
दुई दिवसीय श्रमिक मेला आरम्भ

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 19 जनवरी। पश्चिम बङ्गाल सरकार श्रम विभाग क्षेत्रीय श्रम कार्यालय कालेबुङको आयोजनामा दुई दिवसीय श्रमिक मेला-2017 आरम्भ भएको छ। यहाँको टाउनहलमा सम्पन्न भइरहेको मेलाको उद्घाटन समारोहमा मुख्य अतिथिका रूपमा उत्तर बङ्गाल जोनका संयुक्त श्रम आयुक्त अधिकारी समीर कुमार बासु उपस्थित रहेका थिए। मुख्य अतिथिको बाहुलीबाट रिबन काटेर कार्यक्रमको उद्घाटन गरेपछि श्रम विभागबाट स्वास्थ्य उपचारको निम्ति लाभार्थी नविन परियारको बाहुलीबाट दिप प्रज्वलन गरिएको थियो।
यस अवसरमा खरसाङका सह-श्रम आयुक्त अधिकारी निल छेत्री, कालेबुङका अधिकारी टीटी भोटिया, तामाङ विकास बोर्डका कार्यकारी सदस्य बसन्त लामा, दमाई विकास बोर्डका अध्यक्ष गङ्गासागर पञ्चकोटी, शेर्पा विकास बोर्डका उपाध्यक्ष निम डोमा शेर्पा, सूचना एवं सांस्कृतिक विभागका अधिकारी पारस सिंह आदि उपस्थित रहेका थिए।
असङ्गठित क्षेत्रका श्रमिकवर्गलाई सरकारद्वारा प्रदान गरिने विभिन्न सरकारी योजनाहरूबारे जानकारी गराउन आयोजित कार्यक्रममा दार्जीलिङ श्रम आयुक्त कार्यालायका अधिकारी प्रवीण तामाङले सरकारी योजनाहरूबारे अवगत गराएका थिए।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन लेप्चा विकास बोर्ड, तामङ विकास बोर्ड अनि लिटल एन्जेल्स होमका नानीहरूले साङ्गीतिक एवं सांस्कृतिक प्रस्तुति दिएका थिए। यसबाहेक बाल सुरक्षा अभियानद्वारा बाल श्रममाथि आधारित वृत्तचित्र प्रदर्शनीसितै हास्य कलाकार महेन्द्र बागदासको प्रस्तुति मनोरञ्जनात्मक थिए। मेलामा विभिन्न स्वनिर्भर समुह एवं विभागहरूद्वारा 12 वटा स्टलहरू राखिएको छ। जुन स्टलहरूमा विभिन्न सरकारी योजनाहरूबारे जानकारी प्रदान सँगै स्वनिर्भर समुहहरूले निर्माण ग्रेका सामाग्रीहरूको प्रदर्शनी गरिएको छ। कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका रूपमा उत्तर बङ्गाल जोनका संयुक्त श्रम आयुक्त अधिकारी समीर कुमार बासु अनि अन्य विशिष्ट अतिथिवर्गको बाहुलीबाट श्रम विभागद्वारा सञ्चालित विभिन्न योजनाका लाभार्थीहरूलाई चेक पनि प्रदान गरिएको थियो।
0 Response to "दुई दिवसीय श्रमिक मेला आरम्भ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.