-->
रेलवे पूर्वोत्तर भारतको विकास इञ्जन बन्ने छ , आइआरसीटीसी वेबसाइटले पर्यटन र स्थानीय उत्पादलाई बजार उपलब्ध गराउन सहयोगी बन्न सक्छ ः सुरेश प्रभु

रेलवे पूर्वोत्तर भारतको विकास इञ्जन बन्ने छ , आइआरसीटीसी वेबसाइटले पर्यटन र स्थानीय उत्पादलाई बजार उपलब्ध गराउन सहयोगी बन्न सक्छ ः सुरेश प्रभु

पीआइबी, गान्तोक, 21 जनवरी। पूर्वोत्तर क्षेत्रको व्यापक पर्यटन क्षमतालाई प्रयोगमा ल्याउने उद्देश्यमा भारतीय रेलवे क्याटरिङ तथा पर्यटन निगम (आइआरसीटीसी) लाई एकीकृत पर्यटन विकास योजना तयार गर्ने सल्लाह दिइएको छ। पूर्वोत्तर क्षेत्रका सबै राज्यहरूलाई लाभ प्राप्त गरेपछि पर्यटनको विकाससितै पूर्वोत्तर क्षेत्रको ठूलो विकास कथा यसले पूरा गर्नेछ। यो घोषणा आज केन्द्रिय रेल मन्त्री सुरेश प्रभुले गरेका हुन्। राजधानी गान्तोकको चिन्तन भवनमा सुशासन विषय अन्तर्गत मिडिया, व्यापारिक समुदाय, विशिष्ठ नागरिक र अन्य हितधारकहरूसित अन्तरक्रिया गर्दै केन्द्रिय मन्त्री प्रभुले यो कुरा बताएका हुन्। उनले योजना प्रक्रियामा जनसहभागिता हुनुपर्छ भन्ने कुरामा जोर दिँदै भविष्यलाई हेरेर समयमा नै अग्रीम रूपमा योजना बनाउनु सुशासनका महत्त्वपूर्ण पक्षहरू हुन्। यसका लागि भौतिक र भावनात्मक रूपमा जनसहभागिता हुनु पर्दछ।
उनले आइआरसीटीसीको वेबसाइटलाई पर्यटनको प्रचार-प्रसारका लागि प्रयोग गर्न सक्ने बताउँदै यस वेबसाइडमा पर्यटकहरूलाई रूचिका स्थान साथसाथै हस्तकला एवं हतकर्घा उत्पाद आदिलाई प्रभावकारी रूपमा प्रचार प्रसार गर्न सक्ने बताए। क्षेत्रका हस्तकला एवं हतकर्घा उत्पादलाई ई-मार्केटिङमार्फत क्षमतावान लाखौं ग्राहकसमक्ष प्रस्तुत गर्न सकिने बताए। यसमार्फत व्यापक रोजगार सिर्जना हुने बताउँदै क्षेत्रमा यसका लागि व्यवस्थित मानव संसाधन रहेको पनि उल्लेख गरे। रेल मन्त्री सुरेश प्रभुले पूर्वोत्तर क्षेत्र, क्षेत्रका नागरिकहरूका लागि अवसरहरूको नयाँ भूमिका रूपमा परिणत गर्ने विषयमा सरकारले काम गरिरहेको बताए। यसैअनुरूप पूर्वोत्तर क्षेत्रलाई आगामी वर्षहरूमा विश्‍वको अति तीव्र रूपमा विकास गर्ने एउटा भागका रूपमा हेरिने बताए। पूर्वोत्तर क्षेत्रहरूमा रेल सम्पर्क विषय बोल्दै केन्द्रिय मन्त्रीले भने, राजधानी गान्तोक छोडेर अरू सबै राज्यका राजधानीहरूलाई रेलसित जोडिएको छ। अब गान्तोकलाई पनि जोडिने छ। स्मरण गराइन्छ, गोर्खा क्षेत्रीय प्रशासन (जीटीए) प्राधिकरणसित दार्जीलिङमा शुक्रबार राति भएको वार्तापछि केन्द्रिय मन्त्रीले पश्‍चिम बंगालको सेभोक र रम्फू (सिक्किम) को रेल मार्ग निर्माण कार्य सञ्चालनका लागि सबै बाधाहरू समाधन गरिसकेको र अब चाँडै नै योजना कार्य पूरा हुने घोषणा गरेका थिए।
