-->
गोजमुमो अनि जाप समर्थकहरू तृणमूल कङ्ग्रेसमा सामेल

गोजमुमो अनि जाप समर्थकहरू तृणमूल कङ्ग्रेसमा सामेल

डी के वाइबा कालिमन्युज, कालेबुङ 28 जनवरी। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थ 39 नम्बर समष्टिबाट गोर्खा जनमुक्ति मोर्चा अनि जन आन्दोलन पार्टीबाट एकसय भन्दा अधिक कार्यकर्ताहरू हिल तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। गोजमुमो अनि जन आन्दोलन पार्टीका एकसय भन्दा अधिक समर्थकहरूले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेपछि सिन्कोना बगानमा सत्तासिन दल गोजमुमो अनि जन आन्दोलन पार्टीलाई गतिलो झट्का लागेको छ। 
कालेबुङ महकुमा अधिनस्थ मन्सोङ सिन्कोना कमानका पाँचवटा विभागका मानिसहरू लिएर आयोजित हिल तृणमूल कङ्ग्रेसको जनसभामा गोजमुमो अनि जाप समर्थकहरूले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेका हुन्। हिल तृणमूल कङ्ग्रेसका जिल्ला अध्यक्ष राजेन मुखिया, सचिव बिन्नी शर्मा, कार्यकारी अध्यक्ष छेवाङ भोटिया, प्रदीप प्रधान आदिको बाहुलीबाट गोजमुमो अनि जन आन्दोलन पार्टी त्याग्नेहरूलाई झण्डा प्रदान गरिएको थियो। यस अवसरमा हिल तृणमूल कङ्ग्रेसका कार्यकारी अध्यक्ष छेवाङ भोटीयाले एकसय भन्दा अधिक गोजमुमो अनि जाप समर्थकहरूले हिल तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेको दाबी गर्दै सिन्कोना बगानको समस्यालाई तृणमूल कङ्ग्रेसले समाधान गर्ने दाबी गरेका छन्। 
‘गोजमुमो अनि जाप पार्टीबाट एकसय भन्दा अधिक समर्थकहरूले आज हिल तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेका छन्। हिल तृणमूलले मात्र जनताको समस्या समाधान गर्ने विश्वास राखेर यसरी जनताले तृणमूल कङ्ग्रेस प्रति आस्था देखाएका हुन्’ छेवाङ भोटियाले भने। 
यसक्रममा उनले सिन्कोना बगानका समस्यालाई गोजमुमो अनि जापले समाधान गर्न नसकेको दाबी गर्दै सिन्कोना बगानका जनतालाई पर्चा-पट्टाको समाधान तृणमूल कङ्ग्रेसले मात्र गर्न सक्ने भोटियाले अझ दाबी गरे। गोजमुमो अनि जाप त्यागेर तृणमूल कङ्रेसमा सामेल हुनेहरूमा मन्सोङ सिन्कोना बगान अन्तर्गत रहेको नोक्सा, मगरजुङ, कास्योङ लगायत बर्मेक क्षेत्रका मानिसहरू रहेका छन्। भरत खालिङको अध्यक्षतामा सम्पन्न उक्त जनसभा कास्योमस्थित न्यू राइज एकाडेमीको प्राङ्गनमा सम्पन्न भएको थियो। उक्त जनसभालाई हिल तृणमूल नेताहरू छेवाङ भोटिया, बिन्नी शर्मा, राजेन मुखिया, पासाङ तामाङ, सिखा राई, साथै मन्सोङ सिन्कोना जोनल समितिका प्रतिनिधिहरूले पनि सम्बोधन गरेका थिए। 
सम्बोधनको क्रममा वक्ताहरूले गोर्खा जनमुक्ति मोर्चाको खुलेर आलोचना गरे। वर्तमान पहाडमा मोर्चाको अस्तित्व हराउँदै गइरहेको अनि मोर्चा एवं जीटीएले पहाडको हितमा कार्य नगरेको हिल तृणमूलको आरोप रहेको छ। सिन्कोनावासीको दीर्घमियादी मागलाई पनि जीटीएले पूर्ण गर्न नसकेको बताउँदै सिन्कोनावासीले हिल तृणमूल कङ्ग्रेसमाथि आस्था राखेको दलका जिल्ला समितिका कार्यकारी अध्यक्ष छेवाङ भोटियाले बताए। उनले भने, सिन्कोनावासीलाई 50 डेसिमेल दिने प्रावधान थियो। अहिले 8 डेसिमेल मात्र दिने काम भइरहेको छ। हामीले यो समस्यालाई पनि गम्भिरतासित लिएका छौँ। हामी सिन्कोना श्रमिकहरूको साथमा छौँ। 
अर्कोतिर उनले कालेबुङ जिल्ला गठनका निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गरे। यस क्रममा उनले आगामी फरवरी महिनामा मुख्यमन्त्रीको कालेबुङ भ्रमणअवधि सिलगढीदेखि कालेबुङसम्म भव्य रूपमा स्वागत जनाइने पनि भोटियाले बताए। कार्यक्रमा शारदा सुब्बा, ढेण्डुप भोटिया, केएन सुब्बा, छिरिङ शेर्पा साथै दलका कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो।

0 Response to "गोजमुमो अनि जाप समर्थकहरू तृणमूल कङ्ग्रेसमा सामेल"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.