
अल क्रिश्चियन माइनोरिटी एसोसिएशन कार्यालयको उदघाटन ... पहाडी माइनरिटी विकास बोर्डअस्वीकार...छुट्टै राज्य स्तरीय ईसाई कल्याण बोर्डको माग

दार्जीलिङ युनाइटेड क्रिश्चियन माइनरिटी सोसाइटी (डीयुसीएमएस), युनाइटेड क्रिश्चियन माइनरिटी सोसाइटी (युसीएमएस), युनाइटेड क्रिश्चियन माइनरिटी वेलफेयर सोसाइटी (युसीएमडब्ल्यूएस) अनि अल क्रिश्चियन हिल माइनरिटी एसोसिएसन (एसीएचएमए) जस्ता प्रमुख ईसाई संगठनहरुद्वारा गठित अल क्रिश्चियन माइनरिटी एसोसिएशनको विधिवत कार्यालयको उदघाटन आज दिव्यवाणी दार्जीलिङमा गरियो। अल क्रिश्चियन माइनोरिटी एसोसिएशनका संरक्षक तथा दार्जीलिङ-सिक्किम डायोसेसका विशप स्टेफन लेप्चाले उक्त कार्यालयको उदघाटन गरे।
उदघाटनपछि संगठनको सभा सम्पन्न भयो। संगठनका संयोजिका ज्योतिमा सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त सभामा वक्ताहरुले सम्बोधन गर्दै पहाड, तराई अनि डुवर्समा बहुसंख्यामा रहेको मेनलाइन चर्चहरु, रोमन क्याथोलिक, युसीएनआई, सीएनआई, पेन्तिकोस्टल, प्रेस्विटेरियन, एलसद्दाई, फ्री चर्च, स्वपालित तथा स्वतन्त्र चर्चहरु आदि प्राय सबै चर्चहरु अनि ईसाईहरु यसै वृहत्तर र मजबुत एकिकृत संगठन अन्तर्गत रहेको बताउँदै बहुसंख्यालाई ध्यानमा राख्दै राज्य सरकारले पहाड अनि मधेशका ईसाईहरुको कल्याण अनि विकासको निम्ति कार्य गर्ने आशा व्यक्त गरे। सभामा वक्ताहरुले छुट्टै राज्य स्तरीय ईसाई कल्याण बोर्डले मात्र पहाड, तराई अनि डुवर्सका ईसाईहरुको सुरक्षा, कल्याण अनि विकास हुने बताए।
वक्ताहरुले अहिले चर्चामा आएको पहाडी माइनरिटी विकास बोर्डले पहाड, तराई अनि डुवर्सका ईसाईहरु अरु अल्पसंख्यकहरुसंग मिलेर रहनुपर्दा भलो नहुने अनि ईसाईहरु सरकारी कल्याण र विकासहरुबाट वञ्चित हुनुपर्ने बताए साथै पहाडी माइनरिटी विकास बोर्डको पूर्णरुपले अस्वीकार गरे।
ईसाईहरुको विश्वास, सिद्धान्त, संस्कृति, अरुसंग मेल नखाने अनि बेग्लै भएकोले यसमा सामेल हुन नहुने पनि वक्ताहरुले बताए।
सिंगो स्वार्थ र पदको निम्ति होइन, तर समग्र ईसाईहरुलाई सोचेर डीयुसीएमएस, युसीएमएस, युसीएमडब्ल्यूएस अनि एसीएचएमए जस्ता पश्चिम बंगाल सरकारद्वारा मान्यताप्राप्त पञ्जीकृत तथा पहाड-तराईसम्म शाखा-प्रशाखा भएको प्रमुख ईसाई संगठनहरु सबै एकै मञ्चमा आई अल क्रिश्चियन माइनरिटी एसोसिएशन (एसीएमए) जस्तो सबैभन्दा ठूलो र वृहत्तर ईसाई माइनरिटी छाता संगठन मार्फत निस्वार्थ रुपमा कार्य भइरहेकोमा वक्ताहरुले हर्ष प्रकट पनि गरे। यस्तोमा चौकी, पद र अन्य स्वार्थले पूर्णप्रलोभनको पछि लागेर ईसाईहरुको साक्षी बिगार्ने ख्रीष्ट विरोधी तत्वहरुकोसँग सबैजना सतर्क रहनु पर्ने पनि वक्ताहरुले सभामा जनाए।
दार्जीलिङ पहाड र तराईमा संगठित विभिन्न सम्प्रदाय तथा चर्चका प्रतिनिधिहरु भेला भएको यस सभामा एसीएमएको एपेक्स बडीमा रोमन क्याथोलिक (दार्जीलिङ-सिक्किम डायोसेस)-का विशप स्टेफन लेप्चा, युसीएनआई (ईएचसीसी)–का डेपुटी मोडरेटर रेभ. जेम्स पावल सादा, सीएनआईका वरिष्ट पास्टर रेभ. शामूएल लेप्चा, हिमालयन पेन्तिकोस्टल चर्चका वरिष्ट पास्टर रेभ. शाकोम लेप्चा आदि संरक्षक चुनिेए।
यसरीनै पश्चिम बंगाल सरकारद्वारा पञ्जीकृत प्रमुख ईसाई माइनरिटी संगठनहरु आदिबाट थप प्रतिनिधिहरु समावेश गरेर समिति बिस्तार गरियो। सभामा ए. के. राईलाई एसीएमएका आधिकारिक प्रवक्ता अनि मिडिया प्रचार-प्रसार सचिव छानियो। उक्त समितिमा अन्य सम विचारका ईसाई संगठन र मण्डलीहरुलाई पनि समावेश गरिने प्रस्तावना पारित गरियो।
सभामा आआफ्नो माइनरिटी संगठनहरुको अस्तित्वलाई यथावत राख्दै पहाड, तराइ र डुवर्सका विभिन्न ईसाई सम्प्रदायका बहुसंख्यामा रहेको मेनलाइन चर्चहरु र ईसाई माइनरिटी संगठनहरुद्वारा गठन भएको सबैभन्दा ठूलो महासंघ तथा एउटै मञ्च एसीएमए मार्फत ईसाई कल्याण, अधिकार, संरक्षण, सुरक्षा आदिको निम्ति कार्य गर्दै देश र समाजको निम्ति पनि उल्लेखनीय भूमिका निभाउन सबै संगठनहरु सहमत भएका छन्। यस एउटै मञ्चमा आउन अन्य माइनरिटी संगठनहरुले पनि लगातार सम्पर्क गरिरहेको जानकारी प्राप्त भएको छ।
0 Response to "अल क्रिश्चियन माइनोरिटी एसोसिएशन कार्यालयको उदघाटन ... पहाडी माइनरिटी विकास बोर्डअस्वीकार...छुट्टै राज्य स्तरीय ईसाई कल्याण बोर्डको माग"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.