको सुरूआत"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.