-->
ठूलाहरूलाई सफाई अभियानको पाठ पढाउँदै कालेबुङ किड्सका नानीहरू

ठूलाहरूलाई सफाई अभियानको पाठ पढाउँदै कालेबुङ किड्सका नानीहरू

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, ११ जनवरी। गाउँका सभ्य नागरिक भनौदाहरूले आफ्नो गाउँको बाटो, झोडा-नालाहरूमा अव्यवस्थित तरिकाले मैलाहरू फ्याँक्ने कार्य गरेपछि उक्त मैलाहरू सफा गर्न स-साना नानीहरू अघि आएका छन्। कालेबुङ शहरदेखि नजिकै रहेको अप्पर ईच्छे, पश्चिम शेर्पा गाउँका मोठ 11 जना नानीहरूले गाउँका सभ्य नागरिकहरूलाई आफ्नो गाउँ सफा राख्नुपर्ने पाठ पढाउँदै ‘कालेबुङ किड्स’ नामक संस्था गठन गरेर उक्त सफाई अभियान चलाउन थालेका हुन्।
गाउँका सभ्य नागरिकहरूले घरमा थुप्रिएका मैलाहरू नजिकैको झोडामा फ्याँकेपछि गाउँको झोडा प्रदुषित बनेको छ। यसका साथै अव्यवस्थित तरिकाले फ्याँकेका मैलाहरूले झोडा बन्द भएर भविष्यमा पैह्रो जाने सम्भावनाहरू पनि हुने गर्दछ। भविष्यमा आउने खतराहरूलाई मध्यनजर राखेर कालेबुङ किड्सका स-साना नानीहरूले आफ्नो गाउँको झोडा सफाई गरेर सभ्य नागरिक भनौदाहरूलाई गतिलो पाठ पठाएका छन्। उनीहरूले प्रारम्भमा आफ्नो सानो गाउँलाई सफा गरेर मोडल भिलेज बनाउने उद्देश्य समेत राखेका छन्। आफ्ना गाउँ सफा राखेर गाउँका मानिसहरूलाई पाठ पढाउँदै अन्य नजिकका गाउँहरूले पनि आफुहरूको गाउँ देखेर सफाई अभियान कार्यको थालनी गरुन् भन्ने उद्देश्य उक्त कालेबुङ किड्सका स-साना नानीहरूले ठूलो उद्देश्य राखेका छन्। स-साना नानीहरूले थालेको उक्त कार्यलाई साथ दिनका निम्ति आज अमेरिका स्थित कोल्बी युनिभर्सिटीका मोठ 15 जना विद्यार्थीवर्ग पनि सहभागी बनेका थिए। कोल्बी युनिभर्सिटीका विद्यार्थीवर्गले पनि उक्त स-साना नानीहरू सँगै क्षेत्रको झोडा नाला सफाई गरेका थिए भने सफाई अवधी निकालेका प्लास्टिकका मैलाहरूलाई उनीहरूले रिसाइकल गर्नका निम्ति थुपारेका छन्। यता आफ्नो गाउँलाई सफाई गरेर मोडल भिलेज बनाउने उद्देश्य राखेको कालेबुङ किड्सका सचिव जेनस लेप्चाले बताएका छन्।
गाउँमा सबैले मैला जताभावी फ्याँक्ने गर्छन्। धेरै मैला थुप्रिए गाउँकै झोडामा समेत फ्याँक्ने गर्छन्। यसले गाउँमा प्रदुषण त फैलिन्छ नै साथै वर्षाको समयमा अव्यवस्थित तरिकाले झोडामा फ्याँकेका मैलाले झोडा बन्द भए पैह्रो समेत जाने खतरा सिर्जना हुनेगर्छ। भविष्यमा हुने खतरालाई समेत केहि हदसम्म रोक्नका निम्ति हामीले यसरी गाउँ सफाई अभियान सुरु गरेका हौँ’ कालेबुङ् किड्सका सचिव जेनस लेप्चाले भने। ‘हामी हाम्रो गाउँलाई मोडल भिलेज बनाउँन चाहन्छौँ। हाम्रो स्वच्छ गाउँ हेरेर अन्य गाउँका मानिसहरूले पनि आफ्नो गाउँलाई सफाई गर्ने गरुन् भन्ने हाम्रो उद्देश्य रहेको छ’ जेनस लेप्चाले अझ भने।
यसैक्रममा कालेबुङ किड्सका अन्य सदस्यहरू क्रमैले आशिष अनि रोहनले पनि आफ्नो गाउँलाई मोडल भिलेज बनाउँने उद्देश्य रहेको बताउँदै आफुहरूले गाउँ घरमा अभियान चलाएर सम्पूर्ण गाउँलेहरूलाई मैला व्यवस्थापनको जानकारी दिने कार्य गर्ने बताएका छन्। ‘गाउँका मानिसहरूलाई मैला व्यवस्थापन गर्न असुविधा भए थुपारेर राखेका मैला हामी व्यवस्थापन गर्नेछौँ। त्यस मैलाबाट रिसाइकल गर्ने मैलाहरू हामी छानेर छुट्टाउनेछौँ अनि गाउँ प्रदुषित बन्नबाट बचाउनेछौँ’ किड्सका सदस्य रोहनले भने।
अर्कोतर्फ यता नानीहरूले थालेको सफाई अभियानमा सहभागी बन्न पाएकोमा अमेरिका स्थित कोल्बी युनिभर्सिटीका विद्यार्थी केसीले खुशी व्यक्त गर्दै नानीहरूको कार्यमा सराहना व्यक्त गरेका छन्। ‘हामीले गाउँ सफाई अभियानमा कालेबुङ किड्सका नानीहरूसँग सहभागी बनेर कार्य गर्ने मौका पायौँ। यो सहभागीता पाउनु हाम्रो अहोभाग्य र सानो योगदान हो।"

Related Posts

0 Response to "ठूलाहरूलाई सफाई अभियानको पाठ पढाउँदै कालेबुङ किड्सका नानीहरू"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.