सिक्किम देशको पहिलो जैविक राज्य भएको कुरा स्मरण गराउँदै आगामी दिनमा सिक्किमको जैविक कृषि उत्पादको व्यापक माग हुने बताए। सिक्किमलाई रेल सम्पर्कसित जोडेपछि धेरै फाइदा पुग्ने केन्द्रिय मन्त्री प्रभुले बताए। उनले अझ भने, रेल मन्त्रालयले पूर्वोत्तर भारतका लागि एकीकृत परिवहन योजनाको तयारी गर्ने निर्णय लिएको छ। उनले छोटो अवधिमा नै यस योजनालाई यथार्थमा परिणत गर्न हितधारकहरूलाई आवश्यक सुझावहरू दिने अपील पनि गरे। पहिलो चरणको विकासलाई पूरा गरेपछि सरकारले रेलवेलाई एशियाका अन्य भागहरूसित जोड्ने प्रयास गरिने बताउँदै यसो गरिएपछि नेपाल, भोटाङ, बंगलादेश र मैनमारलाई रेल सम्पर्कसित जोडिने र यो कार्य प्रधानमन्त्रीको लुक इस्ट र एक्ट इस्ट नीतिअन्तर्गत पर्ने बताए। यसले पनि पूर्वोत्तर भारतका नागरिकहरूलाई अधिक लाभ पुर्‍याउने केन्द्रिय मन्त्रीले बताए।
यस अघि सिक्किम सरकारका मुख्य सचिव आलोक श्रीवास्तवले आफ्नो सम्बोधनमा सिक्किमको नथुला भएर कैलाश-मानसरोवर यात्रा शुरू भएको कारण सेभोक-रम्फू रेल मार्गको महत्त्व अझ बढेर जाने बताए। उनले भने, प्रस्तावित रेल मार्गलाई नै गान्तोक र नथुला पुग्नका लागि प्रयोग गरिने बताए। उनले रेल मन्त्रीसमक्ष प्रस्तावित रेल मार्गको निर्माण कार्य चाँडै पूरा गरिदिने अनुरोध पनि गरे। यसरी नै सिक्किम वाणिज्यिक संघका महासचिव कैलाश अग्रवालले निरन्तर राजमार्गमा ट्राफिक जामको समस्यालाई ध्यानमा राखेर सेभोकस्थित रेलवे क्रसिङमा पुल हुनुपर्ने माग राखे। यसरी नै उनले सिक्किमका नागरिकहरूका लागि राजधानी एक्सप्रेस र दार्जीलिङ मेलमा विशेष कोचहरू तथा हेल्प डेस्क अनि अन्य सुविधा हुनुपर्ने माग पनि राखे। सिक्किमका लोकसभा सांसद पीडी राईले पनि कार्यक्रममा सम्बोधन गरेका थिए। यस अवसरमा रेल मन्त्री सुरेश प्रभुले पूर्वोत्तर क्षेत्रमा रेलवेले प्राप्त गरेको उपलब्धिबारे पुस्तक पनि लोकार्पण गरे। यो पुस्तक एनएफ रेलवे मुख्यालय गुवाहाटीद्वारा तयार पारिएको हो।

Related Posts

0 Response to "रेलवे पूर्वोत्तर भारतको विकास इञ्जन बन्ने छ , आइआरसीटीसी वेबसाइटले पर्यटन र स्थानीय उत्पादलाई बजार उपलब्ध गराउन सहयोगी बन्न सक्छ ः सुरेश प्रभु"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.