
पहाड़का शिक्षकहरुको समस्यालाई लिएर ज़ीटिएशिक्षा विभागका सभासद गिरीको शिक्षा मंत्रीसंग भेट्
राजेश शर्मा, कालिमन्युज, कलकता 30 जनवरी । जीटीए शिक्षा विभाग अंतर्गत अस्थायी शिक्षकहरुको स्थायीकरण र रिक्त पदहरुमा नियुक्ति विषयलाई लिएर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागको सभासद रोसन गिरीले कलकतामा पश्चिम बंगाल राज्यका शिक्षा मंत्री पार्थ च्याटर्जीसंग आज साझ 30 मिनटसम्म बातचित गरे।
आजको भेटको मुख्य विषय पहाड़का सम्पूर्ण उच्च अनि उच्चत्तर माध्यमिक विध्यालयहरुमा धेरै समयदेखि काम गरिरहेका अस्थायी रुपमा काम गरिरहेका शिक्षक अनि शिक्षिकाहरुलाई स्थायी गराउने रहेको सभासद रोसन गिरीले बताए। यस बिषयलाई लिएर आज चलेको बातचितमा शिक्षा मंत्रीलाई सभासद रोसन गिरीले वर्तमान अवस्था र समस्याहरुबारे अवगत गराए। शिक्षा मंत्री च्याटर्जीले पहाड़का शिक्षकहरुको समस्या सुनेपछि बताए कि यस विषयमा राज्य पनि गम्भिर छ अनि उनीहरुको स्थायीकरणको निम्ति उपाय खोजी सकेकोछ तथापी कतिपय समस्याहरु छन। साधारणत एउटा सामान्य अंतर्वार्ता लिनपर्नेछ जसको माध्यमद्वारा उनीहरुको नियुक्ती हुन सक्नेछ।
मंत्रीले अझै बताए कि पहिलो चरणमा केवल रिक्त रहेका पदहरुको निम्ति मात्रै यो नियुक्ति हुन सक्नेछ। रिक्त पदमा शिक्षक वा शिक्षिकाहरुको नियुक्ति अंतर्वार्ता माध्यमद्वारा पूर्ण भएपछि मात्रै दोस्रो चरणमा रहल् अरुहरुको नियुक्तिको निम्ति पाइला चालिनेछ। यसलाई चाँडो भन्दा चाँडो यो आउदो एक महिना भित्रमा समाधान गरिनेछ भन्ने बताउँदै उक्त आश्वासन मंत्रीले दिएको गिरीले बताए । यता दार्जीलिङ गोर्खा पार्वत्य परिषदको शासन कालदेखी नै मोठ 31 वटा बिना मान्यता प्राप्त उच्च विध्यालयहरु पहाडमा चलीरहेका छन। यी146 जना एडहक शिक्षकहरु आज सम्म काम गरिरहेका छन जसको निम्ति जीटीएले तिनीहरुलाई पनि स्थायी गर्ने प्रक्रिया सम्बन्धमा शिक्षा मंत्री च्याटर्जीलाई अवगत गराए।
यी 146 जना संगै काम गरिरहेकाहरु एडहक शिक्षक शिक्षिकाहरुको अघिबाटै स्थायीकरण भैसकेको छ भन्ने पनि गिरीले मंत्रीलाईअवगत गराए। यसको समाधानको निम्ति चाँडो भन्दा चाँडो एउटा छुट्टै केस फाइल बनाएर कलकता पठाउने सुझाउ मंत्रीले दिएका छन् ।
सभासद गिरीले पहाडमा स्वीकृति प्राप्त प्राथमिक पाठशालाहरुमा 654 जनाको रिक्त पदहरु खाली रहेको जनाउदै यसमा नियुक्ति दिन के कसो गर्नु पर्ने भन्ने बारेमा पनि मंत्रीसंग चर्चा गरे। यस सम्बन्धमा नियुक्तीको निम्ति काम शुरु गर्न सरकारी आदेश आवश्यक भएको जानकारी गिरीले गरे। शिक्षा मंत्री पार्थ च्याटर्जीले जीटीएका शिक्षा विभागका सभासद रोसन गिरीलाई यी सबै विषयको समाधानको प्रक्रिया पूरा गर्न चाँडो भन्दा चाँडो जीटीएको शिक्षा विभागको एउटा टोलिले पहाड़को सम्पूर्ण समस्यालाई लिएर कलकतामा आएर अफिसियल भेट गर्न आँउदो 15 फरवरी भित्रमाबैठक गर्ने सुझाउ दिए ।
0 Response to "पहाड़का शिक्षकहरुको समस्यालाई लिएर ज़ीटिएशिक्षा विभागका सभासद गिरीको शिक्षा मंत्रीसंग भेट्"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.