
शिरैमा कञ्चनजङ्घाको ‘शिरबन्दी’ लगाउँने शिरबन्दी डाँडा आखिओझेलमा
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 2 जनवरी 2017। गाउँको शिरमानै टलक्क टल्किरहने ‘कञ्चनजङ्घा’। कञ्चनजङ्घाको धपक्क बलेको मनोरम दृष्यहरू हेर्न आउँछन् देश-विदेशका पर्यटकहरू। यो ठाउँको नाउँ ‘शिरबन्दी डाँडा’ स्थानीय मानिसहरूले भन्दै थिए।
‘शिरबन्दी डाँडा’बाट देखिन्छ कञ्चनजङ्घा सँगै जलेपला, लोलेगाउँ, झण्डी डाँडा र अन्य पहाडी पाखाहरूको मनोरम दृष्य। शिरैमा कञ्चनजङ्घाको शिरबन्दी लगाएको गाउँका मानिसहरू भने कञ्चनजङ्घा जस्तो धपक्क बल्न सकेका छैनन्। ‘सडकको अवस्था जीर्ण छ। पर्यटन विभागलाई यसबारे कुनै चासो छैन। सरकारको कुनै निकायलाई पनि सुदुर गाउँको समस्या हेर्ने कहाँ फुर्सद होला र? तब कसरी कञ्चनजङ्घा जस्तो धपक्क बल्न सक्छ गाउँ?’ – स्थानीय गाउँवासी हर्कराज मुखीयाले लामो सुस्केरा तान्दै भने।
कालेबुङ शहरदेखि लगभग 40 किलोमिटर टाडामा अवस्थित शिरबन्दी डाँडामा पर्यटनको सम्भावना प्रशस्तै रहेको छ। हेर्नका निम्ति चारैतिर सुन्दर प्राकृतिक दृष्यहरू छन्। पर्यटनको व्यापक सम्भावना बोकेको उक्त ठाउँमा पर्यटन बिकासकै निम्ति भनेर स्थानीयवासी हर्कराज मुखीयाले पर्यटन विभागलाई 75 डेसिमल जमिन सुम्पिएका छन्। तर उक्त जमिनमा आजसम्म पर्यटन विभागले कुनै पनि संसाधनको विकास सम्म गरेको छैन। जसको कारण शिरैमा कञ्चनजङ्घाको शिरबन्दी लगाउने ‘शिरबन्दी डाँडा’ शिर उजेडीएको विधवी जस्तै धुम-धुमती चिसो सिरेटोहरूमा टोलाइरहेको छ।
‘पर्यटनको विकास गर्न दुईवर्ष अघि नै 75 डेसिमल जमिन जीटीएको पर्यटन विभागलाई सुम्पेको हुँ। खै त विभागले पनि आजसम्म केहि गरेन...’ हर्कराज मुखियाले नैराश्य व्यक्त गरे।
शिरबन्दी डाँडासम्म पुग्नलाई क्षेत्रमा दागोपाप कालमा बनिएको सडक जिर्ण छ। सडकको अलकत्र मात्र होइन सोलिङका ढुङ्गाहरू पनि उप्किएर खोलाको बगर जस्तै बनिसकेको छ।
पर्यटनको व्यापक सम्भावना बोकेको ठाउँसम्म पुग्ने बाटो खोलाको बगर जस्तै बनेपछि अहिलेघरी देशी बिदेशी पर्यटकहरूको आगमन धेरै घटिसकेको छ। सम्बन्धित विभागलाई क्षेत्रवासीको सुविधा साथै पर्यटन व्यवसायलाई फस्टाउन सड़कको मरम्मति गरिदिने अनेकौ अर्जिहरू गर्दा पनि विभाग कानमा तेल हालेर बसेको गाउँलेहरूले गुनासो गरेका छन्। ‘अर्जि गरेका हौँ धेरैपल्ट तर खै आश्वासन बाहेक केहि पाएनौँ’ – मुखियाले अझ भने।
चाँदी जस्तो टल्कने कञ्चनजङ्घाको दृष्य नजिकै देखिने भए पनि गाउँसम्म पुग्ने बुनियादी सुबिधा बाटोनै खराब भएपछि गाउँ कसरी टल्कन सक्थ्यो र? बिग्रेको बाटोमा यात्रा गरेर पर्यटकहरू आइपुगे पनि उनीहरू बाटोकै समस्या सम्झेर धेर दिन क्षेत्रमा बस्न नचाहेको गाउँलेहरूले गुनासो गरेका छन्।
यसक्रममा बाटो र वर्तमान नोटबन्दी समस्याको कारण विगतका तुलनामा यसपालि पर्यटकहरूको आगमनमा कमी आएको नोकडाँडा टुरिजम कमिटिले बताएको छ। विभागको आँखाबाट ओझेलमा परेपछि अहिलेघरी पर्यटनको विकास गर्न क्षेत्रवासीकै तत्परतामा गठन भएको ‘नोकडाँडा टुरिजम कमिटिले’ आफ्नै बुताले भ्याएसम्म प्रयास गरिरहेको छ।
क्षेत्रवासीकै आर्थिक सहयोगमा पर्यटनको विकास गर्नलाई कमिटिले नयाँवर्षको स्वागत सँगै सांस्कृतिक कार्यक्रम अनि नृत्य प्रतियोगिता आयोजना गरेको थियो। कार्यक्रममा मुख्य अतिथि शिरमान राई रहेका थिए भने विशिष्ट अतिथिहरूमा खड़कबहादुर मुखिया, तेजबहादुर ठकुरी, धनकुमार राई आदि उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले क्षेत्रलाई ग्रामीण पर्यटन व्यवसायको रूपमा अघि बढ़ाउने विभिन्न पहलहरू गर्नेुपर्ने विषयमा जोड़ दिए। यसका साथै क्षेत्रको विकासका निम्ति पक्का सड़क निर्माण साथै पानीको समस्या समाधान गरिनुपर्ने पनि क्षेत्रवासीको माग गरेका छन्।
यता क्षेत्रवासीको गुनासोपछि जीटीए पर्यटन विभागीय सभासद् दावा लेप्चासॅंग जान्न चाहँदा उनले ‘यसक्षेत्रमा हाल एउटा झिल साथै गेस्ट हाउसहरू निर्माण भइरहेको छ। यस परियोजना समापन भएपछि विस्तारै क्षेत्रको पर्यटन व्यवसायलाई अघि बढ़ाउन के कसो गर्नुपर्ने यस दिशामा सोच्ने छौँ’ भने। जिटिए पर्यटन विभागको आँखा खोलिएर कार्य भए शिरबन्दी डाँडा साँच्चै कञ्चनजङ्घाको ‘शिरबन्दी’ लगाएर रमाउने निश्चित छ।
0 Response to "शिरैमा कञ्चनजङ्घाको ‘शिरबन्दी’ लगाउँने शिरबन्दी डाँडा आखिओझेलमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.